×

NMB BANK
NIC ASIA

सरकार–विप्लव द्वन्द्व

‘कलियुगका कृष्ण’ भर्सेस ‘नक्कली कमरेड’ : समाधान नखोजे परिस्थिति भयावह !

चैत ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार नेकपाको संसदीय दलको बैठकमा चैत्रभित्र नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हिंसा त्यागेको घोषणासहित राजनीतिक मूलधारमा नआए नेता तथा कार्यकर्ता सबैलाई नियन्त्रणमा लिने चेतावनी दिए । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीको चेतावनीसँगै सरकारले विप्लव समूहलाई वार्तामा आउन समेत आह्वान गरिरहेको छ । यसअघि नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारले वार्ता टोली गठन गरेको थियो । अहिले पाण्डे नेतृत्वको वार्ता टोली कामविहीन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लव समूहका नेताहरू चाहिँ सरकार दमनमा उत्रिएकाले प्रतिकार गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिइरहेका देखिन्छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि स्वयम् विप्लव र अन्य नेताहरूले पटक–पटक विज्ञप्ति जारी गरी ‘सामाजिक फासीवादी’ सरकारसँग नझुक्न आफ्ना कार्यकर्तालाई आग्रह गरिरहेका छन् । विप्लवले विज्ञप्तिमा भन्ने गरेका छन्, ‘दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको सामाजिक फासीवादी सरकारविरुद्ध सशक्त संघर्ष गर्छाैं ।’ प्रधानमन्त्री ओलीले भने विप्लव समूहलाई ‘नक्कली कमरेड’ भनेका छन् ।


Advertisment
Nabil box
Kumari

विप्लव समूहभित्र पनि सरकारसँग वार्ता गर्ने कि प्रतिरोध गर्ने भन्ने विषयमा मतभेद सिर्जना भएको विप्लव निकट स्रोतले बताएको छ । केही दिनअघि लोकान्तरसँग कुरा गर्दै विप्लव समूहका एक नेताले भनेका थिए, ‘हामी वार्ता र प्रतिरोध दुवैको तयारीमा छौं । सरकारले अहिले गरेको दमन कम हुने हो भने हामी वार्तामा आउन तयार छौं ।’ 

Vianet communication
Laxmi Bank

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि १ दर्जन जति ठूला नेता गिरफ्तार गरेको छ, जसमा बलियो पिलर मानिने हेमन्तप्रकाश ओली पनि परेका छन् । प्रतिबन्ध लगत्तै ‘सरकारको यस्तो प्रतिबन्धले हामीलाई केही फरक पर्दैन’ भन्ने हलुका टिप्पणी गरेका विप्लव समूहका नेताहरूमध्ये अहिले प्रायः सबैको फोन स्वीच अफ छ र सामाजिक सञ्जालमा पनि निष्क्रिय देखिन्छन् ।

दमनको डर वा मुठभेडको तयारी ?

एकाएक भूमिगत बनेका विप्लव समूहका कतिपय नेता र कार्यकर्ता सरकारसँग मुठभेडको तयारी गरिरहेको अपुष्ट समाचार आउने गरेका छन् । तर द्वन्द्व विश्लेषकहरू भने विप्लव समूह अहिल्यै युद्ध या मुठभेडमा जान नसक्ने बताउने गर्छन् ।

द्वन्द्व विशेषज्ञ विष्णु उप्रेतीका अनुसार प्रतिबन्धपछि सुरक्षा निकायमा विप्लव समूहमाथि कस्तो कारवाही गर्ने भन्ने अन्योलता हटेको तर यसले थप द्वन्द्व निम्त्याउन सक्छ । ‘अहिलेसम्म विप्लव समूहलाई कसरी व्यवहार गर्ने भन्ने विषयमा सुरक्षा संयन्त्र दोधारमा थियो । तर अब सुरक्षा संयन्त्र चाहिँ ‘क्लीयर’ भएको छ,’ उप्रेती भन्छन्, ‘बल प्रयोगबाट विप्लव समूहलाई नियन्त्रण गर्ने हो भने त्यसले मूठभेड र तनाव सिर्जना निश्चित रूपमा ल्याउन सक्छ ।’ देश पुनः मुठभेडको खतरामा जाने परिस्थिति बन्दै गएको आशंका रहेको उप्रेती बताउँछन् ।

‘विप्लव नेतृत्वको नेकपा पछिल्लो समयमा आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ,’ पूर्वडीआईजी हेमन्तप्रकाश मल्ल ठकुरी भन्छन्, ‘आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपालमा प्रशस्त कानून छ । सरकारले तिनै कानूनको प्रयोग गरेर त्यस्ता क्रियाकलाप नियन्त्रण, छानबिन र कारवाही गर्न सक्छ । सरकारले पार्टीलाई प्रतिबन्ध लगाउनुभन्दा पहिला उसको आपराधिक गतिविधिको नियन्त्रण र छानबिन गरेर कारवाही गर्न सक्नुपर्थ्यो ।’ अहिले नै मुठभेड वा युद्धमा जान विप्लव समूहसँग त्यति धेरै तयारी नरहेको ठकुरीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको चेतावनीलाई विप्लव समूहले कसरी लिन्छ ? त्यो भविष्यको गर्भमा छाडौं । तर नेताहरूले अहिलेसम्म दिएको तात्तातो वक्तव्यबाजी हेर्दा विप्लव समूह छिट्टै हार मान्लाजस्तो देखिएको छैन ।

प्रतिबन्धपछि प्रहरीले शुरू गरेको ‘सर्च अपरेसन’का कारण विप्लव समूह केही दिनमै थकित र निष्क्रिय जस्तो देखिन्छ । तर यो निष्क्रियताले देश मुठभेडमा जानसक्ने गम्भीर संकेत गरेको छ ।

ओली कलियुगको कृष्ण !

विखण्डनकारी आन्दोलनको नेतृत्व गरिरहेका विवादास्पद व्यक्ति सीके राउतसँग सजिलै सहमति गर्न सक्ने वर्तमान सरकारले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न नचाहेकोजस्तो देखिएको छ ।

आमनिर्वाचन अघि राष्ट्रवादको नारा दिएका हालका प्रधानमन्त्री केपी ओलीले विखण्डनवादमाथि ठूलै प्रहार गर्ने सम्भावना आम नागरिकले देखेका थिए । तर अहिले परिस्थिति उल्टिएको छ । 

सत्तारूढ कम्युनिस्ट पार्टीले जस्तै ‘समाजवाद’को नारा बोकेको अर्को सानो शक्तिलाई निरन्तर उपेक्षा र दमन गर्दा देशले दुष्परिणाम भोग्न सक्नेतर्फ सरकारले सोचेको देखिएको छैन । बरू प्रधानमन्त्रीले आइतवार संघीय संसदको तेस्रो अधिवेशनको अन्तिम दिन सदनमा भाषण गर्दै भगवान् कृष्णको उदाहरण दिए ।

भगवान् कृष्णको सम्झाउन सक्ने क्षमता धेरै भएको तर सम्झिन नचाहनेलाई चोर औलामा रहेको सुदर्शन चक्र प्रहार गर्न पनि पछि नहट्ने कृष्णको चरित्र रहेको ओलीले बताए । आफूलाई कृष्णसँग तुलना गरेको संकेत गर्दै ओलीले विप्लव समूहलाई जति सम्झाउँदा पनि नलागेकाले कानूनको प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरिएको बताए ।

सरकार झुक्नेभन्दा पनि झुकाउनेतर्फ लागेको छ । तर १० वर्षे द्वन्द्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा शान्तिपूर्ण राजनीतिमा आउँदा तय गरिएका शान्ति प्रक्रियाका मापदण्ड नै अस्वीकार गर्दै आएको विप्लव समूहले सजिलै हार मान्ने स्थिति देखिँदैन । 

स्रोतका अनुसार अझै पनि ५० भन्दा बढी जिल्लामा विप्लव समूहको संगठन रहेको छ । शान्ति प्रक्रियामा नआएका केही हतियार र पूर्व लडाकुहरूको उल्लेख्य संख्यामा विप्लव समूहसँग रहेको अनुमान गर्ने गरिएको छ ।

विप्लव समूहमा एजेण्डाको खडेरी 

चन्दा असुली र बम विस्फोटबाट कुनै पनि राजनीतिक क्रान्ति सफल हुँदैन । योबाहेक विप्लव समूहसँग कुनै राजनीतिक एजेण्डा बाँकी रहेको देखिँदैन । एकीकृत जनक्रान्ति गर्ने भनेको भएपनि विप्लव समूहभित्रै कसरी गर्ने भन्ने विवाद छ । 

निरंकुश राजतन्त्र रहेको बेलामा गणतन्त्रको एजेण्डाले जनतालाई जसरी आकर्षित गरेको थियो, अहिले जनता आकर्षित गर्नका लागि विप्लव समूहसँग कुनै एजेण्डा रहेको देखिँदैन । अहिलेको सरकार निर्वाचित सरकार भएकाले यसको विकल्प जनताले खोजिसकेको स्थिति पनि बनेको देखिँदैन ।  वार्ता गर्नका लागि विप्लव समूहसँग कुनै उल्लेख्य माग नभएको यो अवस्था देखेर सरकार झन् कडारूपमा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । विप्लव समूहका नेताहरूले सरकारको बहिर्गमनलाई वार्ताको मुख्य माग बनाउन खोजेकोजस्तो देखिएपनि दुईतिहाइ जनमत बोकेको सरकार विप्लव समूहले भन्दैमा राजीनामा दिएर हात पट्याएर बस्दैन ।

आफ्ना नेता तथा कार्यकर्ताको रिहाइका लागि मात्र भएपनि विप्लव समूहले वार्ताको आह्वान गर्न सक्ने विप्लव निकट स्रोतको दावी छ । पक्राउ परेका नेता कार्यकर्तालाई ज्यान मुद्दासम्म लागेको अवस्थामा विप्लव समूहले वार्ताको माध्यमबाट राजनीतिक समाधान नखोजेको परिस्थिति झन् भयावह हुने देखिन्छ । सम्भावित मुठभेडबाट मुलुकलाई जोगाउनका लागि सरकार र विप्लव समूह दुवै लचक हुनुको विकल्प नदेखिएको कतिपय जानकारहरूको विश्लेषण छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x