माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चैत २, २०७५
– राजेश जोशी
नयाँदिल्ली – यस वाक्यलाई ध्यान दिएर पढ्नुहोस्, ‘चौकीदार त नेपालबाट पनि मगाउन सक्छौं ।’
आम आदमी पार्टी दिल्लीकी विधायक अलका लांबाको ट्विटमा लेखिएको ‘मगाउन सक्छौं’मा अलि बढी ध्यान दिनुस् । ध्वनी निक्लिनेछ – हामी मालिक हौं । हामीसँग अथाह पैसा र ताकत छ । हामी जहाँबाट जे पनि मगाउन सक्छौं र नेपालबाट चौकीदारका अलवा अरू के नै मगाउन सक्छौं र ?
उसिनेको अण्डाको पसलमा साँझ बोतलको पर्खाइमा रहेका मानिसहरूले पनि यस्तै कुरा गरे । अरे ! हामी दारू त जति पनि मगाउन सक्छौं, हामीलाई केको कमी छ र ?
अलका लांबालाई थाहा पनि थिएन कि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दा नेपालीका बारेमा बोल्दा त्यसले विवादको रूप लिन्छ भन्ने । उनले खराब सोचसहित ट्विट गरिन्, ‘प्रिय भारतवासी, यस पटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं । नेपालका चौकीदार चोर हुँदैनन् ।’
लांबालाई लाग्छ कि हामी अर्थात् भारतले चौकीदार सप्लाईको अर्डर गर्नेछ । अनि नेपालका युवाहरू ढोकामा लाइन लाग्ने छन् ।
उनले यो भुलिन् कि नेपाल एक स्वतन्त्र राष्ट्र हो । भारतले जस्तो कहिल्यै कसैको गुलाम भएन । नेपाल भारत र चीनको बीचमा रहेको एक स्वतन्त्र मुलुक हो । नेपालले अलका लांबाका लागि चौकीदारको सप्लाई गर्दैन ।
अलका लांमा शिक्षित छिन् । दिल्ली विश्वविद्यालय छात्र संघकी अध्यक्ष रहिसकेकी छन्, बुझेकी छन् । तर उनले यो बुझ्नुपर्ने थियो कि नेपालमा चौकीदार मात्रै होइन, आईटी प्रोफेसनल, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, ब्यूटी क्वीन्स, संगीतकार लगायत पनि हुन्छन् । त्यहाँ चौकीदार, सफाई कर्मचारी, मजदूर, किसान पनि हुन्छन् जस्तो दिल्ली, उत्तर प्रदेश, कर्नाटक र केरलमा पनि हुन्छन् ।
अलका लांबाले यो पनि जान्नुपर्ने थियो कि नेपालका मानिस ठीक त्यसैगरी रोजगारीका लागि दोस्रो देशमा जान्छन् जस्तो पञ्जाब, गुजरात, राजस्थान तथा केरल आदि राज्यहरूबाट मानिसहरू ट्याक्सी चलाउन, सफा गर्न तथा कारखानामा काम गर्न खाडी मुलुक, क्यानडा, अमेरिका, इटाली तथा फ्रान्स जान्छन् । लांबाको बयान यस्तै छ जस्तो डोनाल्ड ट्रम्पले भनेका थिए – छिट्टै केही भारतीय मगाओ, न्यूयोर्क शहर धेरै फोहोर भइसकेको छ ।
अलकाले आफ्नो गल्ती सम्झेर उक्त विवादास्पद ट्विट हटाइन् । तर उनले नेपाल भारतको दास हो भन्ने मानसिकता मेट्न सकिनन् ।
पछिल्लो महिना दिल्लीबाट काठमाडौं जाँदै गर्दा एयर इण्डियाको फ्लाइटमा मसँगैको सिटमा एक भारतीय यात्रुले बीयर मागे । फ्लाइट अटेन्डेन्टले प्लास्टिक मुस्कान सहितको जवाफ दिए, ‘सर, यो डोमेस्टिक फ्लाइट हो । यसमा हामी बीयर सर्भ गर्दैनौं ।’
मलाई त्यसबेला अटेन्डेन्टसँग यो सोध्न मन थियो कि नेपाल जाने फ्लाइट कहिलेदेखि डोमेस्टिक भयो ? कहिलेदेखि नेपाल भारतमा सामेल भयो ? डुड !
नेपाल एक स्वतन्त्र देश हो, जहाँ छुट्टै संविधान, छुट्टै प्रधानमन्त्री, छुट्टै सांसद र छुट्टै सेना छन् । विमान चालक दलका सदस्यहरूले डोमेस्टिक अर्थात् घरेलु उडान सम्झिरहेका थिए, त्यस्तै आम आदमी पार्टीकी विधायक अलका लांबालाई पनि लाग्यो – चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं ।
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ एक जना नेपाली अध्यागमन अफिसरले सायद भारतीयहरूलाई भेटिरहेका होलान् । त्यसैले मसँग कटाक्ष गरे, ‘तपाईंको मुलुक ठूलो र तपाईंको जुँगा पनि ठूलो ।’ फ्लाइट केही घण्टा ढिला हुँदा म उसँग गुनासो गर्न चाहिरहेको थिएँ तर उ बसिरहेको थियो ।
नेपालीलाई यो लाग्छ कि भारत ठूलो मुलुक हो । यसकारण उनीहरूको घमण्ड पनि धेरै नै छ । तर भारतीयहरू यो महसूस गर्दैनन् कि नेपालको बारेमा नराम्रो सोच्दा वा भन्दा उनीहरूलाई मन पर्दैन भन्ने । उनीहरूको सवाल हुन्छ कि हामी नेपाललाई आफ्नै मान्छौं भने फेरि किन समस्या ?
काठमाडौं पुगेपछि मैले एक जना नेपाली साथीसँग भने, ‘नेपाल घर जस्तै लाग्छ ।’ उनले तुरुन्त जवाफ फर्काए – तपाईंको प्रधानमन्त्री मोदीले पनि यस्तै भनेका थिए ।
अनि मैले सम्झेँ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा नेपाली नागरिकले सडक छेउबाट हात मिलाउँदै उनको स्वागत गरेका थिए । तर तिनै नेपालीहरू अहिले मोदीको नाम आउनासाथ किन अनेकौँ प्रश्न गर्न थाल्छन् ?
लांबाले भनेका जस्ता वाक्यबाट नेपालीहरूलाई लाग्छ कि भारतीयहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दैनन्, बरू नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छन् ।
नेपालीहरूलाई भारतको यस्तो माया कहिल्यै मन पर्दैन, बरू उनीहरूलाई त्यसमा 'सांस्कृतिक विस्तारवाद'को गन्ध आउँछ।
तीन महिनासम्म काठमाडौंमा बसेर काम गर्दा र कैयौँ शहर अनि गाउँहरू डुल्ने क्रममा मैले कैयौँपटक यस्ता प्रश्नको सामना गर्नुपर्यो ।
बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गरिरहेका कैयौँले पटक पटक मलाई एउटै प्रश्न गरे- मोदीले हामीलाई रगतको आँसु किन रुवाए ?
नेपालका मानिसहरू खासगरी पहाडी क्षेत्रमा बस्नेहरू सन् २०१५ का ती दिनलाई बिर्सेका छैनन् जतिबेला मोदी सरकारले नेपालमा 'अघोषित आर्थिक नाकाबन्दी' गरेका थिए र मानिसहरूले पेट्रोल, डिजल, ग्यासजस्ता वस्तुका लागि तड्पिरहेका थिए।
कैयौँ नेपालीहरू आफ्ना कार र मोटरसाइकललाई घरमै छाडेर साइकल किन्न बाध्य हुनुपरेको थियो।
तर नेपालमाथि नाकाबन्दी गरिएको त्यो पहिलो पटक थिएन, त्यसअघि राजीव गान्धीले पनि गरेका थिए।
नेपालको मकवानपुर जिल्लाको चित्लाङ्गबाट विद्यार्थीहरूलाई लिएर पोखरा पुगेका एक प्राध्यापकले मलाई सोधे- नाकाबन्दी गरेर मोदीले हामीलाई जानाजान चीनतर्फ धकेलिरहेका हुन् ?
र मैले के जवाफ दिन सक्थेँ ?
(लेखक जोशी बीबीसी हिन्दी रेडियोका सम्पादक हुन् । बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो ।)
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...