×

NMB BANK
NIC ASIA

नयाँ मर्यादाक्रममा सेनाको आपत्ति, समायोजनमा जाने प्रहरीको तलबमा दुई ग्रेड वृद्धि

चैत ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ । गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो । 

Muktinath Bank

प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन् । सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सोसरहको अधिकृतभन्दा तल राखिएको छ । यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ । सेनाले सरकारसमक्ष मर्यादाक्रममा सेनालाई तल पार्नुको कारण सोधेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैन्य अनुशासनमा बसेर अध्ययन गरेकालाई पछाडि पार्न नमिल्ने तर्क नेपाली सेनाको छ । इन्टरमिडियट उत्तीर्ण गरेपछि सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) मा प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसरी प्रवेश गरेका सेनाले भित्रै पढ्न र सैनिक तालिम लिन पाउँछन् । तर नेपाल प्रहरी वा सशस्त्रको निरीक्षकमा जागिर खान स्नातक उत्तीर्ण गर्नैपर्छ । त्यसैले प्रहरी निरीक्षकलाई मर्यादाक्रममा माथि राखिएको गृह मन्त्रालयका अधिकारीहरूले बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ । 


Advertisment
Nabil box
Kumari

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु 
काठमाडौँ महानगरपालिकाले साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार अध्ययन टोली बनाई शुक्रबारदेखि अनुगमन कार्य शुरु गरिएको र आगामी १५ दिनभित्र प्रतिवेदन आइसक्ने बताए ।

Vianet communication
Laxmi Bank

कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक जना सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिले ल्याएको प्रतिवेदनको आधारमा कुन कुन जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । 

विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने कुँवरले बताए । कामपामा कूल ७५ पम्प रहेकोमा १५ वटा सुरक्षाको हिसाबले जोखिम देखिए पनि के गर्ने भन्ने विषयमा अध्ययन प्रतिवेदन पछिमात्रै निर्णय गरिनेछ ।  

एसइई परीक्षाः सामुदायिकमा छात्रा र निजीमा छात्र बढी
आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ । संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ ।

यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र  र दुई लाख ३८ हजार ५५८ छात्रा छन् । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् ।

निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी  थिए । 

समायोजनमा जाने प्रहरीको तलबमा दुई ग्रेड वृद्धि
सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाइपाइ आएको तलबमा दुई ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारवाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद सचिवलायमा दर्ता भएको छ । समायोजन भएका प्रहरी कर्मचारलाई खाईपाई आएको तलबमा दुई ग्रेड थप हुने व्यवस्था गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ । समायोजन गर्दा थप गरिएको ग्रेड त्यस्तो कर्मचारले पाउने ग्रेडभन्दा बढी हुने भएमा त्यसरी थप गरिएको ग्रेडसमेत दिइने व्यवस्था गरिएको छ ।

कर अधिकृतविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लाभको पदमा रही अकूत सम्पत्ति आर्जन गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको तथा उनको वैध आय रु एक करोड २७ लाख ६६ हजार ९४५ को तुलनामा स्रोत खुल्न नसकेको रु एक करोड ८२ लाख ६७ हजार ७७९ को स्रोत पुष्टि नभएकाले निजले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध स्रोत पुष्टि गर्न नसकेको सोही रकम बराबर बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । 

भरतपुरका मेयर र उपमेयरको विवाद मिल्यो
चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच लामो समयदेखिको विवाद टुंगीएको छ ।  महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले विभिन्न विषयमा सहमति गरेसँगै विवाद टुंगीएको हो । दाहाल र शाहले संयुक्त विज्ञप्ति जारी गर्दै विवाद अन्त्य भएको जनाएका हुन् ।

दाहाल र शाहले विगत केही समयदेखि देखिएको असमझदारीलाई संवादको माध्यमबाट समाधान गरी पुनः त्यस्ता असमझदारी उत्पन्न हुन नदिने प्रतिवद्धता जनाएका छन् । निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको परिपुरक भूमिका हुने कुरालाई दृष्टिगत गर्दै संविधान, प्रचलित कानून र नीति तथा कार्यक्रमको मर्मअनुसार संलग्न सबैमा एउटै बुझाई गरिने सहमतिमा उल्लेख छ । 

वर्षौंदेखि पूरै गाउँ लालपुर्जाविहीन 
डोटी जिल्लाको पू्र्वीचौकी गाउँपालिकाको काडामाडौँ गाउँका बासिन्दा वर्षौंदेखि लपलपुर्र्जाविहीन अवस्थामा छन् । जमीन भएर पनि सो गाउँका बासिन्दा अहिले सुकुम्वासीसरह रहेका स्थानीयवासी बताउँछन् ।

नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आएका सरदार अमरसिंह थापाले काडामाडौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाए ।     मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले बिर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिए । 

उहिलेका ५३ परिवार अहिले करीब ४०० परिवार पुगे तर अहिलेसम्म उनीहरू लपलपुर्र्जाविहीन छन् । अमरसिंहका ‘जोताहा’ भन्दै जोतभोगको हक पाएका ती बासिन्दा न सुकुम्वासी हुन न त जग्गाधनी नै । अहिले पनि तिरो बुझाउनाका साथै मन्दिरको व्यवस्थापन र द्वन्द्वका बेला निभेको अखण्डद्वीप फेरि नियमित गर्दै आएका उनीहरूले विसं २०४४ मा मालपोत कार्यालयबाट ‘जोताहा पुर्जा’ पाए पनि जमीनको मालिक भने हुनसकेका छैनन् । 

निवेदन दर्ता गर्न अस्वीकार 
सर्वाेच्च अदालतले नेपाल बार एशोसिएशनकोे यही चैत १६ गते हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा मताधिकारको माग गर्दै पेश गरिएको रिट निवेदनलाई दरपीठ गरेको छ । रुकुम जिल्ला बार एकाइका संस्थापक कोषाध्यक्ष र काठमाडौँ जिल्ला बार एकाइका सदस्य उमा प्रसाईंले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको हो ।

सो निवेदनमा बारको निर्वाचनमा करीब एक हजार ८०० नयाँ कानून व्यवसायी मताधिकारबाट वञ्चित भएको र निर्वाचनमा मताधिकार रोक्ने बारको विधानमा कुनै व्यवस्था नभएको उल्लेख छ । 

मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार
मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो ।

गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ । अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचत र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ ।

भारतलाई पाँचौँ पटक उपाधि
पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो ।

नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा     नेपालले खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न सकेन । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x