कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
चैत १०, २०७५
काठमाडौं- संघीय संसदको तेस्रो अधिवेशनको अन्तिम दिन संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो अधिवेशन अत्यन्तै सफल रहेको बताए । राजनीतिक हिसाबले सरकार बनेपछि ठूल्ठूला कामहरू भएको प्रधानमन्त्री ओलीको दाबी थियो । धेरै उतारचढावहरूबाट प्राप्त उपलब्धीहरू संस्थागत गर्ने सन्दर्भमा सरकार सफल रहेको ओलीले दाबी गरे ।
गतवर्षको फागुन १ गते संसदको पहिलो अधिवेशन शुरू भएको थियो । २०७५ सालको वैशाख २३ गते दोस्रो अधिवेशन शुरू भएको थियो भने तेस्रो अधिवेशन पुस ११ गते मंगलवारबाट शुरू भएको थियो । आइतवार (आज) हिउँदे अधिवेशनको अन्तिम दिन थियो । हिउँदे अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री ओलीले रोष्ट्रमबाट दिएको भाषणले सरकार सफल भएको संकेत त गर्यो तर प्रतिपक्षीलाई थप चिढ्याउने सम्भावना पनि बढाएको छ । सरकारले गरेका निर्णयहरूमाथि 'ढाल' बनेर प्रतिरक्षामा उभिएका ओलीले आफ्ना विरोधीहरूलाई खुइल्याउन कुनै कसर बाँकी छाडेनन् ।
भ्रष्टाचारी धमाधम समातिइरहेका छन्
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले धमाधम भ्रष्टाचारीहरू समातेको दावी गरे । सरकारले केही पनि गरेन भन्ने आशयका समाचारप्रति ओलीले कटाक्ष गर्दै आफ्नो सरकारले ३३ किलो सुन छानबिनदेखि लिएर घुस प्रकरणमा विवादित बनेका अख्तियारका आयुक्त पाठकले राजीनामा दिएको सन्दर्भलाई जोडे ।
'यो सरकारभन्दा अगाडिका अपराधको पनि छानबिन भइरहेको छ,' ओलीले भने, 'अपराधीहरू जेलमा छन्, कारवाही भएको सुन्नुभएको होला, अपराधिमाथि कारवाही उपयुक्त भएन कि भन्ने सन्दर्भमा आजको अदालत पनि कति सजग छ भने त्यससम्बन्धमा न्यायाधीशहरूको फैसलामाथि पनि अदालतले प्रश्नहरू उठाएको छ ।'
ओलीले भ्रष्टाचारी र अपराधीहरूलाई समाएर कारवाही गरेको देखिएको विषयलाई अपराध र भ्रष्टाचार बढेको अर्थमा बुझ्न नहुने सुझाए । यद्यपि यस विषयमा प्रतिपक्षीहरूले सरकार असफल भएको टिप्पणी गरिरहेका छन् । निर्मला हत्याकाण्डको रहस्य सुल्झिन नसक्नु, ३३ किलो सुन प्रकरणका दोषीहरू समात्न नसक्नु जस्ता तमाम विषयहरूमा सरकार असफल रहेको उनीहरूको विश्लेषण छ ।
नेपालको बलियो परराष्ट्रनीति
नेपालको परराष्ट्र नीति के हो, नेपालको छिमेकी नीति के हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले कुनै नीतिगत र व्यावहारिक अस्पष्टता नरहेको बताए । स्वाभाविक रूपमा नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न, स्वाधीन, स्वतन्त्र र भौगोलिक रूपले अविभाज्य र सधैं स्वाधीनताको गौरवपूर्ण इतिहास बोकेको राष्ट्र हो भन्ने कुरा स्पष्ट रहेको प्रधानमन्त्री ओलीले बताए । 'त्यसको रक्षा, सम्वर्द्धन र यथार्थ प्रयोग अहिलेको सरकारको आधारभूत नीति हो,' ओलीले भने, 'त्यही मान्यताका अनुसार सरकार अघि बढ्छ ।'
लोकतन्त्रका तमाम पक्षहरूमा सरकार सजग रहेको ओलीको जिकिर थियो । 'डाभोसमा मैले नेपालका नीतिहरू सम्बन्धमा, नेपालको आर्थिक नीति, नेपालको लोकतन्त्र र नेपालका लोकतान्त्रिक र स्वाधीनताका हक सम्बन्धमा आदिको बारेमा स्पष्ट ढंगले विचारहरू राखेको छु,' ओलीले भने, 'त्यसबाट नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय र दृष्टिकोणसहितको जानकारी पुगेको छ ।'
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको पोल्याण्ड भ्रमणमा नेपालले राखेको अडान र दृष्टिकोणको प्रशंसा गर्दै अमेरिका भ्रमणको सन्दर्भ पनि जोडेका थिए । यसबाट नेपालको सामाजिक जागरण र महिला सहभागिताको अवस्था राम्रो रहेको सन्देश पुगेको ओलीको दाबी थियो ।
राउतसँग गरेको सहमतिले देशमा विखण्डनवाद जरैदेखि उखेलिएको दावी
प्रधानमन्त्री ओलीले देशमा रहेको पृथकतावादी विचार र त्यस्तो विचार बोक्ने संगठन र गतिविधिहरू अन्त्य भएको छ, देशमा विखण्डनवाद र संगठन नभएको दाबी गरे । 'आफ्नै राष्ट्रिय गान, आफ्नै झण्डा बनाएर हिँडेको समूह, आज सयौं थुंगा फूलका हामी भन्दै कार्यक्रम शुरू गर्छ भने यो खुशी हुनुपर्ने कुरा होइन ?' ओलीको प्रश्न थियो ।
स्वतन्त्र मधेसको मागसहित पृथकतावादी गतिविधि शुरू गरेका सीके राउतसँग ११ बुँदे सहमति गर्दै सरकारले राउतलाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउने प्रयास गरेको थियो । सरकारको उक्त प्रयासमाथि प्रतिपक्षीलगायत केही राजनीतिक विश्लेषकहरूले शंका गरेका थिए । यसैबीचमा राउतले स्वतन्त्र मधेशको माग त्यागेर नयाँ दल खोलेका छन् ।
के हो यो जनताको अभिमत अनुसार चल्छु भनेको ? जनताको अभिमत अनुसार चल्न पाइन्छ ? भन्दै केहीले आफूतर्फ प्रश्न तेर्स्याएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले उक्त सहमतिको विरोध गर्नेहरूलाई गैरलोकतान्त्रिक भएको आरोप लगाए ।
हिन्दूराज्यका लागि जनमतसंग्रहको माग गर्नेहरू जोगीले फेरि लगाएजस्तो
'मलाई छक्क लाग्छ फेरि, जनमत संग्रहको कुरा चल्दै थियो, अर्कातर्फ आफूलाई लोकतान्त्रिक भन्ने मित्रहरूबाटै जनमतसंग्रहका कुरा सुनिए,' ओलीले राजतन्त्र र धर्मसापेक्षताका लागि जनमत संग्रह गर्नुपर्छ भन्नेमाथि कटाक्ष गर्दै भने, 'कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जोगीले धुनी लगाउँछ नि ! के भन्छ त्यो, फुक्ने ...त्यही जोगीको फेरि लगाउने, फेरि लगाएर हिँड्या'छ ।'
'आजभन्दा अढाई सय वर्ष पहिला कुनै विश्वविद्यालय नपढेका गोर्खाका घलेहरूले पनि कुदेर प्रथम हुनुपर्छ भन्ने बुझेका थिए,' ओलीले भने, 'आज सचेत, विश्वविद्यालयमा पढेकाहरू पनि नागरिक भएकोमा गर्व गर्न नसक्ने, रैतान हुन पाउँ हजुर भनेर दरखास्त गर्ने !'
जन्मसिद्ध श्रेष्ठताका पाखण्डी सिद्धान्तका पछाडि हिँड्नेहरूले प्रतिगम फर्काउन सक्ने कुनै पनि सम्भावना छैन । जनताले रगत बगाएर ल्याएको गणतन्त्रको रक्षा जनताले नै गर्ने ओलीले बताए । राजतन्त्र, राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्न ओलीले सम्बन्धितलाई सुझाए ।
विप्लवमाथि 'लुटेरा'को आरोप कायमै
'विप्लव समूह भनेर चिनिने एउटा समूह छ, धेरैपल्ट सरकारले आग्रह गर्यो तर लोकतान्त्रिक अभ्यासको उच्चतम रूप निर्वाचन हुन दिन्न भन्ने, बम पड्काउने, निर्दोष मान्छे मार्ने र चन्दाका नाममा लुटपाट गरेको छ,' विप्लव नेतृत्वको पार्टीलक्षित गर्दै ओलीले भने, 'त्यो समूह जो कतै दर्ता छैन, जसको ठेगाना छैन, केही पनि छैन । त्यस समूहका आपराधिक क्रियाकलापमात्रै छन् । त्यसलाई विध्वंशकारी नीतिहरू छोड भनेर सरकारले विध्वंशमाथि नियन्त्रण गर्न खोज्यो । कतिलाई हनहनी ज्वरो आयो ।'
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा लोकतन्त्र धरापमा पर्यो भन्नेहरू स्वयमं गैरलोकतान्त्रिक भएको प्रधानमन्त्री ओलीको आरोप थियो । 'श्रीकृष्णले सबैलाई सम्झाउन सक्थे, तर उनको औंलामा पनि चक्र थियो, जो सम्झिन चाहन्नन् तिनीहरूमाथि प्रयोग गर्नका निम्ति राखिएको थियो त्यो चक्र,' ओलीले भने, 'रामचन्द्रले पनि अरूलाई सम्झाउन सक्थे तर उनको हातमा पनि धनुष थियो ।' सरकारले सम्झाएर नमान्नेलाई कानून लगाएर पनि तह लगाउने ओलीको आशय थियो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...