×

NMB BANK
NIC ASIA

होली विशेष

जनकपुरमा विशेष होली : मैथिली परम्परा बिर्सेर बाह्य प्रभाव

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको राजधानी जनकपुरधामसहित आसपासका गाउँमा शुक्रवार होली पर्व मनाइँदैछ । 

Muktinath Bank

मधेशका अधिकांश जिल्लामा बिहीवार नै होली मनाइएको भएपनि जनकपुरधाममा शुक्रवार होली पर्व मनाइँदैछ । प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ साहित्यकार परमेश्वर कापडीका अनुसार मिथिलामा १५ दिने माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृही परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने भएकाले जनकपुरधाममा शुक्रवार मनाइएको हो । जनकपुरधाममा बिहीवार अन्तरगृहि परिक्रमा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘तर यसरी मधेशमा २ फरक–फरक दिनमा होली हुनुले पर्वको उत्साह र उमंगमा पनि कमी आउने हुँदा यसतर्फ ध्यान दिनु जरुरी छ,’ प्रा. कापडी भन्छन्, ‘मंगलवार र बिहीवारका दिन माछामासु नखाने कारणले गर्दा पनि कतिपयले बिहीवार होली नमनाएका हुन् ।’

Vianet communication
Laxmi Bank

मिथिलामा हुने प्रायः पर्व त्यौहार वैदिक र लौकिक परम्परा अनुसार हुने गरेको छ । विधि विधान अनुसार पूजापाठ गरेर शुभ साइतमा वैदिक परम्परा अनुसार कतिपय संस्कृति छन् भने गीत नाद गाएर, लोक व्यवहार, लोक परम्परा अनुसार मानिने लौकिक संस्कृति पनि छन् । त्यसैले होली पर्व दुवै तरिकाले मिथिलामा मनाउने गरिएको साहित्यकार श्याम सुन्दर शशि बताउँछन् । 

वसन्त ऋतु त्यसै पनि मदमस्त ऋतु भएकाले फागुन महिनामा मनाइने होलीलाई अत्यन्तै उत्सव, हर्ष उल्लासका साथ मनाउने गरिन्छ । अहंकार हटाएर, जातिपातिको भेदभाव हटाएर सबै मानिस एक समान भएर एकआपसमा सद्भाव, भाइचारा बढाउने प्रतीकको पर्व पनि फागु पर्व रहेको प्रा. कापडी बताउँछन् ।

‘फागु त एउटा खेल पनि हो, मिथिलामा मान्छेले बडो श्रद्धा र आस्थाका साथ गीत गाउँदै, जोगिरा गाउँदै, अबिर लगाउँदै धुलो उडाएर खेल्ने अद्भूत पर्व हो,’ कापडीले भने, ‘जे जिवे से खेले फागु अर्थात् यो पर्व त जीवनसँग पनि जोडिएको हो ।’ अहंकार, कुरीति, असम्मतिलाई जलाएर आपसी सद्भावको रुपमा पर्व मनाउने गरिएको उनले बताए ।

लोप हुँदै जोगिरा

मिथिलामा होली खेल्दा विभिन्न बाजागाजाका साथ जोगिरा गाउँदै होली खेल्ने गरिन्छ । वास्तवमा जोगीले जोगिरा गाउने गर्छन् । मिथिला त आदिकालदेखि नै देवीदेवता, साधुसन्त, जोगी, ऋषि भएको स्थल रहेकाले सबै देवीदेउताले खेलेको होलीको कथा नै जोगिरा गाएर भन्ने गरिन्छ । भगवान राम, सीता आदिको कथा गाउँदै जोगिरा गाउने गरेकाले मान्छेले जोगिरा गाएर समेत होली मनाउने गर्छन् । 

श्रीपञ्चमीदेखि होलीसम्म प्रत्येक दिन साँझ आ–आफ्नो दलानमा बसेर भजनकीर्तन गर्दै जोगिरा गाउने परम्परा थियो । तर त्यो जोगिरा संस्कृति भने लोप हुन थालेको छ । पत्रकार समेत रहेका साहित्यकार शशिका अनुसार गाउँगाउँमा रहेको दलानको संस्कृति अन्त्य भएकाले पनि समस्या आएको छ ।

माओवादीले जनयुद्ध शुरू गरेपछि आ–आफ्नो दलानमा सामूहिक रुपमा बस्ने परिपाटी नै अन्त्य भयो । ‘कहिले माओवादी पुगेर त कहिले सेना पुगेर तपाईंहरू यहाँ किन जम्मा भएको भनेर प्रश्न गर्न थालेपछि मान्छे दलानमा सामूहिक रुपमा बस्न नै सकेनन् । त्यसकारण विगतमा गाइने गरिएको जोगिरा लोप भएको छ,’ उनले भने । जनयुद्धको प्रभाव परेपछि एउटा पुस्ताले नै जोगिरा सिक्न पाएनन्, गाउन पाएनन् । 

संरक्षणका केही प्रयास 

जनकपुरधाममा पछिल्लो केही वर्षदेखि मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको पूर्वसन्ध्यामा होली महोत्सव तथा महामुर्ख सम्मेलन कार्यक्रम आयोजन गरेर जोगिरा गाउने, होलीका गीत गाउने प्रतियोगिता नै सञ्चालन गर्दै आएको छ । विभिन्न गाउँबाट होलीका गीत गाउने टोलीलाई बोलाएर प्रतियोगिता गरेर पुरष्कृत गर्ने तथा सम्मानित गर्ने कामको शुरूवात गरेको छ । तर ती टोलीमा पनि अधिकांश ५० वर्षदेखि माथिकै उमेर समूहका मान्छे हुन्छन् । युवा पुस्ता त्यसमा पनि देखिने गरिएको छैन ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकका अनुसार होली गायन प्रतियोगिताले होलीसँगै जोगिरा गाउने परम्परालाई पुनर्जीवन प्रदान गर्न केही हदसम्म सफल भएको छ । अब जनकपुर शहरमा पनि मान्छेले होली गाउन थालेका छन् । ‘बिस्तारै अहिलेको युवा पुस्ताले पनि आफ्नो पुर्खाको गौरव समेतको होली गीत तथा जोगिरालाई सिक्दै जाने प्रा. कापडी बताउँछन् ।

अश्लिलताको प्रभाव तथा विकृति

आफ्नै बाजागाजा ढोल, पिपही, डम्फा बजाएर होलीको गीत गाउनुभन्दा पनि नयाँ पुस्ताले अश्लिल, भद्दा गीतहरू डिजे, लाउड स्पिकरमा बजाएर होली खेल्दा विकृति भित्रिएको प्रा. कापडी बताउँछन् । ‘वैश्विक प्रभाव त जुन कुरामा पनि सर्ने हुनाले मिथिलाको आफ्नै लोक संस्कृति छ, आफ्नै लोक परम्परा रहेको होलीमा अश्लिलता पनि सरेको छ,’ उनले भने ।

साहित्यकार शशि भन्छन्, ‘कुनै पनि गीत संगीतमा जडपन हुनुभएन । समय अनुसार परिमार्जन गर्दै जानुपर्छ ।’ मैथिलीमा बनाइने गीत संगीतमा पनि युवा पुस्तालाई आकर्षित गर्न गीत संगीत बनाउन सकियो भने बाह्यको प्रभावलाई अन्त्य गर्न सकिने उनी बताउँछन् ।

होलीको नाउँमा बिहानैदेखि मदिरा सेवन गरेर लठ्ठ पर्ने विकृति पनि देखिने गरिएको छ । रक्सी सेवन गरेझैं झगडा गर्ने, सवारीसाधन चलाउने गर्दा सवारी दुर्घटना हुने समस्या समेत पछिल्लो समयमा बढेको छ । साहित्यकार शशी यसलाई त अराजकता नै भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x