×

NMB BANK
NIC ASIA

जापान कामदार लैजान सोमबार सम्झौता, कम ऋण दिए कारबाही

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ । 
उक्त रकममा कर नलाग्ने व्यवस्था गरिएको छ भने नेपाल र भारतका सरकारबाट खरीदसम्बन्धी प्रक्रिया रेल विभागको अगुवाइमा कार्यान्वयन हुनेछ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

त्यसैगरी बैठकले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्ने स्वीकृति, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूका लागि १९ राजनपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सुरक्षा नीति, २०७५, स्वास्थ्य बीमा नियमावली, २०७५, चिकित्सकीय कानूनी (मेडिको लिगल) सेवा सञ्चालन निर्देशिका, २०७५, पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५, औद्योगिक व्यवसाय नियमावली, २०७५, कर्जा सुरक्षण )पहिलो संशोधन) नियमावली, २०७५, नेपाल पत्रकार महासङ्घ (चौथो संशोधन) विधान, २०७३, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५, औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७५ स्वीकृत गरेको छ । 


Advertisment
Nabil box
Kumari

बैठकले एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा सूचना प्रकाशन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिएको र सोलु करिडोर १३२ किलोभोल्ट प्रसारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको मन्त्री बाँस्कोटाले बताए । 

Vianet communication
Laxmi Bank

कोरियाली भाषा परीक्षा आवेदन खुल्यो
 रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आज शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । 
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । 

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । 

जापानसँग सम्झौता हुँदै
नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौत गर्ने भएको छ । 
१ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुने भएको हो । 
एमओसी नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र जापानका ४ वटा मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ– नयाँ भिषा श्रेणी अन्तर्गत आगामी अप्रिलदेखि वृद्धवृद्धा स्याहारसुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष उमेर पुगेका करीब ४ लाख विदेशी कामदार जापानले लैजानेछ । यसमा नेपालले पाउने कोटा भने तय भइसकेको छैन ।

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी
प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कमजोरी औँल्याएको छ । 

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो । 

भिभिआइपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौँ अवतरणका क्रममा होल्ड भएको थियो ।

नेकपामा संलग्न चार पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 

कम ऋण दिए कारबाही
कृषि, ऊर्जा र पर्यटनमा तोकिएको भन्दा कम ऋण प्रवाह गरे बैंकलाई कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । 
चालू आथिकर्् वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएको उक्त व्यवस्था पालना नगर्नेलाई उच्च व्याजदरले हर्जना लगाउने चेतावनी दिएको हो । 
यसअघि पनि तोकिएको भन्दा कम ऋण प्रवाह गर्ने बैंकले हर्जना नै तिर्नुपथ्र्यो । राष्ट्र बैंकले यसअघिको परिपत्र परिमार्जन गर्दै बिहीबार पुनः यस्तो चेतावनी दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्र कृषि, ऊर्जा र पर्यटनमा कुल कर्जाको कम्तिमा २५ प्रतिशत ऋण दिनुपर्छ । कृषिमा न्यूनतम १० र ऊर्जा तथा पर्यटनमा गरी १५ प्रतिशत लगानी हुनैपर्छ । 

राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश
मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रिउइयातुद्दीन अल मुस्ताफा बिला साह समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 
उक्त समारोहलगत्तै उनले बिहीबार मलेसियाली राजासँग शिष्टाचार भेट गरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताकोतर्फबाट राजाको व्यक्तिगत सुख र स्वास्थ्य एवं मलेसियाली जनताको निरन्तर प्रगति तथा समृद्धिको कामना गरे ।  भेटमा राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेसियाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताए । उनले मलेसियामा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकको उपस्थिति र दुवैतर्फका पर्यटकको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । 


उपसमिति गठन
 प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ । 

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न बिहीबार बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा सङ्घीय संसद्मा रहेका अधिकांश दलको प्रतिनिधित्व हुने गरी सांसद विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहेका छन् ।


माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री बिहीबारदेखि सुरु भएको छ । 

नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एक हजार कित्ता आवेदन दिएपछि शेयर बिक्री शुरु भएको हो । 

आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सि– आश्वामार्फत पनि शेयर आवेदन गर्न सकिने ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

न्यूजील्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा
न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो । 

प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुनेगरी बन्देज लगाइएको जानकारी दिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x