पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सबैभन्दा खतरनाक काम कुन हो ? विद्रोही शक्तिलाई चिट्ठी लेख्ने काम । त्यसभन्दा खतरनाक काम हो, यस्ता चिट्ठी ओसारपसार गर्ने काम । र त्यसभन्दा नि झन् खतरनाक काम हो, यस्ता चिट्ठीमा के लेखिन्छन्, त्यसको विचार पुर्याउने काम । तर यो काम भारतीय टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘खतरों के खिलाडी’ जस्तो त हैन ।
एकबारको जुनीमा धेरै मनुष्यलाई चिट्ठी लेखियो । सबैभन्दा धेरै त प्रेमिकाहरूलाई लेखियो । तिम्रो माया पाउन भन के गर्नुपर्छ ? आकाशका तारा झारिदिऊँ ? जून टिपेर पो ल्याइदिऊँ कि पनि भनियो । तर त्यस स्तरको पत्र र यस स्तरको पत्रमा धेरै भेद छ । त्यस पत्रमा भावना धेरै हुन्थ्यो । यस पत्रमा विचार धेरै छ । यसो भन्दै गर्दा म आफूलाई महान् वैचारिक दार्शनिक व्यक्तित्वका रूपमा पुष्टि गर्न खोजिरहेको छैन । कुल मिलाएर कुरा शान्तिको चाहनाको हो । शान्तिको अपेक्षाको हो । जासूस विभागका राष्ट्रसेवीहरूले यो पत्र पढ्दै हुनुहुन्छ भने पनि यो बुझ्नुहोला, यो एउटा शान्तिप्रेमीको पत्र हो ।
डर लागेर धेरै भूमिका बाँधे जस्तो भयो । तर मलाई डर लागेको छैन । किन डराउनुपर्ने कारण छैन भने यस देशको नागरिक हुनुको नाताले देशमा उत्पन्न परिस्थितिका बारेमा मत जाहेर गर्नु त स्वाभाविकै हो भन्ने लाग्छ । कुन गाउँको कुन ठाउँमा, ओडारमा कि जंगलमा यस चिट्ठीका शब्दहरू पुग्लान् कि नपुग्लान् तर मलाई लाग्छ सार अंश त पक्कै पुग्छ ।
आदरणीय विप्लव दाइ, पक्राउ परिने डरले आफ्नो स्थान परिवर्तन गर्दै हिँडिरहनुभएको छ होला । दिनमा भोक र रातमा निद्रा पनि छैन होला । संघर्षको समयमा यस्तो हुनेगर्छ । फेरि सरकार पूरै प्रतिबन्धमा उत्रिएको छ । तपाईंको आन्दोलन र दस्तावेजमा लेख्नुभएको एकीकृत जनक्रान्तिलाई सेबोटेज गर्न सरकारले सक्दो प्रयास गर्नेछ । बल प्रयोग गर्नेछ । सो अनुरूपको रणनीति तय गर्नेछ । र पक्कै पनि नाभीदेखिको बल निकालेर तपाईंहरू प्रतिकार अनि प्रतिवादमा खडा हुनुहुनेछ ।
यस्तो कठिन अवस्थामा मैले नमस्कार भने पनि, अभिवादन भने पनि त्यस्को खासै महत्त्व हुँदैन । मीठो सम्झना, माया भनेर लेखौं भने यता राज्यको तर्फबाट पक्राउ परिने डर छ । हालसालै केपी ओली सरकारका बफादार मानिसले विप्लव समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाउने सबैलाई कारवाही गर्ने शंखघोष गरेको छ । मनमा डर लाग्ने नै भयो ।
केही समयअघि तपाईंसँग भेट भएको थियो । शायद १ वर्ष पुग्यो होला हाम्रो भेट भएको । त्यतिखेर तपाईंको बोल्ने शैली र चिजहरू राख्ने तरिकाबाट म सारै प्रभावित भएको थिएँ । त्यतिखेर मलाई के लागेको थियो भने यस देशमा राष्ट्रवादी नेता कोही छ भने त्यो तपाईं नै हुनुहुन्छ किनभने तपाईंले सिमाना मिचिएको कुराले आफू मर्माहत हुने गरेको बताउनुभएको थियो । विभिन्न असमान सन्धि सम्झौताका विपक्षमा बोल्नुभएको थियो । बहुराष्ट्रिय कम्पनीहरूको लुटको बारेमा आफ्ना धारणाहरू सुनाउनुभएको थियो । मलाई त्यो खुब मन परेको थियो ।
तपाईंको स्वभाव विद्रोही हो, त्यसमा दुईमत छैन । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा तपाईंले कुशल कमान्डरको भूमिका निर्वाह गर्नुभयो, यसमा दुईमत छैन । परिवर्तनका लागि, अग्रगामी निकासका लागि तपाईंले गर्नुभएको उच्च त्याग, तपस्या र बलिदानको जति नै चर्चा गरे पनि कम हुन्छ । तर त्यो संघर्ष जनताको जगबाट नै उठेको हो । र सबै सहयोद्धाहरूको भूमिका बराबर नै रहन्छ । तर कमान्डरको रूपमा तपाईंले युद्धमा जसरी साहस र हिम्मत प्रदशन गर्नुभयो, त्यो चानचुने थिएन ।
त्यसैले नेपालको राजनीतिक परिवर्तनमा विप्लवको भूमिका नै छैन भन्यो भने त्यो भद्दा मजाक हुन्छ । त्यो चेतनाहीन र इतिहासविहीन मानिसले मात्र भन्न सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यस विशाल घरमा तपार्ई पनि इँटा भनेर उभिनुभएको छ । म त भन्छु, इँटा मात्र हैन खाँबो नै बन्नुभएको छ । तर यस घरसँग तपाईंका केही असन्तुष्टिहरू रहे । र आफ्ना इँटा, खाँबाहरूको माया मारेर अर्को घर बनाउने पहलकदमी लिनुभयो । त्यो तपाईंको राजनीतिक अधिकारको कुरा मात्र हैन, हरेक जनताको अधिकार हो । स्वाभाविक रूपमा अत्याचारका विरुद्ध दमन त हुन्छ नै ।
तर पछिल्लो समयमा नेपाली जनताको मनमा विभिन्न किसिमका डर आशंका र खुलदुलीका ज्वाराभाटाहरू पैदा भएका छन् । अब के हुने हो, कसो हुने हो भन्ने चिन्ता बढेको छ । पक्कै पनि लामो युद्धबाट विश्राम लिएको वा युद्धलाई शान्तिमा रूपान्तरण गरेको धेरै भएको छैन । हिजोका घाउहरू ताजै छन् । घाइते अपांगहरूको पीडा यथावत छ । शहीद परिवारका समस्या आफ्नै किसिमका छन् । यस्तो परिस्थितिमा फेरि पनि यस भूमिमा युद्ध नहोस्, काटाकाट मारामार नहोस् भन्ने जनताको आकांक्षा त स्वाभाविक नै रह्यो ।
जसले जे भने पनि तपाईंहरूको माग राजनीतिक नै हो । यस कुरामा दुईमत छैन । तपाईंको लिगेसी पनि त्यही हो । कुनै अपराधिक पृष्ठभूमि हैन । प्रधानमन्त्री ओलीले भने जस्तै तपाईंको समूहलाई लुटेरा भन्न मिल्दैन । त्यो अराजनीतिक विचार हो । देशलाई मुठभेडमा लैजाने निरंकुश प्रवृत्ति हो । तर तपाईंको पार्टीले भ्रष्टाचारी र दलालहरूलाई कारवाही गर्ने नाममा सार्वजनिक स्थानमा बम पड्काउने काम गर्दा जनता आतंकित भएका छन् । तपाईंलाई अवगत नै होला, एनसेलको कार्यलयमा प्रेसर कूकर बम पड्काउँदा एकजना सर्वसाधारणको ज्यान गयो । यो दुःखको कुरा हो । यस घटनाले जनता आतंकित भएका छन् भने सरकार पनि आक्रोशित छ ।
तपाईंलाई थाहा नै होला, तपाईं नेतृत्वको पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । हतियार बुझाउने समय ताकेता गरेको छ । सरकारको यस्तो कदमबारे हरेक क्षेत्रमा बहस जारी छ । कतिपय बहसहरू तपाईंको पार्टीको पक्षमा देखिएका छन् । तपाईंको विचारको पक्षमा पनि देखिएका छन् । यसो भन्दै गर्दा राज्य र तपाईंहरूको टकरावले मुठभेड ननिम्तियोस् भन्ने हो किनभने मुठभेडले क्षतिको विशाल पहाड निर्माण गर्छ । र यस पहाडमा नेपाली जनता सुखदुःखले जीवन धानेका छन् ।
काठमाडौं र शहरहरूमा सुरक्षा राम्रो छ । तर विकट बस्तीहरूमा कति मुश्किल छ, त्यो अनुमान गर्न सकिन्छ । यसको अर्थ तपाईंको पार्टीले गलत गरिरहेछ भन्न खोजेको हैन तर राज्यको अहंकारी कदमका प्रति तत्काल जवाफ दिने र रणनीति बनाउने भन्दा पनि उच्च विवेकको प्रयोग गरेर सकभर हतियारको प्रयोग नगरेर राजनीतिक निकास दिनुहुनेछ भन्ने अपेक्षा छ । परमाणु हतियारका ठूला शक्तिको कमानमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ–उनसँगै वार्तामा बस्न सक्छन् भने तपाईं र केपी ओलीले समेत वार्तामार्फत समस्याको समाधान गरे हुन्थ्यो ।
यसो भन्दै गर्दा वार्ता कुन मुद्दामा केका लागि अनि किन भन्ने कुरा प्रधान हुन आउँछ । तपाईंहरूको राजनीतिक मार्ग स्पष्ट नै छ । तर यो संसदीय व्यवस्थाको विकल्प तत्कालै कसरी निकाल्ने होला जब कि संविधानको व्यवस्थापकीय काम अझै बाँकी छ । संघ, प्रदेशको फर्मेसन पूरा भएको छैन । सरकारभित्र र बाहिरका केही तत्त्वहरू अनि देशी विदेशी एजेन्सीहरू प्राप्त उपलब्धि धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक समावेशी नेपाललाई नै उल्ट्याउने प्रयास गरिरहेका देखिन्छन् । यस्तो परिघटना क्रान्तिकारीहरूले छिटो थाहा पाउनुपर्ने हो । विप्लवजीलाई त झन् थाहा हुनुपर्ने हो ।
तर तपाईं पनि एउटा विचार बोकेर हिँड्नुभएको छ । राज्यले कस्तो धारणा तय गर्छ तपाईको पार्टीउपर, त्यो आम जनताको धारणा हैन । जनताको धारणा यही हो कि अब फेरि यो वा त्यो बहानामा युद्ध नहोस् । जनधनको रक्षा होस् । तपाईंहरू आफ्नो योजना र विचारबाट पछि नहट्ने अनि सरकारले वार्ता भन्दा पनि बल प्रयोगमार्फत ठेगाना लगाउँछु भन्ने । अहिले धरपकड पनि व्यापक भएको छ । नेपाल बन्द नै गर्नुभयो । जनतालाई नै सास्ती भयो । राज्यले आफ्नो सक्रियता देखाउने नाममा बल प्रयोग गर्ने सम्भावना छ । राज्यले बल प्रयोग गर्दा तपाईंहरूको हातमा पक्कै दही जम्दैन होला ।
त्यसैले, यस्तो किसिमको मनोदशाबाट हामीले दैनिकी गुजार्नुपरेको छ । राज्यपक्ष र विद्रोही पक्षले कतिखेर के गर्छन् भनेर त्रास छ । सबैले तपाईंको पार्टीले कस्तो कदम चाल्छ भनेर नियालिरहेका छन् । आम नेपाली जनताको शान्तिप्रतिको चाहनालाई यो वा त्यो बहानामा बर्बाद नगरे राम्रो हुन्छ कि भन्ने लाग्छ । विचारको लडाईंमा हतियारको प्रवेश नगराउँदा लोकवासीहरूको नजरमा तपाईं धन्य हुनुहुनेछ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...