मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – विगत पाँच वर्षमा भारतीय राजनीतिमा ठूलै परिवर्तन आएको छ ।
त्यसो त अभिनेता र नेताबीचको सम्बन्ध निकै पुरानो छ । पहिलेपहिले अभिनेता अभिनयमा नाम कमाएपछि राजनीतिमा प्रवेश गर्थे । अहिले अभिनेताहरू नेताका जीवनीमा आधारित फिल्ममार्फत ठूलो पर्दामा राजनीति गरिरहेका भेटिन्छन् ।
सन् २०१९ मा ठूला राजनेताको जीवनीमा आधारित धेरै फिल्म आए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको छवि चम्काउने फिल्महरू थुप्रै आए । उरी द सर्जिकल स्ट्राइक र हालै रिलिज भएको राकेश ओमप्रकाश मेहराको फिल्म मेरे प्यारे प्राइम मिनिस्टर त्यस्ता फिल्ममा पर्छन् ।
अब त प्रधानमन्त्री मोदीको जीवनमै पूर्णतः आधारित फिल्म पीएम नरेन्द्र मोदी रिलिज हुन लागेको छ ।
फिल्ममा नरेन्द्र मोदीको भूमिका विवेक ओबरायले निर्वाह गरिरहेका छन् । फिल्म अप्रिल १२ मा रिलिज गरिने भएको थियो तर अब यसलाई अप्रिल ५ मा रिलिज गरिने भएको छ ।
चुनावी सरगर्मी शुरू भएका बेलामा फिल्म रिलिज गर्नुका अनेकौं अर्थ लगाइएको छ । तर फिल्म निर्माताहरूले दर्शकको माग बमोजिम फिल्म एक हप्ताअघि नै रिलिज गर्न लागेको बताए ।
निर्माता सन्दीप सिंह फिल्मका क्रिएटिभ डाइरेक्टर हुन् र उनैले यसको कथा लेखेका हुन् ।
हालै फिल्मको ट्रेलर सार्वजनिक भएको दिन उनले भनेका थिए, ‘हामीहरू फिल्मको सार्वजनिक मागका कारण एक हप्ताअघि नै रिलिज गर्दैछौं । मानिसले यस फिल्मप्रति निकै माया र आशा देखाएका छन् र हामीहरू दर्शकलाई लामो समय प्रतीक्षा गराउन चाहँदैनौं ।’
पीएम नरेन्द्र मोदी फिल्मले मोदीको जीवनको प्रारम्भदेखि प्रधानमन्त्री बन्दासम्मको यात्रालाई देखाएको छ ।
यो प्रोपागान्डा फिल्म हो त भन्ने प्रश्नमा सन्दीप सिंह भन्छन्, ‘हामीहरूको काम फिल्म बनाउने हो । तपाईंले ट्रेलर हेरिसक्नुभएको छ । फिल्म हेरेपछि तपाईंहरूले यो प्रोपागान्डा फिल्म हो कि हैन भनी निश्चित गर्नुभए हुन्छ ।’
उनले भने, ‘हामी आफ्नो काम गरिरहेका छौं । कसले के भन्छ हामीलाई मतलब छैन । यो साँचो कथा हो जुन हामी दर्शकमाझ पु–याइरहेका छौं । हामीहरू आफ्नो काम गरिरहेका छौं र यसको विरोध गरेर अन्य दलका नेता आफ्नो काम गरिरहेका छन् ।’
तर वरिष्ठ पत्रकार अजय ब्रह्मात्मज भन्छन्, ‘यी प्रोपागान्डा फिल्म बुझ्नका लागि हामीहरू इतिहासमा फर्किनुपर्ने हुन्छ । अहिले सत्तामा भएका मानिसहरू फिल्मलाई आफ्नो हितमा प्रयोग गर्न जान्दछन् । सत्तामा आउनेबित्तिकैदेखि उनीहरूले यो फिल्मको तयारी गरिसकेका थिए ।’
‘उनीहरूले भित्रभित्रै आफ्नो पैरवी गराइसकेका थिए । पार्टीसँग जोडिएका केही फिल्मकर्मीले राष्ट्रवादसँग जोडिएका वा भाजपाको विचारधाराबाट प्रेरित भएर फिल्म बनाएमा राम्रो हुन्छ भनेको हुनुपर्छ । अनि केहीले चाहिँ यसलाई कार्यान्वयन गरे ।’
‘यसो गर्नु गलत हैन भन्छु म । यसलाई अपराधका रूपमा हेर्नु गलत हुन्छ किनकि सत्तानिकट बस्न जोकोही चाहन्छ र यी फिल्म कलाकार त झनै चाहन्छन् । फिल्मनिर्माताहरूले अहिले सत्तारूढ दलको समर्थन हुने गरी फिल्म बनाइरहेका छन् र भोलि कांग्रेस पार्टी वा अर्को पार्टी सत्तामा आएपछि उनीहरू त्यसैलाई समर्थन गर्न थाल्छन् ।’
ब्रह्मात्मज भन्छन्, ‘अहिले बायोपिक फिल्मकै जमाना छ । आजका दर्शक नै भोलिका मतदाता हुन् र बायोपिक फिल्मले प्रभाव पार्छन् । यस्ता फिल्म तीनथरी मानिसका विषयमा मात्र बन्छन् : सैनिक, खेलाडी वा राजनेता ।’
उनी सोध्छन्, ‘तर कुनै समाजसेवकका बारेमा फिल्म बन्छ त ? कसैले अम्बेडकरमाथि बायोपिक बनाउन खोजेको छ त ? छैन, किनकि उनको विचारमाथि कोही पनि फिल्म बनाउन चाहँदैन र बायोपिक फिल्ममा टन्नै नाटकीयता चाहिन्छ ।’
उनी भन्छन्, ‘ड्रामा सिर्जना गरिन्छ, हारपछि जीत देखाइन्छ । ठाकरे होस् वा दी एक्सिडेन्टल प्राइम मिनिस्टर होस् वा उरी होस् वा पीएम मोदी होस्, नाटकीयता आवश्यक हुन्छ । फिल्म उरीको संवाद प्रधानमन्त्री मोदीले आजकल बोलिरहेका छन् : हाउ इज द जोश ?
उनी भन्छन्, ‘आजसम्म कुनै प्रधानमन्त्रीले फिल्मको संवाद बोलेको सुन्नुभएको छ ?’
राष्ट्रवादमाथिका फिल्म स्वतन्त्रताको समयदेखि नै बन्दै आएको अजय ब्रह्मात्मज बताउँछन् । गान्धी, पूरब और पश्चिम, नया दौर जस्ता फिल्मले भारतको विकास र विचारधाराका विषयमा कुरा गर्थे । तर अहिलेको समयमा वैचारिकता एउटा पार्टीमा सीमित गरिएको छ ।
प्रसिद्ध निर्देशक तथा निर्माता करण जोहरले कुनै समयमा माइ नेम इज खान बनाएका थिए । उनै आज केसरी जस्तो फिल्म बनाइरहेका छन् । यो उनको विचार नभई व्यापार हो ।
पीएम मोदी फिल्ममा एउटा संवाद छ : देशभक्ति नै मेरो शक्ति हो । यो संवाद आफैंमा ठूलो प्रचारबाजी हो ।
फिल्मले कश्मीरको कुरा गर्छ, पाकिस्तानको कुरा गर्छ तर विकासको कुरै गर्दैन ।
फिल्ममा अर्को संवाद छ, ‘तिमीले हाम्रो बलिदान देखेका छौ, बदला देखेका छैनौ ।’ यस्ता संवाद हिन्दी फिल्मका हिरोले बोलेको त सुनिएको छ तर प्रधानमन्त्री बन्ने व्यक्तिले यस्तो बोलेको सुन्दा नै यो फिल्मको स्तर थाहा हुन्छ ।
फिल्मको पोस्टर जनवरी ३ मा रिलिज गरिन्छ अनि त्यही दिन फिल्म बनाउने घोषणा गरिन्छ । तीन महिनाभित्र फिल्म नै बनिसक्छ ।
उनी भन्छन्, ‘तीन महिनामा फिल्म बनाउनु ठूलो कुरा हैन तर फिल्मका बारेमा सोच्न शुरू गरेको अनि फिल्म नै बनाएको अवधि तीन महिना मात्र छुट्ट्याइनु एकदमै कम समय हो । अझ थुप्रै भाषामा यसलाई रिलिज गरिने भनिँदैछ ।
फिल्मको पोस्टर २३ वटा भाषामा बनाइएको मलाई याद छ । चुनावको ठीक अघि यति धेरै काम गर्नुको अर्थ सबैलाई थाहा छ तैपनि उनीहरू यो प्रोपागान्डा फिल्म हैन भन्छन् ।’
बलिउडका प्रसिद्ध ट्रेड एनालिस्ट आमोद मेहरा पनि ठाकरे र पीएम नरेन्द्र मोदी जस्ता फिल्म प्रोपागान्डा भएको स्वीकार्छन् ।
उनी भन्छन्, ‘ठाकरे फिल्म नै शिवसेनाले बनाएको हो । त्यसलाई रिलिज पनि उनीहरू आफैंले गरे । शिवसेनालाई यो फिल्मले चुनावमा कति फाइदा देला मलाई थाहा छैन । तर फिल्मको रिलिज गर्ने उनीहरूको जुन उद्देश्य थियो त्यो सफल भयो ।’
फिल्ममा ठाकरेको विचारधारालाई देखाइएको थियो र मराठीहरूका लागि ठाकरेले धेरै काम गरेका हुन् भन्ने सन्देश पनि प्रवाहित भयो । फिल्मबाट नवाजुद्दीन सिद्दीकीले २५ करोड भारु कमाए ।
उनी भन्छन्, ‘त्यसैगरी दी एक्सिडेन्टल प्राइम मिनिस्टरले २० करोड भारु कमायो । यो ठूलो कमाइ हो । अनुपम खेरको प्रमुख भूमिका रहेको फिल्मका लागि कसले ३०० देखि ४०० भारु खर्चन्छ होला र ? तर फिल्ममा विवाद थियो ।
मानिसमा यसप्रति जिज्ञासा थियो त्यसैले फिल्मले राम्रो कमायो अनि फिल्मनिर्मातालाई फाइदा भयो ।’
‘अब मोदीमाथि बनेको फिल्म पीएम मोदी आइरहेको छ । यसबाट मोदीलाई फाइदा हुन्छ कि नोक्सानी हुन्छ मलाई थाहा छैन तर फिल्मनिर्माता र विवेक ओबरायको करीयरलाई अवश्यै फाइदा हुन्छ । नत्र त विवेकले फिल्म नै पाइरहेका थिएनन् नि । फिल्म चल्यो भने विवेकको फ्लप करीयर पनि हिट हुनेछ ।’
बीबीसी हिन्दीमा प्रकाशित मधु पालको विश्लेषण
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...