कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
शरीरमा लगाएकोबाहेक कपडा छैन । पानी पिउनको लागि लोटा छैन । फोहोर र दुर्गन्ध फैलिसकेको छ । छ त जताततै लामखुट्टे र असुरक्षाको त्रास । आफू कसरी सम्हालिने र बाँच्ने पीडामा रहेका अभिभावकलाई साना छोराछोरी र वृद्धवृद्धालाई कसरी खुवाउने र सुताउनेको अर्को चिन्ता छ ।
बाराको कलैया भरबलियामा चैत १७ गते आइतवार राति हुरीले गाउँलाई नै मसान बनाइदिएको छ । घटनामा दिवंगत भएका परिवारका सदस्यको दाहासंस्कार गरेर फर्केकाहरूले सोमवार राति १० बजेसम्म पनि न ओतलाग्न पाल पाएका छन्, न खाने पानी लगायत खानेकुरा । खुला आकाशमुनि आगो तापेर बस्नु सिवाय अरु विकल्प नै छैन ।
सानो पालमा थुप्रै महिला साना नानीलाई काखमा च्यापेर बस्नुको विकल्प छैन । सामान्य चोटपटक लागेकाहरूको संख्या अधिक छ । परिवार गुमाउनुको साथै घाइते परिवारका सदस्यको हेरचाह कसरी गर्ने भन्नेमा सबै रनभुल्लमा छन् ।
बारा र पर्सामा गएको यस भीषण हुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ, जसमा ५ जना बालबालिका रहेको गृह मन्त्रालयले जनाएको छ । हुरीले सबैभन्दा धेरै फेटा गाउँपालिकालाई रुग्ण बनाइदिएको छ, जहाँका १३ जना मानिसको ज्यान लियो । हावाहुरीबाट ६ सय ८६ जना धाईते भएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । नेपाल रेडक्रस सोसाइटीको प्रारम्भिक तथ्यांक अनुसार बारा जिल्लामा मात्र १ हजार ५ सय २ घर धुरी प्रभावित भएको देखिएको छ ।
आइतवार साँझ करीब ३ मिनेट आएको आँधीहुरी (चक्रवात) ले हजारौंको मन मस्तिष्क र सबै सपना उडाइदिएको छ । केहीले मेसमा खाना खाएपनि स–साना बालबालिका, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धाले पनि खुला आकाशमुनि रात बिताउन बाध्य हुनु भयावह अवस्था हो ।
सरकारी निकाय, गैरसरकारी संस्था र व्यवसायीबाट उपलब्ध गराइएका राहतका सामग्री घटनास्थलमा पुगेको भएपनि उचित वितरण व्यवस्थापनको अभावमा पीडितले उपलब्ध सामग्रीको पनि प्रयोगबाट वञ्चित हुनु पीडितहरुको लागि अझ दुखदायी अवस्था हो । यस अकल्पनीय हुरीले बाराका फेटा र कलैयाका स्थानीय बासिन्दाको घर मात्र हैन परिवार, चौपाय र जमिनमा लगाएको बाली पनि सखाप भएको छ । पीडित खाली हात खुला आकाशमुनि फगत पीडा बोकेर बसेका छन् । आइतवार रातिको हावाहुरीले मच्चाएको वितण्डाको राति नै प्रधानमन्त्री र प्रदेशकामुख्य मन्त्रीबाट जुन ढंगको जुझारु सक्रियता देखियो, यसको सम्मान गर्नैपर्ने हुन्छ ।
विपद् व्यवस्थापनको लागि नेपाल सरकारले संविधानको व्यवस्था अनुसार ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४’लाई दुवै सदनबाट पारित गरेको छ । विपद्को बेला पनि नेपाल प्रहरीले पीडितको उद्धार तथा राहतमा लाग्नुभन्दा भीआईपीको सुरक्षामा बढी समय खर्चनुपरेको सर्वविदितै छ । सामाजिक संस्थाका ब्यानर बोकेकालाई उद्धारभन्दा फोटोमार्फत आफ्नो प्रचारमा देखिनु नै सर्वाेकृष्ठता प्रदर्शन गर्नुमा नै महानता देखिन्थ्यो ।
रातिको समयमा उज्यालोको अभाव हुँदाहुँदै पनि उद्धार र राहत कार्यमा स्थानीय समुदाय, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनुलाई सबैले नमन गर्नैपर्छ । घाइतेको उद्धार र उपचारको लागि देखाइएको तत्परता नमूना छ । खाना र अस्थायी आवासको चाजोपाजो मिलाउँदै भग्नावशेस पन्छ्याउने, मृत चौपायाको व्यवस्थापन गरी पीडित क्षेत्रमा हैजा फैलन नदिने कार्यमा सेना, प्रहरी तथा सशस्त्र प्रहरीले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
स्थानीय जनताको ज्ञान र सीप तथा प्राथमिकीकरणको अभावमा वृद्ध, बालबालिका, सुत्केरी तथा गर्भवती महिलाको विशेष व्यवस्थापनमा केही कमी कमजोरी स्पष्टै देखिन्थ्यो ।
प्रादेशिक सरकारले बालबालिकाको शिक्षाको अधिकारलाई प्रत्याभूत गराउन तत्कालै अस्थायी केन्द्र स्थापना गरी शिक्षाको सुनिश्चितता गर्ने योजना सार्वजनिक गर्नु अत्यन्तै स्वागतयोग्य छ ।
विपद्को अवस्थामा बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएकाहरूको लागि विशेष सम्बोधनको खाँचो पर्दछ । बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई विशेष ध्यान दिइएन भने जीवनमाथिको खेलवाड हुनेछ । अरु सबैलाई भोलि भन्न सक्छौं, बालबालिकालाई भोलि भन्न सकिँदैन । उ आज हो उसको शरीरको विकास भइरहेको हुन्छ, रगत बनिरहेको हुन्छ, मानसिक विकास भइरहेको हुन्छ, त्यसैले उसलाई हामीले आजै र अहिल्यै उसको आवश्यकताको सम्बोधन गर्नुपर्छ । त्यसका लागि विशेष प्याकेजका साथ संरक्षण विकासका अवसरमा सधैं पहिलो प्राथमिकतामा राखौं ।
विपद्को बेला हरेक घण्टा, दिन र ६ महिना वा १ वर्ष अरुको लागि सामान्य हो । तर एउटा बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिलाका लागि हरेक पल एउटा नयाँ जीवन हो । यस्ता विपद्को समयमा बालमनोविज्ञानमा परेका गहिरा पीडा तथा असरको समयमा नै सम्बोधन गरी उनीहरूको जिउने र विकास गर्ने अवसरलाई सहज र सरल बनाउनु सबैको दायित्व हो । यसमा सम्बन्धित निकाय, स्थानीय सरकार र राहत तथा पुनर्स्थापनमा लाग्ने हरेकले मनन् गरौं, सम्बोधन गरौं ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...