×

NMB BANK
NIC ASIA

म्यादभन्दा १ वर्षअघि नै सकियो निर्माण, प्रधानमन्त्रीले भेरी–बबईमा ‘ब्रेक थ्रू’ गर्दै

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण पूरा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलवार सुरुङको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम तय गरिएको आयोजनाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय गौरवको आयोजना भएको र नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट सुरुङ निर्माण भएकाले ब्रेक थ्रूका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए । उनले भने, ‘मंगलवार सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्छाैं ।’


Advertisment
Nabil box
Kumari

नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको छ । समय अगावै टीबीएमले १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गरिसकेको उनले बताए ।

Vianet communication
Laxmi Bank

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् र ५ नम्बर प्रदेशका बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहितको आयोजनामा भेरीको पानी सुरुङमार्फत् बबईमा पुर्याउनेस्थल भेरीगंगा नगरपालिका–११ को चिप्ले सिंगारिएको छ । 

‘भेरी नदी किनारमा हेलिप्याड बनाएका छौं । ध्वजापताकाले चिप्ले रंगाइएको छ,’ उनले भने, ‘बबईदेखि चिप्लेसम्मको १२ दशमलव २ किलोमिटरमध्ये पाँच मिटर मात्रै सुरुङ खन्न बाँकी छ ।’ 

प्रधानमन्त्रीको उपस्थितिमा ५ मिटरको सुरुङ १५ देखि २० मिनेटमा सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख बरालले बताए । मञ्चदेखि अन्य तयारी पूरा भइसकेको उनको भनाई छ । टीबीएम मेसिन २ सय ७४ मिटर लामो छ । ब्रेक थ्रू कार्यक्रममा १ मिटर भाग मात्रै जमिन बाहिर ल्याइने छ । 

सुरुङ मार्गको ब्रेक थ्रू कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुर्खेत, बर्दिया र बाँकेबाट संघ, प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आउने भएका आयोजनाले जनाएको छ । 

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणका लागि सिँचाइ विभागले ४ वर्षको समयावधि दिएको थियो । चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले सम्झौतामा उल्लिखित अवधिभन्दा १ वर्ष १२ दिनअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । 

२०७२ जेठ २१ गते काम शुरू गरेको कोभेकको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । ‘लक्ष्य अगावै सुरुङ मार्ग निर्माण सम्पन्न गर्न सफल भयौं,’ आयोजना प्रमुख बरालले भने, ‘योसँगै नेपालमा टीबीएमको सफल परीक्षण पनि सम्पन्न गर्यौं ।’ सुरुङ मार्ग लक्ष्य अगावै सम्पन्न भएपनि चिप्लेमा बाँध र बबईमा विद्युत् गृह निर्माणको काम शुरू भएको छैन । अझै केही वर्ष सुरुङ मार्गबाट भेरीको पानी बबईमा खस्ने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x