कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
लमही- पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि गर्छ । वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न हुनुभएको हो । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाड्नुभएका उहाँ यसै वर्ष कक्षा ८ मा भर्ना हुनुभएको हो ।
“पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दैै परीक्षामा सहभागी भएको हुँ”, उहाँले भन्नुभयो । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उहाँको भनाइ थियो । “सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ । त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो ”, उहाँले भन्नुभयो ।
चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उहाँको भनाइ थियो । “जेठो भाइ मेटमनी चौधरी सांसद हुनुभएको छ”, उहाँले भन्नुभयो । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उहाँले सुनाउनुभयो । उहाँका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहनुभएको छ । “जेठो छोेराले सब इञ्जिनीयर पढ्छ”, उहाँले भन्नुभयो, “जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।”
उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । “राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ”, उहाँले भन्नुभयो, “त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उहाँको भनाइ थियो ।
धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिक्नुभएकी उहाँलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ । अन्य विषय भने सजिलै लागेको छ । गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उहाँको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित हुनुभएको थियो ।
१० बजे गाउँपालिका साढे १२ बजे स्कुल
परीक्षा अवधिभर पनि उहाँले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाउनुभएको छ । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उहाँ दुई घण्टासम्म गाउँपालिकाको काम गर्नुहुन्छ भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जानुहुन्छ । एकदेखि ४ बजेसम्म हुने परीक्षा सकेर पुनःगाउँपालिकामा पुगेर काम सकेर घर फर्कनुहुन्छ । “परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगै अगाडि बढाएकी छु”, उहाँले भन्नुभयो ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...