×

NMB BANK
NIC ASIA

बालबालिकाको भविष्यमाथि खेलवाड, परीक्षामा गतवर्षकै प्रश्नपत्र दोहोर्‍याइयो

चैत ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–सुर्खेतको चिङ्गाड गाँउपालिकाले विद्यार्थीको भविष्यसँग जोडिएको आधारभूत तहको अन्तिम परीक्षामा गत वर्षकै प्रश्नहरु सोधेको पाइएको छ ।
 गाँउ शिक्षा शाखाले बनाएको कक्षा ८ को नैतिक विषय, नेपाली र गणित विषयको परीक्षाका प्रश्न गतवर्षकै हुबहु सोधेको पाइएको हो । गाँउपालिकाले गत वर्ष परीक्षा समिति बनाई प्रश्नपत्र बनाएकोमा यो वर्ष स्रोतव्यक्ति जितेन्द्र राज वलीले आफै प्रश्नपत्र बनाएका थिए । 
भैरव मावि अवलचिङ्गका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र राज रानाले  विद्यार्थीको भविष्यमाथि लापरवाही भएको बताए ।

Sagarmatha Cement
Muktinath Bank

 ‘एकाध प्रश्नपत्र दोहरिनु सामान्य मान्न सकिन्थ्यो,’रानाले भने ‘सबै प्रश्नपत्र नै  हुबहु आउनु भनेको विद्यार्थीको भविष्य र शैक्षिक मूल्यांकन प्रतिको खेलवाड हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ‘कि ३÷४ वर्षको अन्तराल भए एउटा कुरा हुन्थ्यो, तर यो गत वर्षकै लगातार दोहरियो, यो गैरजिम्मेवारपन र विद्यार्थीको भविष्यमाथिको सरासर खेलवाड हो, सम्बन्धित पक्षलाई आवश्यक कार्वाही गर्नु पर्दछ ’ रानाले थपे  ‘कुरा बुझ्दा बजेटको पनि अभाव देखिएन, जनशक्तिको पनि अभाव देखिएन यो त बजेट पचाउने अनि कपीपेष्ट गर्ने बाहेक केही देखिएन ।’


Advertisment
Nabil box
Kumari

स्रोत व्यक्ति वलीले एसईईको अभिमुखीकरण भएको र आफू अन्तै व्यस्त भएकाले प्रश्नपत्रमा  ध्यान दिन नसकेको स्वीकार गरेका छन् । उनले प्रश्नपत्र छपाउन आफैले दिएको उनले स्वीकार गरे । 

Vianet communication
Laxmi Bank

‘हामीलाई विद्यालयमा फर्काउने हो की भन्ने कुरा पनि चलिरहेको र कता जानुपर्ने हो भनेर अन्यौलता रहेको थियो,’ उनले भने ‘सोही कारण पनि परीक्षा समितिको बैठक बसाल्न सकिएन, मैले आफै गर्दा कतै त्यस्तो पर्न गएको हुन सक्छ ।’ 

नैतिक शिक्षा विषयको २५ पूर्णाङ्कको परीको प्रश्नपत्रमा अन्तिमको एउटा  प्रश्न बाहेक सबै प्रश्नपत्रहरु जस्ताको तस्तै रहेका छन् । कपी र पेष्ट बाहेक अरु मेहनत गरेको देखिदैन् ।
गत वर्षको प्रश्न पत्रको अन्तिम प्रश्न ‘अतिले खति गर्छ भन्ने विचारमा तपाई सहमत भई अफ्नो विचार प्रस्तुत गर्नुहोस् ।’ को ठाँउमा ‘पश्चाताप मानिसको रोग हो । यस भनाईलाई आफ्नो विचार सहित पुष्टी गर्नुहोस ।’ भन्ने बाहेक कुनै पनि प्रश्न एक अक्षर तलमाथि भएको छैन् ।
गाँउपालिकाले परीक्षा सञ्चालन र अनुगमनका लागि एक लाख २५ हजार रकम छुट्याएको थियो । स्रोतव्यक्रि वलीले अझै रकम अपुग समेत रहेको बताए ।

 ‘करिब एक लाख ४० हजार रकम  खर्च भएको र बाँकी रकम गाँउपालिकाले दिनेछ ।’ उनले भने । 
चिङ्गाड गाँउपालिकाका कार्यकारी प्रमुख टेक बहादुर खत्रीले जनशक्ति अभाव र स्रोतव्यक्तीको दरबन्दी कहाँ हुने हो भन्ने कुराको अन्यौलताले समस्या बनाएको बताए । 

गाँउपालिकाको वडा नम्बर २ मा रहेको जनता मावि रानीवासका प्रधानाध्यापक विनोद यादवले आफूहरुमाथि अहिले पनि शिक्षक महासंघले आतंकीराज थोपरेको गुनासो गरे । ‘बर्ष भरी कसरी पढाई भएको छ, विद्यालयको अवस्था कस्तो छ कोही बुझ्न आउदैनन्,’ उनले भने ‘तर परीक्षाका बेला मात्र आतंकित बनाउने काम गरेका छन् ।’
उनले कुनै पनि वर्ष प्रश्नपत्र बनाउन सहभागी नगराइएको गुनासो गरे । 
 ‘हामीलाई आरपीले २–३ दिन अगाडी प्रश्न पत्रको नमुना पठाउने भन्नुभएको थियो ’ उनले भने, ‘एक दुई विषयको प्रश्नपत्र गयो हाम्रो स्कूलबाट, यादवले भने अरु प्रश्न पत्र कसले कसरी बनायो,हामीलाई केही पनि थाहा छैन् ।’
वडा नम्बर ५ मा रहेको भैरव मावि अवलचिङ्गकी प्रधानाध्यापक बिमला रेग्मीले पनि प्रश्न पत्र कसले कसरी बनाएको भन्ने आफूलाई केही थाहा नभएको बताइन् ।

जिल्ला शिक्षा ईकाई सुर्खेतका प्रमुख भोज प्रसाद लम्साले उही हुबहु प्रश्नपत्र हुनु राम्रो नभएको र त्यो हुन नहुने बताए । ‘अहिले आधारभूत तहको शिक्षाको जिम्मा सबै स्थानीय तहलाई छ,’ उनले भने ‘प्रश्न गराउने, परीक्षा लिने सबै उसैलाई छ, केही समस्या भए हामीले सल्लाह सुझाव दिने मात्र हो ।’ 
परीक्षा अघिल्लो वर्षको हुबहु भएमा त्यसलाई पुनः परीक्षा लिन पनि सकिने उनको भनाई छ । हुबहु भएमा के कार्वाही गर्ने की परिक्षा पुनः सञ्चालन गर्ने त्यो विषयमा स्थानीय सरकारको नै हात रहेको लम्सालले बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x