×

NMB BANK
NIC ASIA

एसईई परीक्षा निरीक्षणमा मन्त्रीको दादागिरी : केन्द्राध्यक्षको जागिर खाइदिने धम्की !

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुर- प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसईई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्षमाथि गालीगलौज गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार बिहान धनुषा जिल्लाको सरस्वती नमुना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकहरूलाई हप्कीदप्की गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

बिहान ९ बजे विद्यालय पुगेका मन्त्रीले निरीक्षकले परिचयपत्रमा फोटो नभएको भन्दै गालीगलौज गरेका हुन् । विद्यालयका शिक्षक बेचन रामले भने, 'उहाँले हिन्दीमा गाली गर्नुभयो । तुमे संस्कार नही हैं । फोटो क्यूं नै रखा ।' बेचन रामले आफूलाई चमार/दलित भनेर मन्त्रीले हप्काएको बताए । 

Vianet communication
Laxmi Bank

बेचन रामले आफू यसै विद्यालय शिक्षक भएको भन्दै मन्त्रीलाई परिचयपत्र पनि देखाएका थिए । 

त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि हप्कीदप्की गरेका छन् । केन्द्राध्यक्ष मण्डलले भने, 'मलाई पनि आएर गाली गर्नुभयो । तपाईको जागिर खाइदिन्छु । तपाईलाई हटाइदिन्छु । बेवकुप भनेर हप्काउनुभयो ।' मण्डलका अनुसार मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले केन्द्राध्यक्ष बनाएको भनेर हप्काए ।  

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मण्डलले मन्त्रीको हर्कत सहेरै भएपनि परीक्षा सञ्चालन गरेको बताए । 

परीक्षा केन्द्रमा चार जनाको परिचयपत्रमा फोटो थिएन । फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन् । 

मन्त्रीको हप्कीदप्कीपछि नेपाल शिक्षक संघ धनुषाले पत्रकार सम्मेलन गर्दै मन्त्रीको राजीनामा मागेको छ । संघका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको हुनसक्ने भन्दै उक्त व्यवहारप्रति कटु आलोचना गरेका छन् । 

मन्त्रीको हर्कतबारे उनका स्वकीय सचिव राजकुमार यादवले भने, 'कतिपयको फोटो नभएका कारण मन्त्रीज्यूले हप्काउनु भएको हो । चमार वा दलित भनेर हेपेको भने होइन ।'

उक्त केन्द्रमा ११ वटा विद्यालयको सेन्टर परेको छ । परीक्षाका लागि ४०८ विद्यार्थी सहभागी हुनुपर्नेमा ३९४ जना विद्यार्थी उपस्थित भएको केन्द्राध्यक्ष मण्डलले जानकारी दिए । परीक्षाका लागि १८ जना खटाइएको पनि उनले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x