×

NMB BANK
NIC ASIA

बारा- आइतवार साँझ आएको हावाहुरीबाट प्रभावित बारा जिल्ला, फेटा गाउँपालिकाकाको भरबलिया क्षेत्रका पीडितहरूले बस्नका लागि 'छानो' माग गरिरहेका छन् । कम्तिमा २७ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको हुरीबाट बाँचेकाहरू यतिबेला राहतका लागि फाट्टफुट्ट आउने खानामा मात्र निर्भर छन् ।

Muktinath Bank

सरकारले सोमवार साँझ बाँडेको त्रिपालमा पनि अनियमितता भएको र नक्कली पीडितको हातमा परेको भन्दै यसअघि नै पीडितहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुरीबाट सबैभन्दा बढी पीडित क्षेत्र फेटा गाउँपालिकाको वडा नम्बर १ हो । लोकान्तरकर्मी मंगलवार बिहानै उक्त क्षेत्रमा पुग्दा बालबालिका र महिला सामूहिक खानपान लागेका थिए भने युवा र वयस्क पुरुषहरू आफ्नो भत्किएको घरमा केही सामान सुरक्षित भेटिन्छ कि भनेर खोजिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

बच्चाबच्ची र वृद्धवृद्धाले रात शीतमा कटाएका छन् । कोही त बिरामी पनि भइसकेका पीडितले बताए । 

Vianet communication
Laxmi Bank

'हाम्रो केही बाँकी रहेन,' ७० वर्षीया मायादेवी पटेलले आँखाबाट आँशु झार्दै भनिन्, 'हामीलाई बासको व्यवस्था गरिदिए हुन्थ्यो । यहाँ जो पनि आउँछन्, फोटो र भिडियो मात्र खिचेर जान्छन् । हाम्रो घर गयो, वस्तुभाउ गए, रातभर हामी खुला आकाशमा बस्न बाध्य भयौं ।' 

'यहाँ प्रधानमन्त्री आएर पनि केही हुँदैन, हामीलाई नेता, सरकार, पत्रकार कोही चाहिँदैन,' नजिकै रहेका उमेशप्रसाद कुर्मीले भने, 'हामीलाई छाना चाहिएको हो । आज दिन त जसरी पनि बित्ला, रात उही खुला आकाशमा बिताउनु पर्ने डर छ ।' 

गर्मी मौसम शुरू भएकाले लामखुट्टे बढी लाग्ने गरेको अर्का पीडितले बताए । 'मच्छड मात्र होइन, अहिले त साँप (सर्प)को पनि बिगबिगी शुरू भइसक्यो । हामी त जे सुकै गर्थ्यौं, हाम्रा छोराछोरी र वृद्ध आमाबुबा बिरामी हुने भए । बल्लतल्ल बाँचेको ज्यान पनि बिरामी भएर मर्ला जस्तो पीर परेको छ ।' 

भाँडाकुँडाहरू भत्किएको घरमा थिचिएका छन् । खुला आकाशमा आगो बालेर पकाउने कुनै साधन छैन ।

कपडाहरू भत्किएको घरभित्र छन् । फेर्ने कपडा छैन । बच्चाबच्चीहरू नांगै हिंडिरहेका छन् ।

दिनमा घाम र रातमा शीतले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पीडितहरू दुई रातसम्म सुत्न पाएका छैनन् । 

'बिजुलीबत्ती र खाने पानी छैन । दिशापिसाबका लागि शौचालय छैन,' श्रीमती गुमाएका रामबाबु कुर्मीले प्रश्न गरे, 'सबै समाचार लेख्न मात्र आउँछन् । हामीलाई समाचारले खाना र बस्न दिने हो र ? सरकारले हाम्रो व्यवस्थापन छिटो गरिदिनुपर्‍यो । प्रधानमन्त्री जी आउनुभयो र हिजो, हेलिकप्टरबाट हेरेर जानुभएछ । तर हामी खुला आकाशमा रात बिताउन बाध्य भयौं ।' 

कुर्मीजस्तै अन्य धेरैको गुनासो यस्तै छ । घटनास्थलमा आफन्त गुमाएका, ठूलो चोटपटक लागेकाहरू बढी चिन्तित छन् । उनीहरूमा मनोवैज्ञानिक पीडा अत्याधिक छ । पहिलेदेखि नै बिरामी भएकाहरूको औषधि घरभित्रै च्यापियो ।

'पहिल्यैदेखि बिरामी हुनेहरूको अवस्था झन् बैराग छ,' एक पीडितले आफ्नो गुनासो सुनाए, 'मेरो भर्खर हातको अपरेसन भएको थियो । मैले औषधि खाइरहेको थिएँ । हुरीले घर उडाएपछि मेरो औषधि भेटिएको छैन । त्यहाँमाथि घर भत्किँदा मलाई थप चोट लाग्यो ।' 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x