माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नयाँ दिल्ली – छिमेकी मुलुक भारतमा बिहीवारबाट लोकसभा निर्वाचन शुरू हुँदैछ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले नै फेरि पनि सरकार बनाउने विश्लेषण गर्न थालिएको छ ।
सन् २०१४ को चुनावमा भाजपाको बहुमत आए पनि यसपालिको चुनावमा गठबन्धन सरकार बन्ने आकलन गर्न थालिएको छ । विगतको तुलनामा मोदीको लोकप्रियता खस्किएपनि उनलाई टक्कर दिने विपक्षी पार्टीका नेता नहुँदा चुनावमा भाजपाकै पल्ला भारी हुने अनुमान गरिएको छ ।
प्रमुख राज्यहरूमा भाजपा नै अगाडि रहेको प्रारम्भिक मतसर्वेक्षणले देखाएको छ । महाराष्ट्र, उत्तर प्रवेश, राजस्थान, हरियाणा, मध्य प्रदेश, गुजरात, दिल्ली र बिहारमा भाजपा तथा उसको गठबन्धन पार्टीले जित्ने विश्लेषण भएका छन् ।
पञ्जाब, बंगाल र आन्ध्र्र प्रदेशमा कांग्रेस तथा उसका सहयोगी दलले चुनाव जित्ने आकलन गरिएको छ । भारतीय संसद्को तल्लो सदन (लोकसभा) का ५ सय ४५ मध्ये ५ सय ४३ सीटका लागि हुने यस निर्वाचनमा करीब ९० करोड भारतीय मतदाता छन् ।
यूपीमा विपक्षी अलग अलग लड़्दा भाजपालाई फाइदा
लोकसभामा ८० सांसद पठाउने देशकै ठूलो राज्य उत्तर प्रदेश (यूपी) मा तीन ठूला शक्ति अलग अलग चुनाव लड्दैछन् । मायावतीको बहुजन समाज पार्टी र अखिलेश यादवको समाजवादी पार्टीको एउटा गठबन्धन, कांग्रेस र भाजपा अलग अलग गरी चुनाव लड्दैछन् ।
कांग्रेसले मायावती र अखिलेशको पार्टीसँग गठबन्धन गर्न सकेमा यूपीमा राम्रो सीट आउने सम्भावना रहन्थ्यो । तर आपसमा मिल्न नसक्दा भाजपालाई फाइदा मिल्ने देखिएको छ ।
२०१४ को लोकसभा चुनावमा यूपीमा भाजपाले एक्लैले ७४ सीट जितेको थियो । राज्य सरकार पनि भाजपाकै भएकोले अहिले पनि राम्रै सीट आउने आकलन भइरहेको छ ।
गुजरातबाट भारतीय राजनीतिमा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदी पनि यूपीको बनारसबाटै चुनाव लड्दैछन् ।
विगतको चुनावमा कांग्रेसका सोनिया गान्धी तथा राहुल गान्धीले यूपीबाट दुई सीट जितेका थिए । यसपटक राहुल गान्धी केरलबाट चुनाव लड्दैछन् ।
अग्निपरीक्षामा प्रियंका गान्धी
भारतको राजनीतिमा ‘आइरन लेडी’को पहिचान बनाएकी इन्दिरा गान्धीकी नातिनी प्रियंका राजनीतिमा प्रवेश गरेसँगै यसपटक भारतको चुनाव रमाइलो बनेको छ । झट्ट हेर्दा हजुरआमा जस्तै देखिने प्रियंका पहिलोपटक चुनाव लड्दैछिन् । कांग्रेसले उनलाई पुर्वी यूपीको जिम्मेवारी दिएको छ ।
प्रियंकाले यूपीमा पार्टीलाई जीत दिलाउन सके राजनीतिमा उनका भावी दिन सहज हुने विश्लेषण भइरहेको छ । भाइ राहुललाई साथ दिन राजनीतिको मैदानमा उत्रिएकी उनलाई कांग्रेसकी भावी नेत्रीको रूपमा पनि हेरिएको छ । प्रियंकालाई यहाँका सञ्चारमाध्यमले महत्व दिएका छन् भने सामाजिक सञ्जालहरूमा उनको चर्चा भइरहेको छ ।
आप र कांग्रेस मिल्न नसक्दा भाजपालाई फाइदा
अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) को दिल्ली र पञ्जाबमा राम्रो पकड छ । त्यसैगरी हरियाणा र गोवामा पनि उसको उपस्थिति छ । यी राज्यमा कांग्रेस र आप मिलेर चुनाव लडेका भए भाजपालाई हराउन सहज हुने थियो भनी आकलन भइरहेका छन् ।
तर कांग्रेसको विरोध गरेर जन्मिएको आपसँग चुनावी गठबन्धन नगर्न कांग्रेसभित्र शीला दीक्षित लगायतको समूह सक्रिय छ । आपसँग चुनावी तालमेलका लागि पटकपटक भएका कांग्रेसका प्रयास असफल भएपछि भाजपा प्रसन्न देखिएको छ ।
अपरिपक्व राहुल, छैनन् मोदीलाई टक्कर दिने नेता
भारतीय जनता र आम मतदाताका नजरमा कांग्रेसका अध्यक्ष राहुल गान्धी अहिले पनि अपरिपक्व नेताको रूपमा रहेका छन् । जनताको नजरमा अझै पनि राहुल गान्धी ‘पप्पु’ कै नामले चिनिन्छिन् ।
सरकारको नेतृत्व गरिरहेका र आफूलाई भ्रष्टाचार र आतंकवादविरुद्धको ‘चौकीदार’का रूपमा प्रचार गरिरहेका नरेन्द्र मोदीलाई उछिन्न राहुललाई हम्मे परिरहेको छ ।
कांग्रेसका परिपक्व नेता एवं भारतको आधुनिक अर्थतन्त्रको जग हाल्ने श्रेय पाएका मनमोहन सिंहलाई अगाडि सारेर हिँडेको भए राहुलले फाइदा लिनसक्ने विश्लेषण नभएका होइनन् । तर गान्धी परिवारले अहिले पनि आफूलाई नै अग्रस्थानमा राख्न खोज्ने गरेको टिप्पणी भइरहेको छ ।
सन् २०१४ को चुनावमा एकपक्षीय माहोल सिर्जना गरेका मोदीलाई यसपटकको चुनावमा पनि टक्करै दिन सक्ने नेता भेटिएको छैन । यस चुनावमा मोदी प्रधानमन्त्रीको एक्लो उम्मेदवार जस्तै देखिएका छन् ।
मोदी कार्यकालका उपलब्धि र असफलता
मोदीले ‘विदेशमा रहेको कालोधन फिर्ता’ गर्नका लागि भन्दै ५ सय र एक हजारको नोटमा नोटबन्दी घोषणा गरेका थिए । शुरूआतमा यसको विरोध भए पनि नोटबन्दीपछि विभिन्न राज्यमा भएको चुनावमा भाजपाको विजयले नोटबन्दीलाई अनुमोदन गरिदिएको थियो ।
यस्तै आतंकवाद नियन्त्रणका लागि पाकिस्तानको भूमिमा प्रवेश गरेर गरिएको भनिएको ‘सर्जिकल स्ट्राइक’ पनि मोदीको कार्यकालभरि चर्चाको विषय बन्यो ।
अहिले चुनावको पूर्वसन्ध्यामा जम्मु कश्मीरको पुलवामामा अर्धसैनिक बल सीआरपीएफमाथि आतंककारीले गरेको आक्रमणको प्रतिशोधस्वरूप भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेकोमा मोदी तथा भाजपाले सशक्त भारतका नाममा राजनीतिक लाभ लिइरहेका छन् ।
तर मोदी कार्यकालमा भएका नीरव मोदीकाण्ड र राफेल खरिदकाण्डले मोदीको लोकप्रियता खस्काउने काम गरेका छन्
मोदीले सन् २०१४ को चुनावमा विदेशमा जम्मा भएको कालो धन १०० दिनभित्रमा भारत फिर्ता ल्याउने घोषणा गरेका थिए । तर त्यसलाई उनले पूरा गर्न सकेनन् ।
त्यस्तै भाजपाले कश्मीरी पण्डितलाई घर फर्काउने वाचा गरेको थियो तर त्यो पनि अझैसम्म पूरा गर्न सकेको छैन ।
नेपालमाथि लगाएको नाकाबन्दी मोदीको पहिलो कार्यकालको गम्भीर गल्ती थियो । नेपालमाथि नाकाबन्दी लगाएबापत उनले धेरै आलोचना खेप्नुपर्यो ।
चुनावको पूर्वसन्ध्यामा बलिउडका कलाकारहरूले भाजपालाई भोट नदिन गरेको अपीलले पनि अर्थपूर्ण सन्देश दिएको छ ।
सन् २०१४ मा जस्तो चुनाव जित्न सहज छैन भन्ने कुरा मोदीले राम्रोसँग बुझेका छन् भने कांग्रेसको अवस्थामा पनि सुधार आएको छ । मोदीले जस्तो प्रचारबाजी नगरेको भए पनि राहुलले गरीब र दलित बस्तीमा पुगेर आफ्नो समावेशी छाप छाड्ने प्रयास गरेका थिए ।
गोर्खाल्यान्ड माग पूरा गर्ने आश्वासन
गएको चुनावमा दार्जिलिङ पुगेर मोदीले ‘गोर्खालीको सपना मेरो पनि सपना’ भनेर भाषण गरेका थिए । त्यो सपना भनेको छुट्टै गोर्खाल्यान्ड राज्य हो । तर भाजपाले त्यो वाचा पूरा गर्न सकेन । गोर्खाल्यान्ड आन्दोलन चर्किँदा भाजपाले त्यसको समर्थनमा दृढ अडान देखाउन सकेन ।
यसपालिको चुनावमा भाजपाले आफ्नो घोषणापत्रमा नेपालीभाषीको समस्याको राजनीतिक समाधान खोजिनेछ भनेको छ तर यो सबै चुनाव जित्न देखाएको ललिपप हो भनी विश्लेषण भइरहेको छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...