×

NMB BANK
NIC ASIA

'केसरी' फिल्म समीक्षा : युद्धको रोमाञ्चकारी प्रस्तुति, लेखन कमजोर

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २००६ मा हलिउड निर्देशक ज्याक स्नाइडरले ३०० नामक फिल्म बनाएका थिए । उक्त स्टाइलिश ब्लकबस्टर फिल्ममा ३०० जना स्पार्टावासीले तीन लाख पर्सियन सैनिकसँग युद्ध गरेको देखाइएको थियो । 

Muktinath Bank

अक्षय कुमारको नयाँ फिल्म केसरीले त्यही ३०० फिल्मको झल्को दिन्छ किनकि यसमा पनि त्यस्तै किसिमको कथा छ । यहाँ सन् १८९७ को सरगढी लडाईंमा २१ जना शिख सैनिकले १० हजारभन्दा अफगानहरूविरुद्ध लडेको देखाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केसरीको शीर्षक केसरी रंगको पगडीबाट लिइएको हो र फिल्मका प्रमुख पात्र हवल्दार इशर सिंहले युद्धमा जाँदा त्यस्तो पगडी लगाउँछन् । यो उनको शहादतको रंग हो अनि उनको बलिदानको रंग भएको फिल्मले बताउँछ । 


Advertisment
Nabil box
Kumari

केसरी फिल्ममा मुटु हल्लाउने केही क्षण, रोमाञ्चकारी केही युद्ध दृश्य छन् र तिनलाई अक्षय कुमारले इमान्दारीका साथ निर्वाह गरेका छन् । तर फिल्मको पटकथा सुस्त गतिको छ र झर्कैै लाग्ने गरी उपदेश र कमजोर चरित्रचित्रण छ । 

Vianet communication
Laxmi Bank

यो अक्षय कुमारको वान म्यान शो हुनु पनि समस्याको एक भाग हो । पटकथा लेखकहरूले अन्य चरित्र विकसित गर्न वा तिनमा ज्यान भर्न खासै चासो देखाएका छैनन्, चाहे ती शिख सैनिक हुन्, बेलायती अधिकारी हुन् वा अफगानी खलनायक हुन् । 

फिल्मको कथा पूर्वानुमान लगाउन सकिने किसिमको छ, युद्धका केही दृश्यहरू तन्काइएका छन् र यसले गर्दा फिल्मले दर्शकलाई थकाउँछ । 

निर्देशक अनुराग सिंहले राष्ट्रिय पुरस्कार प्राप्त फिल्म पञ्जाब १९८४ बनाएका थिए र त्यसमा उनले पञ्जाब विद्रोहताका एक आमा र उनको हराइरहेको छोराको कथा भनेका थिए । 

यस फिल्ममा चाहिँ उनले अहिलेसम्म पनि सम्झना गरिने सरगढी युद्धको बलिउडी संस्करण प्रस्तुत गरेका छन् । उनले बेलायती सेनाको ३६औं शिख रेजिमेन्टका बहादुर सिपाहीवरिपरि कथानक बुनेका छन् । ती बहादुर सिपाहीले आफ्नो शूरताका लागि बेलायती सरकारबाट अर्डर अफ मेरिट सम्मान पाएका थिए । 

यो पृष्ठभूमिमा गजबको फिल्म बन्नुपर्ने हो तर फिल्मको कथानक कमजोर छ । पहिलो हाफ साह्रै सुस्त छ । ओपनिङ दृश्य चाहिँ उत्कृष्ट छ जसमा इशर सिंहले एक अफगान महिलाको टाउको काटिनबाट बचाएर भद्रपना तथा बहादुरी देखाएका छन् । त्यसपछि अतिवादी अफगान धर्मगुरु रिसाउँछन् र युद्धको घोषणा गर्छन् । उनले धर्म र जिहादका नाममा अन्य अफगानी प्रमुखको समर्थन प्राप्त गर्छन् । 

सिंहलाई उनका हाकिमहरूले सरगढीमा तैनाथ गर्छन् । त्यहाँ ३६औं शिख रेजिमेन्टको दुर्गति उनले देख्छन् । सैनिकहरू युनिफर्म लगाउँदैनन् अनि भाले जुधाएर टाइमपास गर्छन् ।

चक दे इन्डियाबाट प्रेरित भएर सिंहले रेजिमेन्टमा अनुशासन कायम गर्छन् र उनीहरूलाई एकत्रित टोलीका रूपमा लडाईं गर्न तयार पार्छन् । 
साँच्चै भन्नुपर्दा फिल्ममा रहेको हास्यले अलिअलि मनोरञ्जन दिन्छ । तर इशर सिंह र उनकी पत्नी (परिणिती चोपडा) बीचका दृश्यहरू झूर छन् । घरमा पत्नी छोडेर आएका इशरले उनीसँग काल्पनिक संवाद गरेका दृश्य धेरै त छैनन्

तर तिनले फिल्मको गति घटाउँछन् । यसै पनि फिल्म ३० मिनेट बढी नै छ । 

त्यसपछि दुई धर्मबीचको द्वन्द्व देखाइएको छ । मुसलमान सैनिकहरूलाई जंगली, धोकेबनज आक्रमणकारीका रूपमा देखाइएको छ । उनीहरू आफ्ना शत्रुका लाशबाट जे पाइन्छ त्यही चोर्न तत्पर रहन्छन् । उता सम्मानयोग्य शिखहरू भने अफगानी गाउँलेलाई मस्जिद बनाउन सहायता गर्छन् र मर्न लागेका आफ्ना सैनिकलाई पानी पिलाउँछन् । 

यो फिल्मले युनिभर्सल रेटिङ कसरी पायो भनी आश्चर्य लाग्छ । फिल्ममा नियमित रूपमा तरवार र भाला शरीरमा रोपिएको, अंगभंग भएको, रगतपच्छे भएको र एउटा दृश्यमा त झन् चारजना सैनिकलाई अक्षयले तरवार घोपेको देखाइएको छ । 

क्यामरावर्क प्रभावशाली छ । 

अक्षय कुमारको अनुहार ठूलो पगडी र ठूलो दाह्रीमा च्यापिएको छ तर उनी इशर सिंहको एकोहोरो लगन चित्रण गर्न सफल भएका छन् । उनले जोश जगाउने संवाद र खतरनाक युद्ध दृश्य विश्वसनीय तरिकाले देखाएका छन् । 
तर फिल्म समग्र रूपमा राम्रो उद्देश्यका साथ बनाइएको भए पनि लम्बेतान छ । थप धारिलो स्क्रिप्ट र बुद्धिमत्तापूर्ण सम्पादन आवश्यक थियो । 

फिल्म : केसरी

कलाकार : अक्षय कुमार, परिणिती चोपडा, राकेश चतुर्वेदी, एडवर्ड सोनेनब्लिक, वंश भारद्वाज, प्रीतपाल पाली

निर्देशक : अनुराग सिंह

रेटिंग : २.५/५ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x