×

NMB BANK
NIC ASIA

जनकपुरधाम– स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसँग संयुक्त राष्ट्र संघका प्रतिनिधिले गोप्य भेटघाट गरेका छन् । सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा राष्ट्रिय परिषद्को बैठक चलिरहँदा यूएनको गाडीमा सवार व्यक्तिले राउत संग गोप्य भेटघाट गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार साँझ ७ बजेतिर यूएनको गाडी मारवाडी सेवा सदनमा प्रवेश गरेको लोकान्तरले फेला पारेको हो । स्रोतका अनुसार युएनको उक्त गाडी गठबन्धनको बैठक बस्नुअघि देखि नै त्यहाँ रहेको थियो ।  बैठक जारी नै रहेको अवस्थामा आज सोमबार उक्त गाडी बिहान ७ बजे तिर बाहिर निस्की बजार तर्फ लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवारदेखि जारी बैठक जारी छ । अति नै गोप्य भनिएको उक्त बैठकमा युएनको गाडी पहिले देखि हुनु र त्यसका प्रतिनिधिले राउत संग गोप्य भेटघाट गर्नुले ठूलो आशंका उत्पन्न भएको छ ।


Advertisment
Nabil box
Kumari


 
अति गोप्य बैठक 
फागुन ३ गते आइतवार गठबन्धनको बैठक बिहान १० बजे शुरु भएको थियो । बैठकमा सहभागी हुने नेता तथा कार्यकर्ताहरुको नाम रोल अनुसार नागरिकताको प्रमाणपत्र चेकजाँच गरेर मात्र प्रवेश गर्न दिइएको थियो । राउतको आफ्नो आन्तरिक अभिलेख सहितको रोलमा नाम नभएका १५ जनालाई गेटबाटै फिर्ता पठाइएको थियो ।

Vianet communication
Laxmi Bank

प्रवेश गर्ने बेला सहभागीहरुको शरीर खान तलासी गर्नुका साथै मोबाइल र डटपेन समेत राउतको सुरक्षा दस्ताले नियन्त्रणमा लिएको थियो । शुरुमा ३० जना कार्यकर्ता उपस्थित भएका थिए । तर, पछी आफैंमा पनि आन्तरिक बिबाद हुन सक्ने भएपछी करीब करीब १ सय २५ जना सम्मको सहभागीलाई बैठकमा संलग्न गराईएको छ । 

बैठकमा राउत संगै सह संयोजक कैलाश महतो, प्रवक्ता अब्दुल खान सहित शिर्ष नेताहरु ड्यासमा बसेका छन् । सहभागीहरुलाई मारवाडी सेवा सदनभन्दा बाहिर आउन दिइएको छैन । सहभागीहरुको मोबाइल अफ रहेको छ । बैठकमा सभागी हुनका लागि राउत आइतवार बिहान ६ बजे भारतीय गाडीबाट निस्केका थिए ।

अन्य ४ जना सहयोगीलाई लिएर बीआर ३२ पीए ५१०५ नम्बरको भारतीय नम्बर प्लेट गाडीमा पुगेका थिए । राउत लहानमा साढे सात बजे तिर पुगेका थिए । १० बजे बैठक शुरु भए पछि दीप प्रज्वलन गरेर उदघाटन गरिएको थियो । गठबन्धनका राम मनोहर यादवको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धान्जलि समेत दिइएको थियो । श्रद्धान्जलि दिँदा राउतले पहिले नै बनाएको मधेश गानको धुन बजेको थियो । 

पन्चकन्याले मधेशको गाथा गाईएको स्वागत गान गाएको थियो । कार्यक्रममा राष्ट्रीय गान कुनै पनि बेला बजेको थिएन । केही संचार माध्यममा राउतको बैठकमा राष्ट्रीय गान बजेको भन्ने समाचार प्रकाशन भएको थियो ।

मधेशका २० वटा जिल्लाका प्रतिनिधिहरुलाई संलग्न गराएर नेपाल सरकार संग गठबन्धनका संयोजक राउतले गरेको ११ बुंदे सम्झौता र आगामी रणनिती बारे बैठक चलिरहेको छ । बैठक आज सोमबार सकिने बताईएको छ ।

यूएनका प्रतिनिधिको प्रतिक्रिया : सीके राउतको कार्यक्रमस्थलमा गाडी देखिनु संयोग मात्र !

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x