×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशसभाको मंगलवार बसेको बैठकमा सरकारले रातो किताबमा धेरै विकासे कार्यक्रम भएपनि जनता भने त्यही रातो किताबलाई ऐनासरी घरिघरि हेरिरहेको कुरा उठेको छ । नेपाली कांग्रेसबाट सभामा प्रतिनिधित्व गर्ने सांसद झोवा बिकले विशेष समयमा बोल्दै सरकारले रातो किताब ल्याएर दिएको र आफूहरूले जनतालाई दिई विकासे योजनाबारे जानकारी दिएको ९ महिना हुँदा पनि केहि दिन हुन नसकेको बताइन् । ‘रातो किताबलाई जनताले घरि यता पल्टाउँछन् घरि उता पल्टाउँछन् ।’ उनले दुखेसो पोख्दै भनिन्, ‘योजना हेरेर थुक निल्ने काम मात्रै भएको छ ।’

Muktinath Bank

उनले मुगाली जनता जेठ असारतिर किरा (यार्सागुम्बा) खोज्न हिमालमा जाने गरेको बताइन् । ‘जेठ असारमा काम गर्ने जनता हिमालमा जान्छन् । हिउँदमा हिँउ परेर काम गर्न सकिँदैन,’ उनले भनिन्, ‘कामदार नहुने बेला कर्मचारीले के काम गर्ने हो ?’ उनले जनजाति, पिछडिएको क्षेत्र उठाउने भनेपनि कामै नगरेर कसरी उनीहरूमाथि आउलान् भन्दै सरकारलाई प्रश्न गरिन् । उनले मुगुमा शिक्षक नपाइने, बत्तीको अभाव रहेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट कार्यान्वयन बिनाको कस्तो समृद्धि ? 


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले बजेट कार्यान्वयन नगरेर सरकारले कस्तो समृद्धि ल्याउन खोजेको हो थाहा नभएको बताए । ‘अहिलेसम्म विकासे बजेटको खर्च शुन्य छ । मन्त्रीका जिल्लामा धमाधम काम भइरहेको सुन्नमा आएको छ ।’ उनले भने, ‘के यो सरकारले देखेको समृद्धिको सपना यस्तै हो ? कि भाषणबाट समृद्धि आउँदैछ कर्णालीमा ? कर्णाली प्रदेशको प्रगति हुने छाँट देखिएन । बजेट कार्यान्वयन भएन ।'

Vianet communication
Laxmi Bank

उनले सुर्खेत नाग्म हुँदै जुम्ला जाने सडक र नागम गमगढी सडकको तत्काल स्तरोन्नति गर्न सरकारलाई अनुरोध गरे । ‘हिउँ परेको बेला दुई महिना सडक बन्द रहन्छ,’ उनले भने, ‘वर्षायामको त कुरै नगरौं । वर्षायाममा कर्णाली राजमार्ग खण्डमा रहेका पुलहरू नबन्दा नागरिकले सास्ती खेप्नु परेको पीडा प्रदेश सरकारले कहिले देख्छ ? कि संघीय सरकारलाई देखिएर पन्छिन मिल्ला ?’ उनले कर्णाली बनाउन सरकारले शुभ लक्षण नदेखाएको आरोप लगाए ।

सबै एकै डुंगामा

प्रदेश सभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेश सभासँग सम्वन्धित सबै एउटै डुंगामा सरकार भएर यात्रा गरिरहेको स्मरण गराए । ‘सत्तापक्ष, प्रतिपक्ष सबै हामी एउटै डुंगामा छौं ।’ उनले भने, ‘डुंगालाई सहज रूपमा पारी लैजान हामी सबेको उत्तिकै भूमिका छ । कसैले गल्ती गर्‍यो भने सबै डुब्न सक्छौं ।’ उनले कर्मचारीको अभाव देखाएर विकास नगर्ने छुट कसैलाई पनि नभएको बताए । ‘सबैभन्दा बढी संघीयता कर्णालीका लागि आवश्यक हो ।’ उनले भने, ‘अब यो वा त्यो बहानामा काम गर्न रोकिनु हुँदैन । विकास र समृद्धिको यात्रामा ढिलाई नगरौं ।’ उनले प्रदेश सभामा वित्तीय अनुशासन कायम गर्ने बारेमा छलफल हुन आवश्यक रहेको बताए । 

मंगलगढीमा उभिन चुनौती

राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने सांसद सोशिला शाहीले मंगलगढी चोकमा पाँच मिनेट उभिन सरकारलाई आग्रह गरिन् । ‘जताततै धुवाँ छ, धुलो छ, खाल्डाखुल्डी छन् ।’ उनले भनिन्, ‘मेरो सरकारलाई आग्रह छ, मन्त्रीहरू मंगलगढी चोकमा कम्तिमा पाँच मिनेट गाडीबाट ओर्लेर बस्नुस् कति पीडा हुन्छ थाहा पाउनुहुनेछ ।’ उनले सरकारसँग खोक्रा भाषण मात्रै छ कि भन्ने लागिसकेको बताइन् । 

कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित

मंगलवारको बैठकले कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक २०७४ साल असार १९ गते संसदमा पेश भएकोमा आवश्यक संशोधनसहित पारित भएको हो । विधायन समितिका अध्यक्ष पदम रोकायाले लामो बहस र छलफलपछि समितिले विधेयक संशोधन गरेको जानकारी दिए ।

संसदमा विधेयक पेश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मंगलवार सदनमा विधेयक टेबुल गरेकी छन् । उनले खाद्य उत्पादन तथा खाद्य सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ सदनमा पेश गरेकी हुन् । 

अब संसदको सातौं बैठक आगामी चैत १५ गते  दिउँसो १ बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x