चीनमा बनाइयो चौकीदार रोबोट, राति गर्छ चौकीदारी

चैत ८, २०७५

काठमाडौं – चीनको राजधानी बेइजिङमा एक रेजिडेन्सियल कम्युनिटीले रोबोटलाई चौकीदारको जिम्मेवारी दिएको छ । 

राति अब कुनै व्यक्तिले गश्ती लगाउँदैन । रोबोट चौकीदारले नै अनुहार पहिचान तथा मानिस र यन्त्रबीचको संवादमार्फत सुरक्षा व्यवस्था सम्हाल्छ । 


ADVERTISEMENT

रोबोटलाई मेइबाओ नाम दिइएको छ । उसले अवैध गतिविधिमाथि नजर राख्छ र बेइजिङको मेइयुआन कम्युनिटीलाई आवश्यक जानकारी दिनेछ । 

बेइजिङ एयरोस्पेस अटोमेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर लिउ गाङजुनले यसको जानकारी दिएका हुन् । 

यो रोबोटलाई अप्रिल महिनासम्म परीक्षणका लागि तैनाथ गरिएको छ । बेइजिङ एयरोस्पेसले तयार गरेको रोबोट बनाउन चाइना एकेडमी अफ लउन्च भेहिकल टेक्नोलोजीले यसमा सहयोग गरेको छ । 

देशभरिका आवासीय कोलोनीमा मानव चौकीदार हटाएर रातिराति रोबोट तैनाथ गर्ने तयारी छ । 

पैदलयात्रीहरूको बारेमा सटीक जानकारी जुटाउनका लागि समेत प्रविधिको उपयोग गरिएको छ ।

एजेन्सी 

चैत ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस