×

NMB BANK
NIC ASIA

काठमाडौंसरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदैछन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ नेकपा गठन भएपछि प्रचण्डको यो चौथो विदेश भ्रमण हुनेछ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले गएको असोजमा छिमेकी मुलुक चीन र भारतको भ्रमणको भ्रमण गरिसकेका छन् । पत्नी सीता दाहालको उपचारको सिलसिलामा प्रचण्ड आइतवार साँझ अमेरिका प्रस्थान गर्दैछन् । सीता दाहालको उपचारकै सिलसिलामा प्रचण्ड यसअघि सिंगापुर गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्नीको उपचारका लागि भनिएपनि यो ‘राजनीतिक भ्रमण’ भएकोमा सन्देह छैन । राजनीतिक रूपमा पनि प्रचण्डको यो भ्रमणको अर्थ छ । 


Advertisment
Nabil box
Kumari

‘उपचार त हुँदै हो, तर यतिबेला अमेरिका जान लागेको चाहिँ  कूटनीतिक दूरी नबढोस् भन्ने सन्देश दिनकै लागि हो,’ प्रचण्डनिकट स्रोतले भन्यो ।

Vianet communication
Laxmi Bank

भेनेजुएला प्रकरण मत्थर पार्ने उद्देश्य

भेनेजुएलामा भएको राजनीतिक परिघटनामा नेकपाको अध्यक्षको हैसियतले प्रचण्डले विज्ञप्ति प्रकाशित गरे । भेनेजुएलामा भएको निर्वाचनमा राष्टपति मडुरोको पक्षमा प्रचण्डले वक्तव्य जारी गरेपछि त्यसले तरंग ल्यायो । विज्ञप्तिको भाषामा कूटनीतिक संयम नदेखिएको भनी आलोचना भयो ।

प्रचण्डले भेनेजुएलामा अमेरिकाका तर्फबाट विपक्षी नेता खुवान गुआइडोलाई राष्ट्रपतिको मान्यता दिँदै अधिकृत राष्ट्रपति मडुरोलाई सत्ता छोड्न दिइएको चेतावनीको विरोधमा विज्ञप्ति प्रकाशित गरेपछि त्यसलाई अमेरिकाको विरोध गरिएको जस्तो अर्थ लगाएर व्याख्या भयो ।

तत्कालै नेपालस्थित अमेरिकी राजदूतावासले यस विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने माग राख्यो । उक्त विज्ञप्ति प्रचण्ड आफ्नै मात्र धारणा हो कि सरकारकै धारणा हो भनी स्पष्ट पार्न दबाब पर्‍यो ।

निकै हल्लीखल्ली भएपछि प्रचण्डको विज्ञप्तिलाई नेकपाको स्थायी समिति बैठकले पनि अनुमोदन गर्‍यो । र कूटनीतिक भाषामा परराष्ट्र मन्त्रालयले पनि सार्वभौम मुलुकमा बाह्य हस्तक्षेप हुनु नहुने भन्ने आशयका साथ विज्ञप्ति प्रकाशित गर्‍यो । 

यो विषय लम्बिँदै जाँदा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा समेत चिसोपन आयो । सरकारले राजदूतहरूलाई बोलाएको मिटिङमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी अनुपस्थित रहे । 

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूतको भेटपछि यो विवाद साम्य भयो । 

तर अहिले आएर दुईतिहाइको सरकारको नेतृत्व गरिरहेको पार्टीका अध्यक्ष र भावी प्रधानमन्त्रीका दाबेदारको रूपमा प्रचण्डले अमेरिकासँगको सम्बन्ध सुधारका लागि यो भ्रमण तय गरेका हुन् । 

यसरी तय र स्थगित भयो भ्रमण

प्रचण्डपत्नी सीता दाहाल लामो समयदेखि बिरामी छिन् । सीताको उपचारका लागि प्रचण्ड यसअघि सिंगापुर पुगिसकेका हुन् । यसपटक कसैले अमेरिकाको वाशिङटन डीसीमा रहेको अस्पतालमा उपचार गराउँदा निको हुने सुझाव दिएपछि सीताको जोडबलमा प्रचण्ड अमेरिका जाने कार्यक्रम तय भएको हो । 

तर पार्टीका नेताहरूले पार्टी एकीकरणको काम पूरा नभएको भन्दै परिवारका अन्य सदस्यलाई लिएर जान सुझाव दिएपछि प्रचण्डले छोरीसँग सीतालाई अमेरिका पठाउने योजना बनाएका थिए । 

यसबीचमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले प्रचण्डलाई सम्बन्ध सुधारका लागि अमेरिका आउन विशेष आग्रह गरे । स्रोतका अनुसार, अमेरिकामा रहँदा प्रचण्ड नेपाली दूतावासको अतिथिगृहमा बस्नेछन् । त्यसक्रममा अमेरिकाका अधिकारीहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको छ । 

अनि प्रचण्डले जाने निधो गरे

यसअघि दुईपटक अमेरिका पुगेका प्रचण्डको अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएपछि अमेरिकामा बस्ने नेपाली र केही मानवअधिकारवादी संस्थाले विरोध गर्ने सूचना प्रचण्डले पाए । 

माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार हननका मुद्दालाई लिएर विरोध हुने सुइँको प्रचण्डले पनि पाए । यस्तै सूचनाका कारण प्रचण्डले अस्ट्रेलिया भ्रमण स्थगित गरेका थिए ।

‘पहिला अस्ट्रेलिया जान ठिक्क परेको बेलामा अन्तिम समयमा स्थगित भयो, अहिले अमेरिका जाने भनेर हल्ला भइसक्यो । अब नजाँदा विश्व भ्रमणका लागि प्रचण्ड योग्य छैनन्, प्रचण्डलाई कहीँ कतै खतरा छ भन्ने अफवाह नफैलियोस् भन्नका लागि पनि अमेरिका भ्रमणमा जाने निधो गरेका हुन्,’ प्रचण्डनिकट स्रोतले लोकान्तरलाई बतायो । 

उनी यसअघि २०७३ असार पहिलो साता अस्ट्रेलिया जाने कार्यक्रम स्थगित भएको थियो । तर अमेरिकामा गाह्रो अप्ठ्यारो नपर्ने सुनिश्चित गरेर मात्र प्रचण्ड अमेरिका जान लागेको उनीनिकट स्रोतको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x