×

NMB BANK
NIC ASIA

चाकडीमा व्यस्त हाम्रा युवा नेताहरू कन्हैया कुमार जस्तो कहिले बन्ने ?

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा पैसा नभएपछि चुनाव हारिन्छ भन्ने डरले अधिकांश युवा नेताहरू कुनै न कुनै खेतीपातीमा संलग्न भएको पाइन्छ । त्यो खेतीपाती मकै, कोदो, गहुँ, फापर र टिम्मुरको भने हैन । त्यो खेतीपाती अर्कै किसिमको अनि बडो चाखलाग्दो हुन्छ ।  त्यो खेतीपातीमा रस बस्यो भने मानिसहरू गाउँलेहरूले बाख्रा चराएको हेर्न भ्युटावरमा उक्लिने रहर गर्छन् । यसो सिँचाइको कुलो, ढल, सडकपेटी, नाली, पाटीपौवा जस्ता विकास निर्माणको कामबाट प्रतिशतका हिसाबले ती गोजी भर्छन् । सचिवलाई कागजमा कुरो मिलाउने अन्यथा घरपायक नपर्ने स्थानमा सरुवा गरिदिने धम्की दिन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

घरमै सुतेर बिहान अफिसमा काम गर्न जान पाउने खाइपाइ आएको सरकारी नूनमानामा कालो धब्बा बसाउन कसैले चाहन्न प्रेम संजेल बाहेक । ती संजेल मनुष्य बडो गजब रहेछन् । मन्त्री गोकर्ण विष्टज्यूलाई अंग्रेजीमा सातो पुत्लो काढे । तिनको कथन थियो, ‘द टाइम विल डिटरमाइन ह्वेर आई ह्याब टु गो ।’ संजेलको डाइलग सुनेरै होला विदेशी फोरममा विष्टज्यूले अंग्रेजीमा भाषण गर्न कथिकुथी सातै पुस्ताको तागत लगाए । त्यो क, ख, ग, घ सिकेको हो कि अंग्रेजी बोलेको हो, थाहै नहुने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खैर, भ्रष्टाचार र राजनीति एकअर्काका सारथि भएका छन् नेपालमा । विचार, विमर्श, चेतना, दर्शन र आदर्शबाट नेताहरू च्युत हुँदै गएका छन् । यससँग पैसा नै छैन भनेर घनश्याम भुषाललाई खिस्सी गर्नेहरू धेरै थिए । दयामायाले विदेशमा रहेका शुभेच्छुकले सहयोग गरेको केही रकम प्रयोग गरेर घनश्यामले आफ्नो प्रचारमा हिँड्नेलाई कालो चियासम्म पियाउन भ्याए । यहाँ चुनावमा पार्टी लड्दैन, विचार र योजना लड्दैन, पैसा लड्छ । र जससँग पैसा छ, त्यसले चुनाव जित्छ, राजनीतिमा सफल हुन्छ । हाम्रो युवा नेताहरूको तर्क पनि यस्तै सुनिने गर्छ ।


Advertisment
Nabil box
Kumari

कुनै आन्दोलन र डिस्कोर्समा सहभागी नहुने, खाली नेताहरूको चाकडी र चाप्लुसीमा व्यस्त हुने । मेरो विचार र आदर्शले राजनीति गर्छु भन्दा पनि फलाना नेताले मलाई सहयोग गरेन भने, मलाई काखी च्यापेन भने म खत्तम र बर्बाद हुन्छु भन्ने धेरैलाई परेको छ । तपाईंले हेर्नुभयो भनेसमानुपातिकमा परेका कैयौं सांसदहरू धेरैजसो नेताका प्रेमिका छन् । यसो भन्दै गर्दा कतिपयलाई अचम्म लाग्ला, नेताहरूलाई परेको बेला ड्याम्म पैसा बिछ्याउन सक्नेहरू पनि सांसद भएका छन्, राजदूत भएका छन्, विभिन्न संस्थानमा नियुक्ति लिएका छन् । पूँजीवादको प्रदूषणको चाप यही हो । 

Vianet communication
Laxmi Bank
उनीहरूविरुद्ध क्याम्पसभित्र भारतविरोधी नाराबाजी गरेको तथा भारतलाई टुक्राटुक्रा गराउनुपर्छ भन्ने नारा लगाएको आरोप लागेको थियो । कट्टर राष्ट्रवादीहरूको त्यो आरोप अन्ततः पुष्टि हुन सकेन । 

यस प्रदूषणबाट हाम्रा युवा नेताहरू जोगिन सकेका छैनन् । युवा नेताहरू को हुन् ? खासगरी विद्यार्थी नेताहरू अनि पार्टीमै कार्यकर्ताका रूपमा रहेका युवा । जस्तो हेर्नुहोस्, नेपालको शिक्षा प्रणाली । बच्चाहरू स्कूलमा भर्ना गर्नका लागि एक झोला हैन, एक डोको पैसा बोकेर जानुपर्ने बाध्यता छ । र केवल पैसाको कुरा हैन, पैसा भएर पनि राम्रो स्कूलमा भर्ना हुनका लागि शक्तिकेन्द्रको प्रयोग गर्नुपर्ने रहेछ । फलाना भीआईपीलाई यति कोटा, फलाना भीभीआईपीलाई यति कोटा भन्ने हुने रहेछ । यस्तो खालको विभेद हरेक क्षेत्रमा छ । खै त युवाहरूको आन्दोलन ? खै त युवाहरूको आक्रोश ? खै त युवाहरूको जागरुकता ? खै त युवाहरूको डिस्कोर्स ? 

हाम्रो देशमा धेरै युवा नेताहरू अवसर पाएनौं, हामीलाई प्रयोग मात्र गरियो भन्छन् । तर अवसर पाएको दिन तिनका दुःखको सबै कथा एकथान चाकडी र चाप्लुसीमा समाप्त हुन्छ ।  ढाकाको टोपी र सुटबूट लगाएर स्विमिङ पूलमा हाम्फाले जस्तो हाम्रा युवाहरू राजनीतिमा त हाम्फालिरहेका हुन्छन् तर सत्ताको प्रतिपक्ष भन्दा पनि उनीहरू सदैव सत्ताको पक्षपाती जस्तो भएर बोल्छन्, बहस गर्छन् । सरकार वा सत्ता जोसुकैको होस्, हामीले प्रश्न गर्न पाउनुपर्छ । हाम्रो प्रश्न जीवित रहनुपर्छ । तर यहाँ रहेका एक युवक सरकारको एक प्रवक्ता भएर खडा हुन्छ । राज्यले गरेका ब्रह्मलुटका प्रति ऊ धारणा निर्माण गर्न सक्दैन । कतै एनजीओको कार्यक्रममा उ अतिथि भएर जान्छ र सत्ताकै गुणगान गाएर फर्किन्छ । नेता विष्णु पौडेल बालुवाटारको जग्गा प्रकरणमा ठगिएकै हुन् भनेर धेरै युवाहरूले उनको काँध थापेका छन् । यस्तो दुःखद स्थितिबाट गुज्रिनुपरेको छ देशले । 

तर यिनै युवाहरूले कन्हैया कुमारको चर्चा गरेर भने थाक्दैनन् । पछिल्लो समय कन्हैया कुमारका बारेमा आएका लेखरचना र समाचारहरू आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेर उनीहरू पिसाबको न्यानो तापिरहेका छन् । यो कुनै मिथ्या तर्क हैन । मलाई लाग्छ, कन्हैया कुमारले जस्तो वैचारिक क्षमता र अडान निर्माण गर्न नेपालका युवाहरूलाई मुश्किल छ । जब आफ्नो पार्टीले चुनाव जित्छ, युवाहरू सत्ता वा सरकार पक्षका भइहाल्छन् । यो विडम्बना हो । तर कन्हैया कुमारको दृष्टिकोण छ, ‘आफ्ना हुन् वा पराई, सरकारमा जो भएपनि हामीले प्रश्न गर्न चाहिँ बिर्सनुहुँदैन । अहिले सत्तामा मोदी छन्, म मोदीलाई प्रश्न गर्छु, राहुल भएको भए म राहुललाई पनि प्रश्न गर्थें ।’ 

नेपालको राजनीतिमा गुट र उपगुट छ । आफ्नो गुटमा रत्नाकर डाँकु छन् भने पनि तिनलाई गौतम बुद्ध सम्झनुपर्छ । नातावाद, कृपावाद हावी छ । अलिकति जान्ने भयो कि पार्टीमा कसरी हुन्छ माइनस गरिहाल्नुपर्ने प्रचलन छ । क्षमता भइकन पनि गगन थापाहरूले मूलतः पार्टीमा भोग्नुपरेको पेलानको नियति यही हो । गगनलाई पार्टीको चुनावमा हराउनका लागि सबैले आन्द्रादेखिको बल निकालेका थिए । यो केवल युवा कम्युनिस्ट पार्टीहरूको हकमा पनि जरा गाडेर बसेको छ । 

युवाहरूको कन्हैया कुमारसँग साइनो के ? 

शिवसेनाका नेता सञ्जय राउतले ‘सामना’ पत्रिकामा कन्हैया कुमारलाई कुनै पनि मूल्यमा चुनाव हराउनुपर्ने कुरा लेखेका छन् । यसैबाट थाहा हुन्छ, कन्हैया कुमारको भूत कति धेरै तगडा छ भारतमा भनेर । शुरूमा कन्हैया कुमारसँग अनुहार रहेका मिडिया अहिले तुलनात्मतक रूपमा उदार पनि देखिएका छन् । जस्तो कि इन्डिया टुडे उनको घरमै पुगेर स्टोरी तयार गर्‍यो । तर राउतको तर्क  थियो, कन्हैया कुमारले  चुनाव जिते भारतको संविधानलाई कमजोर बनाउनेछन् । यस्तो समेत भन्न भ्याए उनले । कन्हैयालाई पराजित गर्न आवश्यक परे विद्युतीय मतदान मशिन (ईभीएम) मा समेत गडबडी गर्नुपर्ने घटिया तर्क उनले अगाडि सारेका छन् । यो गम्भीर किन भयो भने भारतमा मिडियालाई सरकारभन्दा पनि शक्तिशाली रूपमा हेर्ने गरिन्छ । कतिपयको तर्क छ, पाकिस्तानसँग भारतीय सेनाभन्दा धेरै मिडियाहरू युद्ध गर्छन् । 

भारतमा जारी  लोकसभा चुनावमा  सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीचका उम्मेदवारहरूको भन्दा धेरै चर्चा बिहारका कम्युनिस्ट उम्मदेवार कन्हैया कुमारको छ । आर्थिक रूपमा विपन्न भएकाले कन्हैयाले जनसहयोगबाट चुनावी अभियान सञ्चालन गरिरहेका छन् । उनका लागि निर्वाचन आयोगले तोकेको अधिकतम सीमा ७० लाख भारु जम्मा गर्ने अभियान चलिरहेको छ । नेपालमा पैसा नभए चुनाव लड्न गाह्रो छ भन्नेहरूलाई यो कडा झापड किन भएको छ भने विचार र जोश मात्र भयो भने जनताले चुनावमा भोट मात्र हाल्दैनन्, पैसा पनि सहयोग गर्छन् । 

यति मात्र हैन । भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) बाट बिहारको बगुसरायमा खडा भएका यी युवाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका छन् । बगुसरायमा रहेका जनताको बुझाइ के छ भने कन्हैया कुमारले चुनाव जितेमा बगुसरायलाई अन्तर्राष्ट्रिय पहिचान मिल्नेछ । कन्हैया कुमार ती पात्र हुन् जसलाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध नारा लगाउँदा उनलाई राष्ट्रद्रोहको मुद्दामा जेल हालिएको थियो । उनलाई अदालतमा उपस्थित गराउँदा त्यहाँ कुटपिट भएको थियो । कुटपिटमा वकिलहरू नै संलग्न थिए भन्ने बुझिन्छ । 

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् तर उनको विचार जहिले पनि पहिचान गुमाउन लागेका उत्पीडित वर्गको लागी संप्रेषण हुनेगर्छ । भोकसँग, गरीबीसँग, बेरोजगारीसँग, भ्रष्टाचारसँगबाट मुक्तिको माग गर्दै नारा लगाउने कन्हैया कुमारले भूगोलमा स्नातकोत्तर अध्ययन पूरा गरे । अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरू युनिभर्सिटीमा भर्ना भए । 
कन्हैया कुमार सन् २००२ मा कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । जेएनयूमा पढ्दै गर्दा सन् २०१६ को फेबु्रअरीमा कन्हैयालाई प्रहरीले केही साथीहरूसहित पक्राउ गर्‍यो जतिबेला उनी जेएनयू स्टुडेन्ट युनियनको अध्यक्ष थिए । 

कसैले कर्पोरेटको पैसा नहुँदा पनि कसैले चुनाव जित्न सक्छ भन्ने कुराको विश्वास कन्हैयाको विजयले जगाउन सक्छ । कर्पोरेट कथित राष्ट्रवादले भारतलाई फोहोरी साम्प्रदायिक पूँजीवादमा रूपान्तरण गर्ने चाहनाका कन्हैया प्रतिवादी हुन् ।

उनीहरूविरुद्ध क्याम्पसभित्र भारतविरोधी नाराबाजी गरेको तथा भारतलाई टुक्राटुक्रा गराउनुपर्छ भन्ने नारा लगाएको आरोप लागेको थियो । कट्टर राष्ट्रवादीहरूको त्यो आरोप अन्ततः पुष्टि हुन सकेन । 

सन् २०१६ को मार्च २ मा दिल्ली उच्च अदालतले कन्हैयालाई ६ महिनाका लागि १० हजार भारुको अन्तरिम धरौटी दियो । रिहा भएको भोलिपल्ट कन्हैयाले जेएनयू क्याम्पसको भरिभराउ अडिटरियममा भाषण दिए जसमा उनले भारतबाट स्वतन्त्रता खोजेको नभएर भारतभित्र स्वतन्त्रता खोजेको बताएका थिए । उनको भाषण यति सशक्त थियो कि  उनको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा नै भयो । उनलाई गोली हान्नेलाई ११ लाख दिने भनेर नयाँ दिल्लीमा पोस्टरहरू टाँसिएका थिए ।

आज तिनै चर्चित तर एक जोशिलो युवा भारतमा चुनावको हटकेक जस्तै बनेका छन् । हो, कन्हैया कुमारले लोकसभामा प्रतिनिधित्व गरेर सत्ता चलाउने होइन । तर उनको राजनीतिबाट नेपालमा नेताहरूको चाकडी चाप्लुसीमा व्यस्त हाम्रा युवा नेताहरूले राजनीतिको उदय कसैको आशीर्वादबाट हुन्न त्यो आफ्नै विचारको अडानबाट मात्र सम्भव छ भन्ने सन्देश पाउने छन् । कसैले कर्पोरेटको पैसा नहुँदा पनि कसैले चुनाव जित्न सक्छ भन्ने कुराको विश्वास कन्हैयाको विजयले जगाउन सक्छ । कर्पोरेट कथित राष्ट्रवादले भारतलाई फोहोरी साम्प्रदायिक पूँजीवादमा रूपान्तरण गर्ने चाहनाका कन्हैया प्रतिवादी हुन् । के नेपालमा कन्हैया कुमार जस्ता प्रतिवादीहरूको उदय हुने सम्भावना छ ?

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x