×

NMB BANK
NIC ASIA

काठमाडौं- सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले इन्टरनेटको दुरुपयोग हाइड्रोजन बमभन्दा पनि घातक हुन सक्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँस्कोटाले इन्टरनेटको दुरुपयोग हुन नदिन आफूहरूले नयाँ कानून ल्याउन लागेको जानकारी दिए । बुधवार सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा छलफलका लागि दर्ता भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘इन्टरनेटको प्रविधिमा दिनहुँ क्रान्ति हुँदैछ,’ बाँस्कोटाले भने, ‘यसको सदुपयोग हाम्रो समाजको विकासको आधारशिला बन्न सक्छ, त्यसको दूरुपयोग मलाई लाग्छ- कुनै हाइड्रोजन बमभन्दा कमजोर बम हुँदैन । यसले जे पनि गर्दिन सक्छ ।’


Advertisment
Nabil box
Kumari

नेपालमा सामाजिक सञ्जालमा बन्देज लगाउन खोजियो भन्ने आशयका साथ बाहिर आएका समाचार सही नभएको बाँस्कोटाको भनाइ छ । नेपालमा प्रयोग हुने फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालहरूको नियमन गर्ने तयारी रहेको तर बन्देज गर्ने सरकारको कुनै नियत नरहेको बाँस्कोटाले स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

के छ दर्ता भएको विधेयकमा ?

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा लेखिएको छ, ‘सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता,  सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्न, साइबर सुरक्षाको समुचित व्यवस्था गरी साइबर अपराधलाई नियन्त्रण गरी सर्वसाधारणको हित कायम गर्न तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने सम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वान्छनीय भएकाले संघीय संसदले यो ऐन बनाएको छ ।’

विधेयकको परिच्छेद १४ मा सामाजिक सञ्जालसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । यस परिच्छेदमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहनेले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ भनी उल्लेख गरिएको छ । ऐन बन्नुभन्दा अघि सञ्चालनमा आएका सामाजिक सञ्जालहरू पनि दर्ता गर्नुपर्नेछ भनिएको छ । यस परिच्छेदअनुसार अन्य देशमा कानूनअनुसार दर्ता भएर चलेका फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जालहरूलाई पुनः नेपालमा दर्ता गर्नुपर्छ या पर्दैन भन्ने स्पष्ट पारिएको छैन ।

‘नियमानुसार दर्ता नगरिएको सामाजिक सञ्जालहरूलाई नेपाल सरकारले रोक लगाउन सक्नेछ,’ भनी सोही परिच्छेदको अर्को बुँदामा उल्लेख गरिएको छ ।

बाँस्कोटाकाअनुसार फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जालहरूको कार्यालय अन्य देशमा पनि भएकोले नेपालमा त्यसको कार्यालय स्थापना गर्न लगाउनुपर्ने तर्क गरे । सरकारले ती सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको व्यवसायलाई करको दायरामा ल्याउने तयारी गरेको बताए ।

यहाँ प्रश्न उठ्छ, यदि फेसबुकले नेपालमा दर्ता हुन चाहेन भने के हुन्छ ? यसको उत्तर बास्कोटासँग पनि छैन । बाँस्कोटाले छोटो उत्तर दिए, ‘दर्ता नभएमा कानूनअनुसार हुन्छ ।’

सन् २००० को दशकदेखि विश्वव्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनका पछाडि इन्टरनेटको भूमिका रहेको तथ्य नकार्न मिल्दैन । २१औं शताब्दीको दोस्रो दशकसम्म आइपुग्दा इन्टरनेटले विश्व सामाजिक संरचनाका हरेक क्षेत्रहरूमा कब्जा नै जमाएको छ । इन्टरनेटमार्फत चल्ने सामाजिक सञ्जालहरूमा प्रविधिको प्रयोगसँगै सुरक्षाको प्रत्याभूति पनि हुनुपर्ने माग बढिरहेको छ । विश्वभरि नै सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने या नगर्ने भन्ने बहस चलिरहेको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x