चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
अच्युत शाली घिमिरे
नयाँ वर्षको शुभकामना
भरि हुने बहानामा
साउदी कतार धाउने
ति आधा पेटहरुलाई,
नयाँ वर्षको शुभकामना
कोरिया जाने लालसामा
आधा रातमा बसेका
लामा लाईनहरुलाई,
नयाँ वर्षको शुभकामना
अष्ट्रेलिया र अमेरिकामा
आफ्नो खुशी बेचेर
खिचिएका रंगिन फोटाहरुलाई,
नयाँ वर्षको शुभकामना
एयरपोर्टमा छोरा ओझेल
नभइन्झेल उघारी उघारी
हेर्ने बाबाका आँखाहरुलाई
अनि हरेक साल दशैंंमा
छोरा आईनपुग्दा
आमालाई लाग्ने बाडुल्कीहरुलाई!!!
नयाँ वर्षको शुभकामना
केपीज्यूका पानीजहाज र रेल सपनाहरुलाई,
एकादेशको कथा जस्तो
मेलम्चीको पानी काठमाडौं आउने सपनाहरुलाई,
नयाँ वर्षको शुभकामना
प्रचण्डज्यूका स्वीजरल्याण्ड सपनाहरुलाई,
शेरबहादुरज्यूका जोतिषीका
भविष्यवाणीहरुलाई,
नयाँ वर्षको शुभकामना
रातारात ओझेल पारिने
वाइडबडीका फाईलहरुलाई,
जुन थालमा खायो त्यही
थालमा थुक्ने आयुक्त पाठकज्यूहरुलाई,
नयाँ वर्षको शुभकामना
एकाएक साउथ इन्डियन
मूभिको नायक झै
यू टर्न गरेका सिकेज्यूहरुलाई,
एउटा हातबाट राहत दिएर
अर्को हातबाट सेल्फी खिचाउन
बारा झरेका अभियन्ताहरुलाई,
नयाँ वर्षको शुभकामना
थोत्रो जहाजका
होनहार दुई पाइलटहरुलाई,
नयाँ वर्षको शुभकामना
कठै बरा कांग्रेसहरुलाई,
नयाँ वर्षको शुभकामना
छिन्न भिन्न विवेकशील साझाका
पाटपुर्जाहरुलाई,
नयाँ वर्षको शुभकामना
समायोजनका नाममा रोईकराई गर्ने
देशभक्त कर्मचारीहरुलाई,
राजीनामाको धम्की दिदै
माइतीघरमा लम्पसार पर्ने
चिकित्सकहरुलाई!!!
नयाँ वर्षको शुभकामना
उद्योग मन्त्रीका अंग्रेजी भाषणहरुलाई,
भिम रावलका प्रतिपक्ष भूमिकाहरुलाई,
राष्ट्रपतिज्यूका राजकीय
सवारीहरुलाई,
नयाँ वर्षको शुभकामना
परराष्ट्रमन्त्रालयका त्रुटिहरुलाई
भेनेज्युएला प्रकरणहरुलाई
रेडकार्पेटमा सल्बलाउने साँपहरुलाई,
नयाँ वर्षको शुभकामना
कर नतिरी भाग्न खोज्ने
एनसेलहरुलाई,
प्रतिबन्ध भोग्ने विप्ल्व दाजुहरुलाई,
नयाँ वर्षको शुभकामना
रित्ता प्रधानमन्त्री रोजगार
कार्यक्रमका कार्यालयहरुलाई,
सामाजिक सुरक्षा योजनाका
जटिलताहरुलाई,
नयाँ वर्षको शुभकामना
मिस नेपालमा मेक अप खोज्ने कडा जजहरुलाई,
बौद्धिकता जाच्न एसइईमा उत्रिएका
करिस्मा मानन्धरहरुलाई,
नयाँ वर्षको शुभकामना
कुलमान सिध्याउन
सल्बलाउने किराहरुलाई,
भ्रष्टचारी काखी च्यापी
मोटाउने शासकहरुलाई,
नयाँ वर्षको शुभकामना
आउट भएका
एसइईका प्रश्नपत्रहरुलाई,
रस्साकस्सी गरेरै
जबरजस्ती पास भएका
चिकित्सा विधेयकहरुलाई,
नयाँ वर्षको शुभकामना
वर्षौ देखि विद्यार्थी लुटी खान पल्केका
गण्डकी मेडिकल कलेजका माफियाहरुलाई,
नयाँ वर्षको शुभकामना
विदेशीलाई सजिलै
नागरिकता बाड्ने प्रपञ्चहरुलाई,
नयाँ वर्षको शुभकामना
पशुपति शर्माका
उग्रगामी गितहरुलाई,
त्यही गितका पछि
डौडिने अरिंगालहरुलाई!!
नयाँ वर्षको शुभकामना
झोपडीमा सिस्नु खाएर पनि
महलको कर तिर्ने हाम्रा संकल्पहरुलाई,
नयाँ वर्षको शुभकामना
आफ्ना नेतालाई देवता मान्दै
पुरा नहुने भाषणमा पनि ताली पिट्ने हाम्रा हातहरुलाई,
नयाँ वर्षको शुभकामना
आफू धूलोमा लटपटिएर
देशमा चै वसन्तको वहार खोज्ने
हाम्रा अठोटहरुलाई,
नयाँ वर्षको शुभकामना
अरुको उन्नतिमा
आफ्नो अधोगति देख्ने
हाम्रा कृतज्ञताहरुलाई!!!
चिकित्सा शास्त्र अध्ययन संस्थान
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...