×

NMB BANK
NIC ASIA

जनता पिल्सने समायोजन ! (कविता)

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दिपक महत

Sagarmatha Cement
Muktinath Bank

गाँउको विकट कुना,
जहाँ अस्पतालको कुनै नाम निसान छैन
हो म त्यहीँबाट उपचार खोज्नशहर भित्रिएँ
तर, सरकारी अस्पताल बन्द थिए
निजी अस्पताल म आफैले बन्द गरें    
किन भनेर प्रश्न नगर्नुस्
बन्द हुने र राख्ने नियती र नियम भन्दा भिन्न छन्
म नियतीको नियमभित्र बाँधिएको छु
सोध्नुहोला, कसरी?
म कहाँ महँगो शुल्क बुझाउन सक्छु !
त्यसैले निजी, नियमले नै मलाई बन्द गराइदियो
भने सरकारी समायोजनले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति लामो अप्ठ्यारो बाटो हिँडेर,
कलेंटी परेको मुहार लिएर
बल्लतल्ल अस्पताल टेकेका
म जस्ता धेरै अन्योलमा रह्यौं, मुखामुख गर्र्यों
तर यो व्यर्थ थियो
किनकी आफ्ना सर्तमा कोही टसमस छैनन्
बरु भिड्ने मुडमा छन्
रोगसँग भिड्न नसकेर अस्पतालको गेटमा
घिस्रेका बिरामी हामी
एकैसाथ विचरा, पीडित र निर्दोष हौं
तर यो मान्न तयार को नै होला
त्यसैले म ढुक्कै छु र भन्छु
देशमा म मात्रै बिरामी कहाँ हुदों रैछु र
यहाँ त देश नै बिरामी भएको छ
कर्मचारी एकातिर, सरकार अर्कोतिर
बिरामी पश्चिमतिर, अस्पताल पूर्वतिर ।


Advertisment
Nabil box
Kumari

म घोत्लिरहें,
उपचार नपाएका तमाम बिरामी देखेर
कठोर मन भएका नियम, नीति र मान्छे भेटेर
अब विकल्प साँघुरियो त्यसैले
रोगलाई अस्पतालमा नै बिसाउन नपाई
म जस्ता धेरै बिरामी
फेरी उसैगरी धुजा परेको मलिन अनुहार लिएर
अस्पतालबाट घरतिर हिँडे
रोगलाई गाँउतिरै लगे
सोच्छु,रोगले तीनलाई नलगे हुन्थ्यो
समायोजनको असरले नभेटे हुन्थ्यो ।

Vianet communication
Laxmi Bank

यहाँ रोगले सबैतिर गाँज्न थालिसक्यो
समस्या निम्तिनु भनेको रोगी बन्नु सरह नै हो
त्यसैले मान्छेका चेतसँगै म
देश नै बिरामी देख्न थालिसकें
तपाइले नदेख्नुभएको भए
मेरो दृष्टिमा प्रश्न उठाउनुहोला
मिल्छ भने समायोजनको हिसाब
जनता नपिल्सदैं
छिट्टै मिलाउनुहोला ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x