फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपागाण्डा गरेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसले अहिले जे गरिरहेको छ, यो विल्कुलै राजनीतिक एजेण्डा होईन, राजनीतिक प्रोपोगाण्डामात्रै हो । कहिले गोविन्द केसीको कुरा उठाएको छ, कहिले के भनेको छ, अहिले आएर सेना परिचालनको नाममा कांग्रेसले नन–ईस्यु उठाएको छ । बास्तवमा भन्नुहुन्छ भने यो विद्येयक आजभन्दा २ वर्ष पहिले कांग्रेसकै पालामा ल्याईएको हो । तर, अहिले कांग्रेसले यसमा स्यालहुईँया देखायो ।’
उनले सेना परिचालनसम्बन्धी विद्येयकबारे कोही पनि द्धिविधामा पर्न नहुने स्पष्ट पारे । उनले भने,‘संविधानलाई अवेज्ञा गरेर सरकारले कुनैपनि काम गर्दैन् । सरकार संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्छ । जनताको स्पिरिटअनुसार नै अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’
उनले प्रधानमन्त्रीले सेना परिचालन गर्न लागे भनेर राजनीतिक खेती गर्न लागिएको भन्दै त्यसको विरोध गरे । उनले भने,‘कसैलेपनि ठूलो स्वरमा अनावश्यक कुरालाई प्रोभोक नगरौं । उक्त विद्येयकका बारेमा २ वर्ष पहिले यो कुरा किन आएन ? सुरक्षा परिषदबिना प्रधानमन्त्रीले सेना परिचालन गर्न मिल्दैन् ।’ उनले सेनालाई खल्तीको विषय बनाउन नहुने धारणा राखे । उनले थपे,‘सेनालाई खल्तीको विषय बनाउनुहुँदैन् । सेनाको ईतिहास र गौरवमा हामी आँच आउन दिँदैनौं । यसमा शंका नगर्न आग्रह गर्दछौं ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विद्येयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।
उनले भने,‘विद्येयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउनेगरि ल्याईएको छ । यसलाई सच्याउनुपर्छ । सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।’
प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे ।
यस्तै नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यातले सेनाको नाममा राजनीतिक कसैले पनि गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विद्येयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु । अहिलेपनि म सेनाको पेन्सन खाइरहेको छु । बन्दुक, गोली, बारुद र युद्धकला भनेको यो राजनीति होईन । यो ब्यारेमा राम्रोसँग राखिनुपर्छ । अहिलेका रक्षामन्त्रीले ‘डबल–स्ट्याण्ड’ देखाईरहेका छन् । चिप्ला कुरा गरेर हुँदैन् ।’
बस्न्यातले ईश्वर पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छबि गिर्दै गएको आरोप लगाए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...