×

NMB BANK
NIC ASIA

नेतृत्वलाई दबाब दिन कांग्रेस जिल्ला सभापतिहरूको मोर्चाबन्दी, काठमाडौंमा बैठक

चैत २०, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरू आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले काठमाडौंमा भेला भएका छन् । बुधवार र विहीवार हुने बैठकका लागि जिल्ला सभापतिहरू काठमाडौं आएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

बैठकमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोडदार रूपमा उठाउने बारे छलफल हुने कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हाम्रा एजेन्डाहरू त प्रस्ट छन् नि !' बानियाँले लोकान्तरसँग भने, 'भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल त हुन्छ नै तर त्यो भन्दा बढी महत्त्वपूर्ण एजेन्डा भनेको केन्द्रीय समिति सदस्यहरू वडाबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्याक्तिका लागि एकपटक मात्र हुनुपर्ने भन्ने हो ।'


Advertisment
Nabil box
Kumari

बैठकपछि आफ्ना माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन मागसहितको घोषणा पत्रसमेत जारी हुन सक्ने बानियाँले बताए ।

Vianet communication
Laxmi Bank

काठमाडौंको ठमेलस्थित एक होटलमा बोलाइएको बैठकमा संस्थापन पक्षका जिल्ला सभापतिको उपस्थितिको सम्भावना भने नगण्य रहेको स्रोतले जानकारी दियो । पार्टी अहिले कमजोर रहेको अवस्थामा नेतृत्वविरुद्ध कुनै मोर्चाबन्दी गर्न नहुने धारणा संस्थापन पक्षका जिल्ला सभापतिहरूको रहेको बताइएको छ ।

'पार्टी केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा गरेको निर्णयप्रति हाम्रो पनि असहमति छ,' संस्थापन निकट मानिने एक जिल्ला सभापतिले भने, 'तर यो या त्यो कारणबाट नेतृत्वलाई बदनाम गराउने विषयमा हाम्रो सहमति हुन सक्दैन । अग्रिम र विशेष नामको महाधिवेशनका बारेमा हामी छलफलमा जान तयार छैनौं ।' गत महिना ५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेरै केन्द्रीय समितिको निर्णय नसच्चिए विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसी आफूहरूको मागमा कुनै पनि जिल्ला सभापतिको असहमति नरहेको जिकिर गर्छन् । बुधवार लोकान्तरसँग कुरा गर्दै केसीले भने, ' केन्द्रीय समितिका सदस्यहरू वडा समितिबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक व्यक्तिले एकपटक मात्र पाउनुपर्ने मागमा कुनै जिल्ला सभापतिको विमति छ जस्तो मलाई लाग्दैन । यसअघिका भेलामा सबै सभापतिहरूले यी मागमा समर्थन जनाउनु भएको हो । आज शुरू हुने बैठकमा उहाँहरू पनि आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।'

पार्टी नेतृत्वले आफैंले गरेको सहमति उल्ट्याएको केसीको आरोप छ । 'केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महासमितिको म्यान्डेडलाई पनि अपमान गर्‍यो,' केसीले भने, 'हाम्रो भेला पहिलेका सहमतिलाई कार्यान्वयन गराउन हो, अन्य विषयमा हामी थप रणनीतिसहित छलफल गर्छौं ।'

गत पुसमा सम्पन्न महासमिति बैठकमा पनि विधानको विवादले चर्को रूप लिएपछि संस्थापन र असन्तुष्ट पक्षबीच केन्द्रीय सदस्यहरू पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समावेशी सहभागिता दोहोरिन नहुने सहमति भएको थियो । तर त्यो सहमतिलाई खारेज गर्दै गत फागुन १२ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने र समावेशी तथा समानुपातिकमा उम्मेदवार बन्न कुनै बन्देज नरहने गरी पुरानै व्यवस्थालाई पारित गरिसकेको छ ।

उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत ११ जनाले असहमति जनाएका थिए । उनीहरूले फरक मत राखेका हुन् । कांग्रेस केन्द्रीय समितिको बहुमतबाट पारित उक्त व्यवस्थाविरुद्धमा कांग्रेसका जिल्ला सभापतिहरूले पटक-पटक बैठक गर्दै आइरहेका छन् । जिल्ला सभापतिहरू एक भएर केन्द्रीय समिति बैठकको निर्णयलाई प्रतिवाद गरेको भनिएतापनि पछिल्लो समयमा संस्थापन पक्षका सभापतिहरू आफू पार्टीको निर्यणका पक्षमै रहेको बताउन थालेका छन् ।

यसमा टिप्पणी आवश्यक छैन - प्रकाशशरण महत

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले यसबारे कुनै टिप्पणी गर्न आवश्यक नभएको बताएका छन् । 'उहाँहरूसँग कुनै कामले भेला, बैठक या मिटिङ गर्ने छूट छ,' महतले भने, 'यदि त्यो पार्टीले आधिकारिक रूपमा आयोजना गरेको कार्यक्रम होइन भने मेरो कुनै पनि टिप्पणी छैन । यो भन्दा अगाडि हेटौंडा र काभ्रेमा भएका जिल्ला सभापतिहरूको बैठक पार्टीको आयोजनामा भएका औपचारिक बैठकहरू थिए ।'

व्यक्तिगत भेला, बैठकमा सबै सभापतिहरू सहभागी नहुने महतले बताए । यो बैठक आवश्यक र औचित्यपूर्ण नरहेको उनको टिप्पणी छ ।

पार्टीको महासमितिले निर्णय गर्नुपर्ने कुरा जिल्ला समितिले गरेर नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ । यसरी बारम्बार व्यक्तिगत आयोजनामा भेला, बैठक गरेर कमजोर पार्टीलाई झन् कमजोर बनाउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।

यसअघि केन्द्रकै पहलमा असारको पहिलो साता औपचारिक रूपमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मेलन मकवानपुरको हेटौंडामा आयोजना भएको थियो । यस्तै, गत मंसिरमा समेत संस्थापनइतर समूहको पहलमा नुवाकोटको ककनीमा भेला सम्पन्न  भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x