असोज २६, २०८०
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
विराटनगर- महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शीर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ । अवैध रूपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीपश्चात क्याम्पस प्रशासनले विद्यार्थीसँग शैक्षिक भ्रमण तथा खेलकुद व्यवस्थापन र पुस्तकालय सम्बन्धि अध्ययन समिति बनाउने सहमति गरेको थियो । त्यही समहतिका आधारमा क्याम्पसले गठन गरेको अध्ययन समितिले विद्यार्थी संगठनसँग गरेको छलफलका क्रममा प्रस्तुत गरेको प्रतिवेदनमा क्याम्पसभित्र अनावश्यक र अपारदर्शी किसिमबाट काम भएको पाईएको उल्लेख छ ।
अपारदर्शी हिसाब
अध्ययन भ्रमण, फिल्ड भिजिट, सेमिनार, अभिमुखीकरण शीर्षकमा अत्याधिक रकम खर्च गरेको पाईएको हो । तर त्यसरी खर्च गरिएको रकमको उपलब्धि भने नदेखिएको समितिले गरेको अध्ययनमा देखिएको छ । चालु आर्थिक वर्षमा मात्र एउटा संकायले ५ लाख ९९ हजार ७ सय ४० रुपैयाँ अपारदर्शी रूपमा खर्च गरेका छन् । नियमिततर्फका कार्यक्रममा खर्च हुने रकम शीर्षकका आधारमा खर्च भएको पाइएपनि आन्तरिक कार्यक्रममा भने दुरुपयोग भएको निष्कर्ष अध्ययन समितिले निकालेको हो ।
खेलकुद शीर्षकमा पनि अनावश्यक रकम खर्च भएको पाईएको छ । समितिले चालू आर्थिक वर्षमा खेलकुदको नाममा ९ लाख ९९ हजार ७ सय ४० रुपैयाँ भन्दा बढी खर्च भएको तथ्य निकालेको छ । तर खेलकुदमा भाग लिने संकाय तथा कार्यक्रमले खर्च भएको रकमको औचित्यता प्रष्ट पार्न सकेका छैनन् । समितिले खेलकुदको नाममा अत्याधिक रकम दुरुपयोग भएको निश्कर्ष निकालेको छ ।
यस्तो छ तथ्यांक
बीबीए कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७३/०७४मा विदाई शीर्षकमा तीनवटा कार्यक्रम गरेको पाईएको छ । त्यसमा १६ हजार ५ सय ६९ रुपैयाँ खर्च भएको देखिएको छ भने फुटबल र क्रिकेटको नाममा ३ लाख ५५ हजार ४ सय रकम खर्च भएको देखिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७४/०७५ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विद्यार्थी संगठनसँग समितिले प्रस्तुत गरेको तथ्यांकलाई हेर्दा क्याम्पसमा संचालित आन्तरिक कार्यक्रमा फुटबल प्रतियोगिता ३ पटक भएको देखिन्छ । जसमा ६ लाख ६१ हजार २ सय ४० रुपैयाँ खर्च भएको देखिन्छ ।
६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ क्रिकेटको एउटै प्रतियोगितामा सहभागी गराउँदा मात्र खर्च गरेको देखिएको छ । बीबीए कार्यक्रम अन्तर्गत क्याम्पसले औद्योगिक भ्रमण एकपटक, फिल्ड भिजिट २ पटक, विदाई कार्यक्रम २ पटक, शैक्षिक भ्रमण २ पटक र अभिमुखिकरण १ पटक गरेको समितिले फेला परेको छ ।
जसमा १० लाख ९५ हजार ५ सय ९७ रुपैयाँ खर्च भएकोमा शिक्षक तथा कर्मचारी भत्ता सामेल नभएको, अन्य शीर्षकमा भएको खर्च समावेश नभएकाले यी सबै शीर्षकमा भएको खर्चमा अनियमितता भएको निश्कर्ष समितिको छ । चालू आर्थिक वर्षमा एमपिए कार्यक्रम अन्तरगतको कोर्षमा नै उल्लेख नभएको कार्यक्रम होटल प्यासिफिकमा गरेर १ लाख ११ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको पाईएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७३/०७४ मा शीर्षकविहीन कार्यशालाको नाममा क्याम्पसले २ लाख ३ सय ९ रुपैयाँ खर्च गर्नुलाई समेत समितिले शंकास्पद मानेको छ । क्याम्पसले बीबीए, एमबीएस र एमपीए कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७३/०७४ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म खर्च गरेको कुल रकमलाई ४६ लाख ६ हजार ४ सय ६ रुपैयाँ (जसमा कर्मचारी तथा शिक्षकको दैनिक भ्रमण भत्ता समावेश नभएको) कोर्ष अफ स्टडिभित्र नपरेको समितिले उल्लेख गरेको छ ।
डा. प्रमोद कुमार खेरवार संयोजक रहने गरी शैक्षिक भ्रमण तथा खेलकुद व्यवस्थापन र पुस्तकालय सम्बन्धि अध्ययन समिति गठन गरेको थियो । २०७५ फागुन १ गते गठित समितिको सदस्यहरुमा डा. जीवन कुमार ढकाल, जयनारायण यादव, डा. अच्युतराज कट्टेल, र डिल्ली पोखरेल छन् । समितिलाई चैत तीन गतेसम्मको समय तोकिएकोमा विद्यार्थीसँगको छलफलपछि १० दिन समय थप गर्न लागिएको संयोजक खेरवारले बताए । अध्ययनको क्रममा क्याम्पस भित्र हुने खर्चलाई एकै प्रक्रियाबाट गर्नु पर्छ भन्ने समितिको निष्कर्ष रहेको उनले सुनाए ।
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...