×

NMB BANK
NIC ASIA

सन्दर्भ : विश्व पानी दिवस (अर्काइभबाट)

खोलाको फोहर पानी सिधै ट्याङ्कर र जारमा, पिउनयोग्य भन्दै बिक्री वितरण !

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौं उपत्यकामा शुद्ध खानेपानी भन्दै खोलाको फोहर पानी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ट्याङ्करमार्फत राजधानीवासीका घर–घरमा शुद्ध पानी भन्दै विक्री हुँदै आएको पानी कुन कम्पनी वा वितरणकर्ताले बेचिरहेको छ भन्ने खुल्ने अवस्था समेत छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर डटकमले गरेको स्थलगत रिपोर्टिङका क्रममा पानी बेच्ने ट्याङ्कर कुन कम्पनीअन्तर्गत भन्ने समेत नभएको फेला परेको छ । 


Advertisment
Nabil box
Kumari

घटना- १

Vianet communication
Laxmi Bank

चोभारको चक्रतीर्थ प्रालिको पानी भर्ने ठाउँमा पानी ट्याङ्करहरू लाइनमा बसेर पानी भरिरहेका थिए । पानीको क्यू लिने ठाउँमा एक व्यक्ति बिल काटिरहेका थिए । पानी कम्पनी र उनको नाम सोध्दा उनी तर्किन खोजे । 

उक्त स्थानमा पानीका लागि डीप बोरिङ गरिएको थियो, तर पानी निकालिएको स्थानदेखि पानी ट्याङ्करमा राख्ने स्थानसम्म निकै फोहर थियो । 

बिल काटिरहेका व्यक्तिलाई पानी कम्पनीको मालिक (व्यवस्थापक)सँग कुराकानी गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दा उनले आफू कर्मचारी मात्र भएको र व्यवस्थापकबारे जानकारी नभएको बताए । 

ट्याङ्करमा भर्दै गरिएको पानी फोहर देखिएपछि उनलाई यसबारे जिज्ञासा राख्दा भने, ‘यो पिउनका लागि पठाउन लागेको पानी होइन, अरू नै प्रयोजनका लागि हो ।’

उनको कुरा सुनेपछि हामी ट्याङ्करका चालक र सहचालकसँग कुराकानी गर्न थाल्यौं । नाम नबताउने शर्तमा एक सहचालकले भने, ‘पिउने पानी माग भएको ठाउँमा हामी यही पानी लैजान्छौं ।’

उक्त स्थानमा पानी भर्न आएको ना २ ख ६४७६ को ट्याङ्करमा पानी भरिरहेका सहचालकले गाडीमा १२ हजार लिटर पानी अटाउने र काठमाडौंका धेरै ठाउँमा आफूहरूले पानी लैजाने गरेको बताए ।

‘यो पानी त खान मिल्छ जस्तो देखिँदैन त ?’ लोकान्तरको जिज्ञासामा सहचालकले भने, ‘लुगा धुन र अन्य कामका लागि पानी लैजाने गरेका छौं । पानी माग गर्नेहरूले यो पानी खान पनि मिल्छ भनेर सोध्ने गरेका छन् ।’

उनले दैनिक करीब ८० ट्याङ्कर पानी चोभारको चक्रतीर्थ प्रालिबाट काठमाडौंका विभिन्न स्थानमा पुर्‍याउने गरेको बताए । 

घटना- दुई

पानीका स्रोतहरूको अवस्थाबारे बुझ्ने क्रममा हामी टौदहमा पुग्यौं । जहाँबाट राजधानीका विभिन्न स्थानमा पानीको आपूर्ति हुने गरेको छ ।

महालक्ष्मी पानी सप्लायर्स कम्पनीको नामबाट पानी आपूर्ति हुँदै आएको छ । तर उक्त कम्पनीले प्रशोधनको कुनै प्रक्रिया नै नगरी पानी बिक्री वितरण गर्दै आएको पाइएको छ ।

खोलामा पाइप जोडेर सिधै ट्याङ्करमा पानी भरिरहेको दृश्य त्यहाँ लुकेको छैन । 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी ट्याङ्करहरूमा पानीको प्रयोजनका आधारमा निलो र हरियो स्टिकर टास्ने गरेको छ ।

निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनयोग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने व्यवस्था गरिएको छ । तर टौदहमा महालक्ष्मी पानी सप्लायर्सले खोलाबाट सिधै ट्याङ्करमा भरेको पानीमा खानका लागि योग्य मानिने निलो रंगको स्टिकर टाँसिएको थियो ।

प्रशोधन नगरिएको खोलाको पानी पीउने प्रयोजनका लागि सिधै ट्याङ्करमा भरेर उपभोक्तालाई बेचिरहेको बारे महालक्ष्मी पानी सप्लायर्सका सञ्चालक विकास महर्जनलाई प्रश्न गर्दा उनले पानी सिधै मूलबाट आएकाले खानयोग्य भएको तर्क गरे । 

‘यस्ता समाचारहरू आइरहन्छन्,’ कड्किँदै महर्जनले भने,‘मूलको पानी हो, कुन प्रयोजनमा लान्छन् मलाई थाहा छैन ।’

महालक्ष्मी पानी सप्लायर्सबाट दैनिक ८० देखि ९० ट्याङ्कर पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिधै पिउने र अन्य प्रयोजनका लागि बिक्री हुने गरेको छ । तर उक्त कम्पनीले आवश्यक न्यूनतम मापदण्डसमेत पालना गरेको देखिँदैन ।

निलो स्टिकर टाँसेको मात्रै पिउन योग्य

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानीको प्रयोजनको आधारमा पानी भर्ने ट्याङ्करहरूमा स्टिकर अनविार्य टाँस्नु पर्ने व्यवस्था गरेको छ ।

बोर्डले निलो रङको स्टिकर भएको ट्याङ्करमा बोकिएको पानी सिधै पिउनका लागि योग्य मानिने र हरियो रङको स्टिकर भएको ट्याङ्करमा बोकेको पानी प्रशोधन गरेर पिउन सकिने बताएको छ । 

जानकारी यसअघि नै गराइसकेको थियो । त्यस्तै पहेलो स्टिकर भएको ट्याङ्करको पानी पिउन बाहेक लुगा धुने, भाँडा माझ्ने लगायतका घरायसी काममा प्रयोग गर्न सकिने र सामान्य प्रशोधनबाट समेत पिउनयोग्य नहुने बोर्डको व्यवस्था छ । तर उपत्यकाका अधिकांश जसो पानी विक्री वितरण गर्दै आएका पानी उद्योगहरूले न्यूनतम मापदण्ड समेत पालन नगरि सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । पानी माग गर्ने व्यक्तिले पनी आफूले माग गरेको पानीको गुणस्तरबारे ख्याल नगर्दा ठगीदै आएका छन् भने स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । 

दूषित पानीको उपभोगका कारण विशेष गरी हैजा, झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए, जन्डिस, बान्ता हुने, पेटमा समस्या, दाँतमा समस्या, ज्वरो आउनेजस्ता सामान्यदेखि ज्यानै लिन सक्ने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ । 

अर्कोतिर आर्सेनिकजस्ता रसायनको अवशेषयुक्त पानीको उपभोगले अल्पकालीन तथा दीर्घकालीन रूपमा सामान्यदेखि ज्यानै लिने खतरनाक समस्या देखिन्छ ।

आर्सेनिकयुक्त पानीको सेवनले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुन सक्छ । त्यस्तै क्लोरिन, फ्लोराइड, नाइट्रेट, लिडजस्ता रसायन तथा विषादीको अवशेष बढी भएको पानीको उपभोगले पेट, छाला, आँखा, श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न अंगमा क्यान्सरजस्ता असर देखिन सक्छन् ।

(अर्काइभबाट)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x