‘ए मेरो हजुर ३’को गीतमा दौरा सुरुवाल र ढाकाटोपीमा अनमोल, गुन्यो चोलीमा सुहाना

चैत ८, २०७५

काठमाडौं- यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

केही दिनअघि ‘जिन्दगी नै भन्दिनँ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको यूनिटले शुक्रबार ‘परान’ बोलको गीत लोकलयको गीत सार्वजनिक गरेको हो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतमा आशिष र गायिका अञ्जु पन्तको स्वर छ । 


ADVERTISEMENT

अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री सुहाना थापा फिचर्ड गीतको भिडियो निकै आकर्षक देखिएको छ । अनमोल र सुहानालाई टिपिकल पहिरनमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायक आमेश भण्डारी दुलाहाका रुपमा देखिएका छन् । त्यस्तै अभिनेता सलोन बस्नेत पनि भिडियोमा देखिएका छन । प्रविण सिंहले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

‘ए मेरो हजुर ३’लाई सुनिल कुमार थापाले निर्माण तथा झरना थापाले निर्देशन गरेकी हुन् । अनमोलसंग जोडी बाँधेकी सुहाना झरनाकै छोरी हुन् । फिल्ममा अनमोल र सुहानासंगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतको अभिनय छ ।

हेर्नुहोस् भिडियोः

चैत ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस