×

NMB BANK
NIC ASIA

दिवङ्गत मन्त्री अधिकारीप्रति समर्पित प्रमाेद खरेलकाे त्याे गीत जसले सबैलाई भावुक बनायाे

चैत २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चिप्लेढुङ्गा-  ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा ।’ शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई ।

Muktinath Bank

गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो । एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए । “याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए ।


Advertisment
Nabil box
Kumari

गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो”, भट्टराईले सम्झिए “सम्झना–सम्झना नै हो ।”

Vianet communication
Laxmi Bank

सँगै थिए अधिकारीका सहपाठी दिलीप श्रेष्ठ । “आँखा ओभाउँदै थियो, यो गीत र स्क्रिनमा देखिएको उनको तस्वीरले अनायासै आँखा रसायो फेरि” श्रेष्ठले भन्नुभयो “धेरै चोटि उनलाई सम्झेर रोएको छु, उनलाई गुमाएको डेढ महीना हुनलाग्यो । प्रमोदको गीतले फेरि रुवायो उनको यादले ।” अन्य दर्शक पनि त्यसरी नै भावुक बनेका थिए ।

बार्दली मिडिया प्रालिले आयोजना गरेको ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रममा खरेलले आफ्ना लोकप्रिय गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । उनलाई गायिका मीना निरौलाले साथ दिएकी थिइन् । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको प्रस्तुतिबाट पनि दर्शकले साङ्गीतिक कार्यक्रममा फरक स्वाद लिन पाए ।

पोखरा सङ्गीत पारखीका लागि उर्वर मानिन्छ । सडक बालबालिकाको सहयोगार्थ आयोजित यस साङ्गीतिक कार्यक्रम भव्यरूपमा सफल भएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x