×

NMB BANK
NIC ASIA

सफल उद्यमी

मासु व्यवसायका 'पौरखी' कृष्ण पौडेल : मजदुरीदेखि एकैदिनमा २० लाखको कारोबारसम्म !

चैत ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवलका मासु व्यवसायी कृष्ण पौडेल एक परिचित नाम हो । यहाँको सुपर क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि पौडेलको हो ।

Muktinath Bank

उनी मासु व्यवसायी संघ नेपालका अध्यक्ष पनि हुन् । पौडेल करीब १५ वर्षदेखि मासु व्यवसायमा जमेका छन् । उनले मासुको व्यापार बुटवल, रूपन्देहीमा मात्र केन्द्रित छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मासुका विभिन्न परिकारहरू उत्पादन गरी चितवन, पोखरा, काठमाडौंदेखि हेटौडासम्म पुर्याउँछन् । आफ्नै मेहनतले तीव्र प्रतिस्पर्धात्मक बजारमा मासुबाटै अलग परिचय बनाउन उनी सफल भएका हुन् ।


Advertisment
Nabil box
Kumari

गुल्मीको साविक पुर्कोटदह गाविसमा २०२९ सालमा जन्मिएका पौडेल घरको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न नपुगेपछि एसएलसी दिएलगत्तै काम खोज्दै भारत छिरेका थिए ।

Vianet communication
Laxmi Bank

परिवार पाल्नेबाहेक धेरै कमाउन सकेनन् । परदेशमा जागिर गर्नुभन्दा स्वदेशमा सानै भएपनि काम गर्न ठीक । यही सोचेर २०५८ सालमा भारतमा मासु पसलका कामदारे कृष्ण स्वदेश फर्केका थिए । आफ्नै देशमा के गर्ने के नगर्ने केही महिना सोचाइमै बित्यो । अन्तिममा निष्कर्ष निकाले ‘१० वर्षसम्म काम गरेको मासु क्षेत्रकै अनुभवलाई व्यवहारमा उतार्छु ।’ यही निश्चय लिएर पौडेल २०५८ सालमा १ लाख रुपैयाँ लिएर गुल्मीको पुर्कोटदहबाट बुटवल झरेका थिए । 

त्यसपछि सुख्खानगरमा भाडामा सटर लिए । २ वटा खसी र केही कुखुरा लिएर मासु व्यवसाय शुरू गरेका थिए । १६ वर्षअघि शुरू गरेको कृष्णको गोदाममा अहिले सयौं खसीबोका छन् । हजार बढी कुखुरा छन् । आफ्नै मासु प्रशोधन उद्योग खोलेका छन् । कुनै बेला परदेशका कामदार उनले आफ्नै व्यवसायमा करीब २ सय जना युवालाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

उनले १ दिनमै २० लाखसम्मको कारोबार गर्छन् । १६ वर्षमा स्वदेशमै ३० करोडभन्दा बढी कमाइसकेका छन् । मासुसँग सरोकार राख्ने विभिन्न संघसंस्थामा अगुवाइ गरेर सामाजिक प्रतिष्ठा पनि उनले त्यत्तिकै कमाएका छन् । शुरूमा २ लाखबाट शुरू गरेको मासु व्यवसाय २५ करोडभन्दा माथि पुगेको छ । शुरूमा २ वटा खसी र १० वटा कुखुरा ल्याएर शुरू गरेको व्यापार एकपछि अर्को गर्दै विस्तार भएको छ ।

उनको फर्ममा पशु चिकित्सकले गुणस्तर हेर्ने गरेका छन् । ल्याब टेस्टको तयारी छ । आईएसओ सर्टिफिकेट आएको छ । ‘बेला–बेला विभिन्न क्षेत्रबाट प्रशोधन उद्योगका रुपमा सम्मान पाउनु ठूलो कुरा हो,’ पौडेल भन्छन् । पशु विभाग र रुपन्देही उद्योग संघले पनि सम्मान गरेको थियो । उनको कम्पनीका ३ सयभन्दा धेरै रोजगारी पाएका छन् । उनले भने, ‘२ वटा गाडी बजार व्यवस्थापनलाई किनिदिएको छु । अन्यलाई मोटरसाइकल छन् ।’ बुटवल, काठमाडौं, पोखरा, दाङ लगायतका स्थानमा उनका कर्मचारी छन् ।

सञ्चालक रहेका कृष्णको काम पनि पसलको नाम जस्तै क्वालिटीकै छ । मासु पसल खोलेर पहिलो पटक होम डेलिभरी सञ्चालन गरेका कृष्णले मासु व्यवसाय र प्रशोधन उद्योग सबैमा प्रथमको रेकर्ड राखेका छन् । बुटवलमा पहिलो पटक चिकित्सक राखेर परीक्षणपछि मात्र पशुपन्छी काट्ने पसल उनको मात्रै हो । मासुको होम डेलिभरी सञ्चालन गरेर ठेक्कामा बेच्ने व्यापारी पनि उनी नै हुन् । 

मासु पनि फिला, कलेजो, सेतो, रातो लगायतका भिन्दाभिन्दै प्रकार र गुणस्तर अनुसार मूल्यमा बेच्छन् उनी । ‘उपभोक्तालाई सस्तोमा गुणस्तरीय मासुका परिकार चखाउन तयारी परिकार पनि बनाउन थालेको हुँ,’ पौडेलले भने । तयारी मासु बिक्रीका लागि घुम्ती क्याफे सञ्चालन भएको छ । त्यसमा २५ प्रकारका मासुका परिकार बनाउने गरिन्छ । सबैभन्दा महंगो चरा अस्ट्रिजको मासु बिक्री पनि थालेका छन् ।

मासु व्यवसायबाट करोडांै कमाएका कृष्ण सामान्य र मेहनती व्यक्ति हुन् । आफूले थालेको व्यवसायमा पत्नी विमलाबाट समेत हातमा हात र साथमा साथ पाएका छन् । अहिले पनि उनी आफ्नी पत्नीका साथ बिहान करीब साढे ३ बजेबाटै मासु तयार गर्न लाग्छन् । ‘आफ्ना लागि आफैंले गर्नुपर्छ । कामदारको मात्र भर गरेर व्यवसाय चल्दैन,’ कृष्ण सुनाउँछन्, ‘बल्ल काममा सफल भइन्छ ।’ व्यवसायलाई दीगो र अझ फराकिलो पार्न कृष्णको धेरै दिन देशविदेशको भ्रमणमा बित्ने गरेको छ । 

बाहिरी देशको सिको गरेर नेपालमा नविनतम् प्रविधि ल्याउन यसो गरेको उनले बताए । विभिन्न जिल्लाबाट अहिले सफल व्यवसायी बन्न चाहिने मेहनत र लगनशीलता सिक्न आउने युवाको समेत भीड लाग्न थालेको छ । कृष्णसँग सीप सिकेर करीब ५० जनाले त मासु पसल खोलेका छन् । परम्परागत ढाँचालाई छोडेर सञ्चालित सबैजसोका व्यवसाय सफल छन् ।

सफलताको कडी धैर्य र निरन्तरको मेहनत नै हो । निरन्तरको लगाव र योजनाबाट उनी उद्योगमा सफल भएसँगै संघसंस्थाको नेतृत्व पनि राम्रोसँग गरेका छन् । मासु व्यवसायी संघमा लगातार ३ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले बुटवल उद्योग वाणिज्य संघका विभिन्न उपसमितिमा बसेर पनि काम गरेका छन् । 

बुटवलमा बधशाला सञ्चालनको विषयमा पछिल्लो समय लबिङ गरेका छन् । निजी क्षेत्रबाट भएपनि सञ्चालन गर्ने, बधशाला निर्माणमा लगानी थप गर्ने पक्षमा छन् उनी । जबसम्म बधशाला सञ्चालनमा आउँदैन, तबसम्म गुणस्तरीय मासु उपभोक्ताले खान पाउँदैनन् । ‘कामलाई सानो ठूलो भन्नु हुँदैन । आफूले लिएको लक्ष्यलाई सही ढंगले अगाडि बढाए सफलतामा पुग्न सकिन्छ,’ उनी भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x