चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
सानफ्रान्सिस्को– दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधवार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।
तीव्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।
सामान्य स्मार्टफोन र ट्याबलेट दुवै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरू विशेषता थप गरिएको छ ।
अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ ।
यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य लगभग दुई लाख १६ हजार रुपैयाँ पर्छ ।
कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । 'तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तर्क्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ।'
सोही समारोहमा सामसुङले ग्यालेक्सी एस१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ ।
सामसुङका अन्य प्रतिस्पर्धीहरुले अर्को साता शुरू हुने मोबाइल वर्ल्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...