×

NMB BANK
NIC ASIA

भारतमा लोकसभा निर्वाचन : कस्तो छ भाजपाको स्थिति ?

चैत २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

केही महिना अघिसम्म भाजपाको नेतृत्वमा रहेको एनडीए सरकारलाई कांग्रेसले बलियो चुनौती दिन्छ जस्तो देखिन्थ्यो । सन् २०१८ को अन्त्यतिर भएका विधानसभा चुनावमा कांग्रेसले तीन राज्यमा विजय हासिल गरेकाले कांग्रेसको पुनरुदय भइरहेको जस्तो देखिएको थियो । 

Muktinath Bank

तर जम्मु कश्मीरको पुलवामा आक्रमणपछि अब सन् २०१९ को समीकरण बदलिएको देखिँदैछ । राष्ट्रवादको घोडामा सवार भाजपाले पुलवामापछि चुनावी समीकरण आफ्नो पक्षमा पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्तीमा पनि हिन्दीभाषी राज्यहरूमा उसले आफूलाई लागेको घाटा निकै कम गरिरहेको छ । यसले गर्दा कांग्रेससँगै अन्य क्षेत्रीय दलले पनि रणनीतिक परिवर्तन गर्नुपर्ने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

पहिलाको प्रश्न थियो, के भाजपाले सन् २०१९ मा कमब्याक गर्ला ? पुलवामा आक्रमणपछि विकसित घटनाक्रमका कारण अबको प्रश्न चाहिँ यस्तो छ : भाजपाले कति सीट जित्ला ?

Vianet communication
Laxmi Bank

त्यसो त पुलवामा आक्रमणअघि पनि भाजपा सन् २०१९ को चुनावी दौडमा अघि नै थियो तर पुलवामापछि भाजपा हिन्दीभाषी राज्यमा कांग्रेस र क्षेत्रीय दलहरूभन्दा अलिक अघि बढेको छ । 

बालाकोटमा हवाई आक्रमण गरेर भाजपा सरकारले पाकिस्तानलाई बलियो जवाफ दिनसक्ने छवि बनाएको छ । 

अनि मानिसहरूले नरेन्द्र मोदीको विकल्प नदेखेकाले पनि भाजपालाई फाइदा पुगिरहेको छ । पुलवामापछि मोदीले पहिले घटेको लोकप्रियता बढाएका छन् । 

तर एउटा फरक मत के पनि छ भने अटल बिहारी वाजपेयी जस्ता लोकप्रिय नेतालाई सन् २००४ मा कमजोर कांग्रेस र छिन्नभिन्न विपक्षले हराउन सकेको थियो भने लोकप्रिय नरेन्द्र मोदीलाई सन् २०१९ मा हराउन सक्दैन र ? 

कुनै पनि पार्टीले आफू अजेय भएको दाबी गर्न सक्दैन र यही कुरा भाजपाको हकमा पनि लागू हुन्छ । तर सन् २०१९ लाई २००४ सँग तुलना गर्न सकिँदैन किनकि यी दुई चुनावमा कांग्रेसको भोट बेस फरक छ । 

सन् २००४ मा कांग्रेसले चुनाव लड्दा उससँग २८ प्रतिशत भोट थियो । तर अहिले उससँग १९.६ प्रतिशत मात्र भोट छ । 

कांग्रेसले ६ देखि ७ प्रतिशत वृद्धि गरेमा समेत उसले १०० भन्दा बढी सीट ल्याउन सक्दैन । 

भाजपा सरकार जस्तो कुनै लोकप्रिय सरकारलाई हराउनुछ भने विपक्षीले सत्ताधारी पार्टीभन्दा आफू बलियो रहेको देखाउनुपर्छ । अहिलेको अवस्थामा कुनै एक विपक्षी पार्टी धेरै बलियो छैन । त्यसो हुँदा सत्तारूढ दललाई हराउन विपक्षी दलहरू एक साथ आउनुपर्ने हुन्छ । 

अहिले जस्तो परिस्थिति छ त्यसमा यी दुवै कुरा भइरहेको देखिँदैन । कांग्रेसले उत्तर प्रदेशमा महागठबन्धन बनाउन सकेन । अनि तमाम कोशिश गरे पनि उसले आम आदमी पार्टीसँग पनि गठबन्धन गर्न सकेको छैन । 

कांग्रेस एक्लैले भाजपालाई अहिले हराउन सक्दैन । विपक्षीहरू एकजुट हुन्थे भने मोदीलाई चुनौती हुन्थ्यो तैपनि भाजपालाई २०० सीटभन्दा कमको स्थितिमा ल्याउन सक्दैनथिए । 

राष्ट्रिय स्थितिको विश्लेषण र राज्यका भोटहरूको चर्चा गरौं । सन् २०१४ को लोकसभा चुनावमा भाजपाले धेरै क्षेत्रमा ठूलो अन्तरको जीत हासिल गरेको थियो । अहिले नकारात्मक भोट विपक्षको खातामा स्विङ भएमा मात्र भाजपालाई यी सीटहरूमा हराउन सकिनेछ । 

भाजपाले ४२ लोकसभा सीटमा तीन लाखभन्दा बढी भोटले जितेको थियो र ७५ वटा लोकसभा सीटमा २ लाखभन्दा बढीको अन्तरले विजय हासिल गरेको थियो । 

अडतीस लोकसभा सीटहरूमा उसले डेढ लाख भोटको अन्तरले जीत हासिल गरेको थियो र ५२ लोकसभा सीटमा १ लाखभन्दा बढी भोटको अन्तर थियो । 

सन् २०१९ मा विपक्षी पार्टीहरूका लागि यो अन्तर घटाउन सहज हुने छैन । सत्तारूढ दल भाजपाविरुद्ध मानिसहरूमा कडा आक्रोश भए मात्र यो सम्भव हुन्छ । 

अलिक अगाडि मानिसहरूमा भाजपाविरुद्ध आक्रोश थियो तर पुलवामापछि स्थिति बदलेको छ । विपक्षी दलहरूका लागि यी भोट आफ्नो पक्षमा पार्न मुश्किल हुन सक्छ । 

सन् २०१९ मा फरक फरक किसिमका प्रतिस्पर्धाको विश्लेषण गरेर भाजपाले कस्तो प्रदर्शन गर्ला भनी हेरौं । 

हिन्दीभाषी राज्यहरूमा दुईतर्फी प्रतिस्पर्धा भएमा भाजपालाई नोक्सानी हुन सक्छ । 

तर कुनै नाटकीय मोड नआएमा भाजपालाई गुजरात, छत्तीसगढ, राजस्थान, हिमाचल प्रदेश, मध्य प्रदेश र उत्तराखण्डमा धेरै नोक्सानी हुने छैन । 

मध्य प्रदेश, राजस्थान, छत्तीसगढका विधानसभा चुनावमा हारपछि पनि भाजपा मध्य प्रदेश र राजस्थानमा कांग्रेसभन्दा अलिक अगाडि नै छ । 

यी विधानसभा चुनावका भोटलाई संसदीय चुनावमा कन्भर्ट गर्दा मध्य प्रदेशमा भाजपा १८ लोकसभा सीटमा अघि देखिन्छ भने कांग्रेस ११ सीटमा । 

राजस्थानमा विधानसभा भोटलाई संसदीय चुनावको हिसाबमा हेरेमा भाजपा १३ सीटमा अगाडि छ र कांग्रेस १२ मा । 

छत्तीसगढमा मात्र कांग्रेस निर्णायक स्थितिमा छ । तर त्यहाँ पनि पुलवामापछि भाजपाको भोट शेयर बढ्ने सम्भावना छ । 

कांग्रेसको भोट शेयर सन् २०१४ को तुलनामा सन् २०१९ मा बढ्यो भने कांग्रेसलाई दुईतर्फी चुनावको फाइदा उठाउनका लागि एकदमै धेरै भोट स्विङ गर्नुपर्ने हुन्छ । जम्मा ५ देखि ६ प्रतिशत भोट भाजपाबाट कांग्रेसका पक्षमा आयो भने पनि भाजपालाई यी राज्यमा धेरै फरक पर्दैन र कांग्रेसका लागि यति भोट शिफ्ट गर्न सहज पनि हुने छैन । 

यी हिन्दीभाषी राज्यमा कांग्रेस र भाजपाको भोट शेयरमा निकै ठूलो अन्तर छ । अर्थात् कांग्रेस एक्लैले आफ्नो बलबुतामा जीत हासिल गर्न सक्दैन । 

उत्तर प्रदेश, बिहार, महाराष्ट्र, पञ्जाब, हरियाणा, झारखण्ड, पञ्जाब, जम्मु कश्मीर र दिल्लीमा भाजपाले यसअघि राम्रो प्रदर्शन गरेको थियो । ती राज्यमा भाजपाले कि त क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको थियो कि त क्षेत्रीय पार्टीहरू बाँडिदा भाजपा विरोधी मत पनि बाँडिएको थियो र त्यसको फाइदा भाजपाले उठाएको थियो । 

विपक्षी पार्टीहरूको गठबन्धनले भाजपालाई अनेकौं राज्यमा ब्याकफूटमा ल्याउन सक्छ । त्यस्ता राज्य उत्तर प्रदेश, दिल्ली, पञ्जाब, झारखण्ड, हरियाणा र महाराष्ट्र हुन् । बिहारमा विपक्षी गठबन्धनले एनडीएलाई नोक्सानी गर्न सक्दैन । 

कांग्रेसले कर्नाटक, तमिलनाडु, झारखण्ड, महाराष्ट्र र बिहारमा गठबन्धन गरेको भए पनि भाजपालाई चुनौती दिन यो पर्याप्त छैन । 

सन् २०१४ को चुनावमा उडिसामा भाजपाको प्रदर्शन राम्रो थिएन तर अहिलेको चुनावमा भाजपासँग त्यहाँ बलियो हुने राम्रो मौका छ । तर सन् २०१४ जस्तै परिस्थिति त्यहाँ भएमा अर्थात् विपक्ष बाँडिएको अवस्थामा रहेमा भाजपालाई फाइदा हुने हो । 

विगत केही वर्षका सर्वेक्षणले यसैतर्फ इशारा गरेका छन् । सर्वेक्षणले भाजपा विगत केही वर्षयता ती राज्यहरूमा पहिलेभन्दा बढी मजबूत भएको देखाएका छन् । विपक्षीहरूले गठबन्धन नबनाएमा भाजपाका लागि यी राज्य जित्न सहज हुनेछ ।

दक्षिणमा तमिलनाडु, आन्ध्र प्रदेश र तेलंगानामा भाजपाको स्थिति लगभग सन् २०१४ कै जस्तो छ । केरलमा मात्र भाजपाको समर्थन बढेको छ तर त्यो पनि लोकसभा सीट जित्नका लागि पर्याप्त छैन । 

यी सबै परिस्थिति र आँकडाले सन् २०१९ मा नरेन्द्र मोदीलाई हराउन अत्यन्तै मुश्किल देखिएको छ ।

बीबीसी हिन्दीमा प्रकाशित प्रा. सञ्जय कुमारको विश्लेषण 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x