कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सुर्खेत- सय रुपैयाँ लगानी गरेर हजार आम्दानी हुन्छ भनेर कोही कसैले भन्यो भने सायदैले पत्याउलान् । तर नपत्याएर पनि सुख भने छैन । वीरेन्द्रनगरका एक युवा उद्यमीले सय रुपैयाँ लगानी गरेर एक हजार रुपैयाँ तीन महिनामा कमाउने गरेका छन् ।
वीरेन्द्रनगरको मुलपानीमा बस्दै आएका युवा कृषक निर्मल केसीले च्याउ खेती गरेर प्रति डल्ला एक हजार भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । ‘च्याउको बीउ, पराल तथा अन्य सामाग्री र ज्यालासहित एक डल्ला च्याउ निर्माण गर्न एक सय भन्दा कम खर्च हुन्छ,’ उनले भने, ‘कम्तिमा पनि पाँच किलो प्रति डल्ला च्याउ उत्पादन हुन्छ । यसरी हिसाब गर्दा बजार मूल्य प्रतिकिलो २५० रुपैयाँ रहेको छ ।’ उनले च्याउ खेतीबाट मात्रै एक सिजनमा ६ लाख रुपैयाँ शुद्ध मुनाफा कमाइरहेको बताए ।
‘हरेक तीन महिनामा मैले कम्तिमा पनि ६ लाख रुपैयाँ आम्दानी गरिरहेको छु,’ उनले थपे, 'सोही आम्दानीका आधारमा अहिले संरचना निर्माणदेखि च्याउका डल्ला थप्ने काम गरिरहेको छु ।’
ग्रीन नेपाल कृषि फर्मको नाउँमा संस्था दर्ता गरी चार वर्षअघि मात्रै च्याउ खेती गरेका केसीले अहिले १६ सय च्याउका डल्ला बनाई अत्याधुनिक प्रविधिबाट दैनिक ७५ केजी च्याउ उत्पादन गरिरहेका छन् । ‘कम्तिमा दैनिक ७५ केजी च्याउ होलसेलमा मैले बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘अहिले मैले फर्ममा च्याउ खेती गरिरहेको छु । यसका अलावा तरकारी खेती, मटर खेती पनि गर्दै आएको छु ।’
उनले ७ जनालाई रोजगारीसमेत दिँदै आएका छन् । त्यसका अलावा दुइ जना स्थायी कर्मचारी नियुक्त गरेका छन् । ‘७ जना अस्थायी कर्मचारी नियुक्त गरेको छु । उहाँहरू च्याउका डल्ला बनाउने बेलामा आउनुहुन्छ,’ उनले भने, ‘च्याउको हेरचाह गर्न दुई जना कर्मचारी स्थायी रूपमा नियुक्त गरेको छु । उहाँहरू चौबिसै घण्टा च्याउको टनेलमा ध्यान दिइरहनुहुन्छ ।’
उनले च्याउ खेतीबारे विज्ञता हासिल गरिसकेको दाबी गर्छन् । ‘मैले च्याउ खेतीबारे विभिन्न तालिम लिएको छु । गहिरो गरी अध्ययन गरेको छु,’ उनले भने, ‘च्याउ खेती अत्याधुनिक रूपमा गर्न सके पैसा कमाउन विदेश जानै पर्दैन । वार्षिक रूपमा लाखौं आम्दानी गर्न सक्नुहुन्छ । युवाले खेती गर्न चाहे म उनलाई कसरी खेती गर्ने भन्नेबारे सुझाव दिन तयार छु ।’
कन्या च्याउको लागि टनेलमा उपयुक्त तापक्रम बनाइउको उनको भनाइ छ । ‘च्याउका लागि २० देखि ३० डिग्रीसम्मको तापक्रम उपयुक्त हो,’ उनले भने, ‘८० देख ९० सापेक्षित आद्रता आवश्यक पर्दछ । यति मिलाउन सके पर्याप्त च्याउ उत्पादन गर्न सकिन्छ ।’
कृषक केसीले अब आफूले ५ हजार डल्ला च्याउ पुर्याउने बताए । ‘अब म क्रमिक रूपमा च्याउको डल्ला बढाउँदै जान्छु । मेरो टार्गेट पाँच हजार डल्ला हो,’ उनले भने, ‘सुर्खेतमा अझै बजारमा च्याउको माग बढिरहेको छ । बजारलाई आवश्यक पर्ने च्याउ उत्पादन गर्ने मेरो लक्ष्य हो ।’ उनले कर्णाली प्रदेशमा च्याउको बजारका लागि कुनै पनि समस्या नरहेको बताए ।
यता, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले हरेक व्यक्ति व्यावसायिक बन्नुपर्नेमा जोड दिइन् । ‘आत्मनिर्भर बन्ने र समृद्ध कर्णाली बनाउने हो भने कर्णालीका हरेक युवा उत्पादनसँग जोडिनै पर्छ,’ उनले भनिन्, ‘जीविकोपार्जनका लागि नभएर व्यावसायिक रूपमा युवा अघि बढेको खण्डमा प्रदेश सरकार उत्पादनका आधारमा प्रोत्साहन रकम दिन तयार छ । हामीले त्यस्तो कार्यक्रम पनि ल्याइसकेका छौं ।’
मन्त्री केसीले सरकार प्रदेशलाई अर्ग्यानिक बनाउने प्रयत्नमा रहेको बताउँदै अर्ग्यानिक प्रदेश बनाउन सबैले उत्पादकत्व कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...