×

NMB BANK
NIC ASIA

दुईजनाले मात्र बोल्ने एउटा सिङ्गो भाषा

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -  ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ । सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । बयासी वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा मात्रै भाषाका पूर्ण हुन् ।

Muktinath Bank

दाङको कुलमोडमा बस्दै आएकी ज्ञानीमैयाँ र मसोट खोला बस्दै आएकी कमला कुसुण्डा भाषाको एक मात्र स्रोत हुन् । 'थोरै धेरै बोल्नेहरु छन, तर कुसुण्डा भाषाको विज्ञको रुपमा सिङ्गो समुदायका दुई जना महिलाहरु मात्र हुन्', कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले बताए, 'अलि अलि यो भाषा जान्नेहरु पनि दैनिक बोल्दैनन्, आवश्यक परे बोल्ने हो, बोल्ने अवसर पनि हुँदैन, किनकि यो भाषा अरुले बुझ्नै सक्दैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो भाषा जान्ने व्यक्ति घट्दै जानु र नयाँ युवा पुस्ताले सिक्न नसक्नुको साथै सिक्ने वातावरण नहुँदा यो भाषा अहिले सङ्कटमा परेको छ । 'देशभर १५/२० घरधुरी कुसुण्डा छन्, उनीहरु फरक फरक स्थानमा बस्ने भएका कारण भाषा संरक्षणमा समस्या भएको छ', अध्यक्ष धनबहादुरले भने । सरकारले आफूहरुलाई एकै स्थानमा बस्ने वातावरण मिलाए कुसुण्डा समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण हुने कुसुण्डा समुदायका जानकार उदयराज आलेले बताए ।


Advertisment
Nabil box
Kumari

'यो भाषा केही महीना सिकेर हुँदैन, धेरै कठिन भाषाको रुपमा कुसुण्डा भाषालाई लिने गरिएको छ', उनले भने, 'यो भाषाका लागि सधैँ बोल्ने र अभ्यास चाहिन्छ ।' जङ्गलमा बाबुआमाबाट सिकेको भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेपछि भाषा नै सङ्कटमा परेको अनुसन्धानकर्मी आलेले बताए । कुसुण्डाहरु गाउँमा बसेपछि नेपाली भाषा नै बोल्न थाले ।

Vianet communication
Laxmi Bank

पहिले भाषाको महत्व थाहा भएन, जति बेला थाहा भयो, अहिले ढिलो भैसक्यो, कुसुण्डा भाषामा कसैले चासो दिएन । समुदायमा यो भाषा जतिले जानेका छन्, त्यसैमा सीमित भएको छ । कुसुण्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २७३ कुसुण्डा छन् ।

ज्ञानीमैयाँलाई भाषा लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता छ । 'हामी त अब मर्ने बेला भैसक्यो, हाम्रो समयपछि यो भाषा जान्ने कोही छैनन्, नयाँ केटाकेटी सिक्नै मान्दैनन्', ज्ञानीमैयाँ भन्छिन्, 'सबैले यो भाषा सिके हुन्थ्यो, ठाउँठाउँमा मलाई बोलाउनुहुन्छ, जान्छु, अहिले सबैले चासो त दिनुभएको छ तर सिक्ने काम भएको छैन ।'

कहिल्यै नसुनेका शब्दलाई कण्ठस्थ पार्नुपर्ने र कठिन भाषा दैनिक रुपमा बोलचाल नहुने भएपछि सिक्नेहरुलाई समेत समस्या भएको ज्ञानीमैया बताउँछिन् । भाषा कठिन भए पनि आफ्नो भाषा सिक्नैपर्ने बाध्यता रहेको समाजका अध्यक्ष धनबहादुरले बताए ।

'जातिको पहिचान बचाउनका लागि पनि कुसुण्डा भाषा सिक्नैपर्ने बाध्यतामा छौँ', धनबहादुरले भने, ‘भाषा हरायो भने कुसुण्डा जातिको संस्कृति र पहिचान नै हराउने खतरा छ ।' समुदाय आफैँ लोपोन्मुख अवस्थामा रहेकाले समुदायको भाषा लोप हुने अन्तिम खतरामा रहेको कुसुण्डा भाषाको अनुसन्धानकर्ता तथा साहित्यकार टीकाराम उदासीले बताए ।

उनले भने, 'कुनै पनि भाषासँग नमिल्ने भएका कारण पनि यो भाषा सिक्न धेरै गाह्रो छ ।' केही अनुसन्धानकर्ताले शब्द, अर्थ र भाषाको विषयमा पुस्तक भने प्रकाशन गरेका छन् । लोपोन्मुख कुसुण्डा जाति जङ्गलको फिरन्ते जीवनबाट रूपान्तरित हुँदै सामाजिक रुपमा बस्दै आएको छ । उनीहरू जङ्गलमा बस्दा आफ्नै जीवनशैली र भाषा थियो ।

गाउँमा बस्दा आपसमा समन्वय र भेटघाट नहुँदा भाषा, संस्कृति संरक्षण हुन नसकेको विज्ञ बताउँछन् । भाषा संरक्षणमा चासो लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षणका लागि सरकारी तथा व्यक्तिगत प्रयास पनि भएका छन् । कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तक प्रकाशित छन् । देशविदेशबाट आएका व्यक्तिले समेत यो भाषाको अध्ययन गर्दै आएका छन् । कुसुण्डा जातिको शब्दकोष तयार पारेर अनुसन्धानकर्मी आलेले ‘कुसुण्डा जाति र शब्दकोष’ प्रकाशन गरेका छन् । आलेले पाँच वर्षको अध्ययनअनुसन्धानबाट पुस्तक तयार पारिएको बताए ।

कुसुण्डा समुदायको भाषासंस्कृतिको संरक्षणमा व्यक्तिगत रुपमा अनुसन्धान गरेर लेखिएको पुस्तक थप अध्ययन अनुसन्धानका लागि विद्यार्थीका लागि सहज हुने उद्देश्यले प्रकाशन गरिएको लेखक आलेले बताए । लोप हुन लागेको कुसुण्डा भाषा बचाउन भाषा आयोग नेपालले समेत चासो दिएको छ । उसले कुसुण्डा भाषालाई बचाउनका लागि दाङको लमहीमा गत पुसमा कुसुण्डा भाषाको कक्षासमेत सञ्चालन गरेको थियो ।

सबै कुसुण्डासम्म भाषा पु¥याउने उद्देश्यले सञ्चालित कक्षामा कुसुण्डा समुदायका २० महिला पुरुष दाङ जिल्लाका साथै प्युठान र सुर्खेतबाट समेत सहभागी भएका थिए । नेपालमा बोलिने १२३ भाषामध्ये ३७ भाषा संरक्षण गर्नुपर्ने अवस्थामा छन् भने तीन भाषा लोपोन्मुख छन् । सङ्कटमा रहेका दुरा, तिलुङ र कुसुण्डा भाषाको संरक्षणका लागि कक्षा सञ्चालन भएको आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x