चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
बागलुङ – जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन ‘टोकन’ प्रणाली शुरू गरेको छ ।
नागरिकता, राहदानी वितरण सहितका सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ ।
‘पहिले आउनेलाई पहिले सेवा’को अवधारणाअनुसार टोकन प्रणाली शुरू गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । ‘सेवा लिन भनसुन गर्नुपर्ने अरुलाई गुहार्नुपर्ने अवस्था अब छैन,’ उनले भने ।
सहायता कक्षबाट टोकन लिने व्यवस्था कार्यालयले मिलाएको छ । सेवा लिने प्रकियाका बारेमा सहायता कक्षका कर्मचारीले सेवाग्राहीलाई सघाउने गरेका छन् ।
सेवा लिन सहयोगी व्यक्ति लानुपर्ने, लाममा बस्नुपर्ने, घण्टौं कुर्नुपर्ने बाध्यता हटेको जनाइएको छ । सेवा प्रवाहलाई छरितो, प्रभावकारी र झन्झटरहित बनाउन कार्यालयले सुधारको प्रयास थालेको प्रजिअ खरेलको भनाइ छ ।
कार्यालयले पहिलोपटक गत भदौमा सहायता कक्ष स्थापना गरेको थियो । सेवा सुधारअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई लाममा बस्नुनपर्ने व्यवस्था गरिएको छ । निवेदन, सिफारिस, फाराममा लाग्ने शुल्क पनि हटाइएको छ ।
इन्टरनेट सुविधाको लागि ‘फ्रि वाइफाइ’, विद्युतीय वडापत्र, विश्रामस्थल, प्रतिक्षालय बनाइएको छ । ‘सहायता कक्षबाटै निवेदन लेखिदिन्छौं,’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने, ‘सेवाग्राहीले शुल्क तिरेर निवेदन लेखाउनुपर्ने, बाहिरी व्यक्तिको सहयोग चाहिने अवस्था छैन ।’ कार्यालयले दलित, जनजाति प्रमाणितमा यसअघि लिइँदै आएको शुल्क पनि हटाएको छ ।
दु्रत सेवाबाट राहदानी लिने सेवाग्राहीको लागि कार्यालयमै निःशुल्क रुपमा फाराम भर्ने व्यवस्था मिलाइएको छ । भनसुन र अन्य मनशाय जोडी हुने गलत क्रियाकलाप रोकिएको कार्यालयको जिकिर छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...