×

NMB BANK
NIC ASIA

... अनि मेस्सीको सम्मानमा उठे विपक्षी टीमका समर्थक

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लियोनेल मेस्सीले आइतवार रियाल बेटिसविरुद्ध उसकै मैदान बेनिटो भियामारिनमा आफ्नो दृढ उपस्थिति देखाए अनि उनको तेस्रो गोल त अलौकिक नै थियो । 

Muktinath Bank

यी अर्जेन्टिनी खेलाडी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्, संसारकै सर्वोत्कृष्ट खेलाडी हुन् र फूटबल इतिहासकै महानतम खेलाडी हुन् । उनले रियाल बेटिसविरुद्ध बार्सिलोनालाई ४–१ को जीत दिलाउनका लागि ह्याटट्रिक गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेस्सीका गोलहरूले बार्सिलोनालाई दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा १० अंकको स्पष्ट अग्रताका साथ शीर्ष स्थानमा कायम राखेको छ । लिगा उपाधि जित्नका लागि बार्सिलोनाको यो निर्णायक जीत हो । 
मेस्सी विश्वका आठौं आश्चर्य हुन् र यस खेलको जीतमा उनको योगदान अत्यन्तै महत्त्वपूर्ण र उल्लेख्य रह्यो ।


Advertisment
Nabil box
Kumari

उनको अद्भुत खेल देखेर विपक्षी टीम रियाल बेटिसका समर्थक समेत मन्त्रमुग्ध भए र उनीहरूले उठेर ताली बजाउँदै मेस्सीप्रति सम्मान दर्शाए । आफ्नो टीमको लज्जास्पद हार भए पनि उनीहरू त्यसलाई भुलाउँदै मेस्सीको सम्मान गर्न उठे । 

Vianet communication
Laxmi Bank

विपक्षी टीमका समर्थकले उठेर ताली बजाएपछि मेस्सीले भने, ‘मैले यस्तो रातको कल्पना नै गरेको थिइनँ । म प्रशंसकहरूको सम्मानप्रति कृतज्ञ छु । मैले प्रहार गरेका शटहरू सौभाग्यवश गोलमा परिणत भए र हामीले तीन अंक पायौं ।’

मेस्सीले लिगामा ३३औं ह्याटट्रिक गरेका हुन् ।

बार्सिलोनाका यी कप्तान असाध्यै विनम्र छन् र कमै बोल्छन् तर उनको जादूयी खेलले नै सबै कुरा बोल्यो ।

यस खेलमा बार्सिलोनाले जम्मा ४३.९ प्रतिशत पोजेजन पायो । सन् २००४–०५ को सीजनयता लिगाको खेलमा यो सबभन्दा कम पोजेजन हो । तर कम पोजेजनले कुनै असर पारेन किनकि प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको रणनीतिले काम गर्‍यो टीमका सबभन्दा प्रतिभाशाली खेलाडी मेस्सी पनि सफल रहे । 

भाल्भेर्देले नयाँ फर्मेसन बनाए अनि लाइनअप पनि परिवर्तन गरे । फिलिप्पे कउटिन्होको स्थानमा आर्टुरो भिडाललाई ल्याइयो र बार्सिलोनाले ४–३–३ को साटो ४–४–२ को डायमन्ड मिडफील्ड बनायो । 

कउटिन्होले च्याम्पियन्स लीगको खेलमा लियोनविरुद्ध सुधारिएको खेल देखाएको भए पनि भाल्भेर्देले रियाल बेटिससँगको महत्त्वपूर्ण खेलका लागि उनलाई पत्याएनन् । भाल्भेर्दे सही साबित भए ।

मिडफील्डमा डायमन्ड फर्मेसन बनाइँदा बार्सिलोनालाई बेटिससँग मिडफील्डमा भिडन्त गर्न सहज भयो । मिडफील्डमा यदाकदा बार्सिलोनालाई अप्ठ्यारो परे पनि चारजना प्रमुख खेलाडी त्यहाँ हुँदा बेटिसलाई लय पक्रिन गाह्रो भयो। 

दुई स्ट्राइकर मेस्सी र सुआरेजका पछाडि बसेर भिडालले विपक्षी खेलाडीहरूलाई अत्याइरहे र भाल्भेर्देले उनलाई त्यसै गर्न भनेका थिए । 

चिलीका खेलाडी भिडालले फ्रीकिक पाएपछि त्यसलाई मेस्सीले गोलमा परिणत गर्दै बार्सिलोनालाई १८औं मिनेटमा पहिलो सफलता दिलाए । उनले मास्तिर देब्रे कुना च्यापेर बल छिराउँदा बेटिसका गोलकीपर पाउ लोपेजले रोक्ने मौकै पाएनन् । 

लोपेजले इस्पान्योलमा छँदा मेस्सीसँग अप्रिय व्यवहार गरेर उनलाई कुल्चेका थिए अनि मेस्सीले फ्रीकिकमार्फत गोल गरेर त्यसको राम्रै बदला लिए । 

बेटिसले बार्सिलोनालाई समास्यामा पारे पनि बार्सिलोनाले लगातार प्रेस गर्दै बेटिसलाई पनि असहज स्थितिमा राख्यो । यो खेल रोमाञ्चक र दर्शनीय रह्यो । 

मेस्सीले दोस्रो गोल पहिलो हाफ सकिने बेलामा गरे । सुआरेजले कुुर्कुच्चा पछाडिबाट गरेको प्रहारलाई उनले गोलमा परिणत गरेका हुन् । 

सुआरेजको बुद्धिमत्तापूर्ण खेल यस क्रममा देखियो । उनले पहिलो हाफमा आफैं गोल गर्ने एक अवसर गुमाए । मेस्सीले उनका लागि राम्रो पास मिलाएको भए पनि उनले देब्रे गोडाले हानेको शट कमजोर रह्यो र लोपेजले बल रोके । 

दोस्रो हाफमा सुआरेजले कीपरलाई छक्याउन त सफल भए तर उनको क्रस शट टार्गेटबाट टाढा रह्यो अनि त्यसलाई फेरि गोलमा परिणत गर्न उनले गरेको प्रहार गोलपोस्टबाट परै पुग्यो । 

यो गोल मिस गर्न हुँदैनथियो र मैदानमा उपस्थित बार्सिलोना समर्थकहरू अलिक निराश भए । सुआरेजले सजिला अवसर गुमाउने अनि गाह्रो गोल गर्ने काम आजकल गरिरहेका छन् । 

तर त्यसको केही क्षणमा नै उनले खेलमा सुधार ल्याउँदै बेटिसको डिफेन्सलाई छलाउँदै बल अघि बढाए । यस क्रममा बेटिसका सेन्टर ब्याक डिफेन्डर मार्क बार्त्रा भुइँमै पछारिए । जमीनले निले हुन्थ्यो भनी उनले सोचे होलान् । अनि सुआरेजले मीठो गोल गरे । 

बार्साका लागि ला लिगामा उनको यो १२८औं गोल थियो र उनले लालिगामा उरुग्वेली खेलाडीको कीर्तिमान बराबरी गरे । एट्लेटिको मड्रिडका पूर्व स्ट्राइकर डीएगो फोर्लानको गोलसंख्या सुआरेजले बराबरी गरेका हुन् । 

सुआरेजले ला लिगाको यस सीजनमा १८ गोल गरेका छन् र उनीभन्दा मेस्सी मात्र अगाडि छन् । 

मेस्सीले ला लिगामा यस सीजनमा २९ गोल गरिसकेका छन् र उनले दोस्रो हाफमा पनि प्रभावशाली प्रदर्शन गरे । बेटिसका समर्थकहरूले फूटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीको अद्भुत खेल हेर्ने मौका पाए । 

उनले गरेको तेस्रो गोलपछि बेटिसका समर्थकहरूले आफ्नो भावना रोक्नै सकेनन् र उठेर उनलाई अभिवादन गरे । त्यसो त मेस्सीले खेल सकिने बेलामा पनि एउटा प्रहार गरेका हुन् तर अलिकतिले गर्दा उनको चौथो प्रहार असफल रह्यो । 

लीगमा जम्मा १० खेल बाँकी रहँदा बार्सिलोनाले उपाधि जित्नै लागेको छ । अबका केही दिनमा उपाधि बार्सिलोनाकै नाममा हुनेछ तर मेस्सीका अद्भुत प्रदर्शनका यादहरू स्पेनका विभिन्न स्टेडियमहरूमा सदासर्वदाका लागि कायम रहनेछन् ।

गोल डट्कममा प्रकाशित रिक शर्माको रिपोर्ट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x