×

NMB BANK
NIC ASIA

विद्यालय प्रांगण बाख्राको चरणस्थल बनेपछि सभामुखसँग गुनासो- प्रदेश सरकारलाई खबर पुर्‍याइदिनुस्

चैत २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ११ मा पर्ने विकट बस्ती ताउलेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रांगण बाख्राको चरण क्षेत्रमा परिणत भएको छ ।

Muktinath Bank

विहीबार विद्यालय हातामा पुग्दा बाख्रा चरिरहेका थिए । ‘दश/बाह्रवटा बाख्रा त यहाँ आउनु सामान्य नै हो,’ स्थानीय गोरख भण्डारीले भने, ‘कुइनेमा बन्न लागेको पक्की पुलका मजदूरहरूको रमाइलो गर्ने स्थानको रूपमा पनि विद्यालय प्रांगण दुरूपयोग हुँदै आएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिमात्र होइन मदिरापान गरेर होहल्ला गर्नेहरूलाई पनि लखेट्न विद्यालय प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

विद्यालयमा तारबार नहुँदा प्रांगण बाख्रा चरनस्थल बनेको गुनासो प्रधानाध्यापक डबलसिंह विकले बताए ।

Vianet communication
Laxmi Bank

करीब १० बिगाह क्षेत्रफलमा फैलिएको विद्यालयमा करीब ३५० विद्यार्थी र ७ शिक्षक छन् । दुई शिक्षकको स्थायी दरबन्दी रहेको विद्यालयमा एक राहत र ४ निजी स्रोतका शिक्षक छन् । 

कक्षा आठसम्म अध्यापन हुने उक्त विद्यालयसँगै सरस्वती मन्दिर निर्माण गर्न भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५ लाख बजेट विनियोजन गरेको थियो ।

‘मन्दिर निर्माणका लागि विनियोजन गरिएको पाँच लाख बजेट रकमान्तर गरेर भए पनि घेराबार योजनामा रूपान्तरण गरिदिएको भए हामी आभारी हुने थियौं,’ प्रअ विकले भने, ‘कम्तिमा विद्यार्थी पढिरहेका बेला बाख्राभित्र आउने थिएनन् । विद्यालयको सुरक्षा हुने थियो ।’

प्रदेश सभा सभामुख राजबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै ताउलेवासीले प्रदेश सरकारसँग ठूलो आशा र भरोसा रहेको खबर पुर्‍याइदिन आग्रह गरे ।

सो अवसरमा सभामुख शाहीले ताउले क्षेत्रलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको गेटवेको विकास गर्नुपर्ने बताए ।

ताउले क्षेत्र कर्णाली चिसापानी हुँदै हिल्सा नाकासम्म जाने सडकको अध्ययन भएअनुसार निर्माण गर्न सकिए यो क्षेत्र स्वर्ग बन्ने उनको भनाइ छ ।

‘यस क्षेत्रसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ,’ विगत स्मरण गर्दै उनले भने, ‘यहाँका माननीय सबैसँग सल्लाह गरेर के गर्न सकिन्छ पहल गरौंला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x