कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बैशाख ३, २०७६
काठमाडौं – नेपालीहरूले चलाएको रेस्टुराँमा मानवतस्करीको धन्धा चल्ने गरेको भनी फिनल्यान्डको हेल्सिन्गिन सानोमात पत्रिकामा केही दिनअघि एउटा खोजी समाचार प्रकाशित भएको छ ।
नेपालबाट प्रकाशित हुने अंग्रेजी पत्रिका नेपाली टाइम्समा पत्रकार नम्रता शर्माले नेपाली रेस्टुराँहरूमा कामदारहरूलाई चरम शोषण गरेर राखिएको भनी समाचार प्रकाशित गरेपछि पावो टेइट्टिनेन नामक खोजी पत्रकारले हेल्सिन्गिन सानोमात पत्रिकामा फिन्निश भाषामा खोजी समाचार निकालेका हुन् । उक्त पत्रिका फिनल्यान्डमा सर्वाधिक बिक्री हुने गरेको छ ।
उक्त लेखको सार खिच्दै युल पत्रिकाको अंग्रेजी अन्लाइन संस्करणले नेपाली रेस्टुराँहरूमा धेरै कामदारहरू कठोर श्रममा लगाइने गरेको लेखेको छ । रिपोर्टका अनुसार, कामदारहरूलाई कानूनले तोकेको भन्दा निकै कम तलबमा १६ घन्टासम्मको शिफ्टमा काम गराइएको पाइएको छ ।
हेल्सिन्गी सानोमात पत्रिकाको खोजी समाचारमा गरीब नेपालीहरूलाई फिनल्यान्ड ल्याइएको र उनीहरूलाई कम तलबमा राखेर अनि करछली गरेर फिनल्यान्डको श्रम कानूनको उल्लंघन गरेको समेत उल्लेख गरिएको छ ।
यस विषयमा फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्युरोले अनुसन्धान समेत गरेको छ ।
नेपाली टाइम्स पत्रिकामा प्रकाशित समाचारमा चारजना नेपालीहरू वसन्त अधिकारी, पूर्ण अधिकारी, सृजना घिमिरे र आभा पोखरेलले कामदारहरूलाई अमानवीय ढंगले काममा लगाएको भनी उजागर गरिएको थियो ।
उनीहरूलाई फिनल्यान्डको नर्थ सावो जिल्ला अदालतले दोषी ठहर गरेर उनीहरूबाट २ करोड ८० लाखभन्दा बढी रुपैयाँ जफत गरेको छ । उनीहरूलाई करछली गरेको र फर्जी बहीखाता बनाएकोमा जरिवाना लगाइएको छ । मुख्य आरोपितलाई १ वर्ष ८ महिनाको सशर्त कारावास सजाय पनि सुनाइएको छ ।
सबै आरोपितले अपराध सकारेको र ब्याजसहित जरिवाना र सबै बाँकी कर तिर्न सहमति जनाएकाले फिनिश कानून अनुसार उनीहरूलाई कारावास सजाय दिइएको छैन तर उनीहरूमागि निगरानी भने राखिनेछ ।
समाचारमा उल्लेख भएअनुसार, लामो समयसम्म यस विषयमा फिनल्यान्डका अधिकारीहरू अनभिज्ञ रहे किनकि बाहिरबाट हेर्दा सबै कुरा नियमअनुसार नै चलेको जस्तो देखिएको थियो ।
नेपाली खाना बनाउन जान्ने स्थानीय नभएकाले नेपालबाटै कामदार मगाउन मिल्ने सुविधा फिनल्यान्डको श्रम कार्यालयले दिएको छ । त्यसको फाइदा उठाउँदै केही नेपाली रेस्टुराँ मालिकले नेपाली कामदार भित्र्याएका हुन् ।
त्यसरी ल्याएका पाककलामा निपूण कूकले मासिक १८ सय युरो (लगभग २ लाख २७ हजार रुपैयाँ) कमाउन सक्छन् । तर अनुसन्धानले देखाएअनुसार, उनीहरूलाई महिनामा ३०० घन्टासम्म काममा लगाउने गरिएको छ । कामदारहरूलाई दिइने तलब पनि रेस्टुराँ मालिकहरूको बैंक खातामा राख्ने गरिएको छ ।
फिनिश हस्पिटालिटी एसोसिएसन माराका प्रमुख कार्यकारी अधिकृत टिमो लाप्पीका अनुसार, कागजातहरू दुरुस्त राखेका कारण नेपाली रेस्टुराँहरू अधिकारीहरूको निरीक्षणमा नपरेका हुन् ।
हेल्सिन्गी सानोमात राष्ट्रिय दैनिकले फेला पारेको तथ्यमा नेपाली रेस्टुराँमा काम गर्नका लागि नेपाली कामदारहरूले १० हजार युरोसम्म (१२ लाख रुपैयाँभन्दा बढी) तिर्ने गरेका छन् । तर त्यति ठूलो रकम बुझाएर फिनल्यान्ड पुग्दा उनीहरूले दासले जस्तो जीवन बिताउनुपरेको छ ।
चरम शोषणमा परेका एक नेपाली कूकले आँट गरेर आफूमाथिको अन्यायका विषयमा फिनल्यान्ड प्रहरीमा उजुरी गरेपछि यो प्रवृत्ति उजागर भएको हो । नेपाली टाइम्ससँग कुराकानी गर्ने नेपालीको नाम परिवर्तन गरी माइला लेखिएको छ भने हेल्सिन्गी सानोमातमा उनको नाम सुमन लेखिएको छ ।
नेपाली टाइम्समा समाचार आएपछि उजुरी गर्ने व्यक्तिलाई धम्की दिइएको र पत्रकार नम्रता शर्मालाई समेत चेतावनी दिइएको समाचारमा उल्लिखत छ । समाचारमा नाम किटिएका नेपालीहरूले प्रतिशोध लिने डर पत्रकार शर्मालाई देखाइएको थियो । अझ उक्त समाचारमा उनले देवी शर्मा र हेमराज शर्माको नाम उल्लेख गरेकै थिइनन् । पछि उनीहरूको नाम समेत हेल्सिन्गी सानोमात पत्रिकाको समाचारमा उल्लिखित भयो ।
फिनल्यान्डमा नेपालीले खोलेको पहिलो रेस्टुराँको नाम हिमालय रेस्टुराँ हो । गुल्मीका देवी शर्माले आफ्नी पत्नी मञ्जु शर्मासँग मिलेर यो रेस्टुराँ २०५० मा खोलेका थिए । पछि उनको व्यवसाय बढ्दै गएर उनले लालीगुराँस, गोर्खा र यति रेस्टुराँ पनि खोलेको नेपाली टाइम्स पत्रिकाको खबरमा उल्लिखित छ ।
अहिले फिनल्यान्डभरि ७० भन्दा बढी रेस्टुराँ नेपालीहरूले चलाएका छन् र तीमध्ये अधिकांश नेपाली गुल्मीका हुन् ।
घर र रेस्टुराँमा काम गर्न राखिएकी एक नेपाली महिलाले आफूलाई २४ घन्टै काममा खटाइने गरेको र उचित तलब दिने समेत नगरिएको भनी गुनासो गरेको नेपाली टाइम्सको खबरमा उल्लिखित छ । आफूमाथि यौन दुर्व्यवहार गरिएपछि उनले प्रहरीसमक्ष उजुरी समेत गरेकी थिइन् ।
हेल्सिन्गी सानोमात पत्रिकाले उजागर गरेअनुसार, दुई वर्षको अनुसन्धानपछि ती महिलालाई मानव तस्करी गरेर देवी र मञ्जु शर्माले नै ल्याएका रहेछन् भनी प्रहरीले पत्ता लगायो ।
नेपालीलाई प्रवेशाज्ञामा कडाइ
यो घटना सार्वजनिक भएपछि फिनल्यान्ड सरकारले नेपालीहरूलाई भिसा (प्रवेशाज्ञा) दिनमा कडाइ गरेको खुलेको छ । फिनल्यान्डमा रहेर व्यवसाय सञ्चालन गर्ने एक नेपालीले नाम नबताउने शर्तमा घटनापछि ९५ प्रतिशत भिसा निवेदन फिनल्यान्ड दूतावासले अस्वीकार गरिदिएको बताए ।
घटनाका कारण नेपालीलाई माया गर्ने फिनल्यान्डवासीहरू स्तब्ध छन् । सस्तो दरमा खाना पाइने भनी नेपाली रेस्टुराँमा फिनल्यान्डवासीहरू बाक्लै जाने गरेका थिए । ‘तर घटना सार्वजनिक भएपछि नेपाली रेस्टुराँहरूको २५ प्रतिशतसम्म व्यापार घटेको सुन्नमा आएको छ,’ उनले लोकान्तरलाई बताए ।
घटनाका कारण नेपालीहरूको छविमा नकारात्मक असर परेको छ कि भन्ने लोकान्तरको प्रश्नमा उनी बताउँछन्, ‘घटनाका कारण नेपाली समुदायको प्रतिष्ठामा केही आँच त आएको छ । तर फिनिशहरू शिक्षित र विवेकी भएका कारण केही दोषी मानिसलाई हेरेर समग्र नेपालीप्रति नकारात्मक धारणा बनाएका छैनन् । नेपाली आफैंले चाहिँ एकअर्कालाई खिसीटिउरी गरेको र होच्याएको पाइनु दुःखद हो,’ उनी भन्छन् ।
आप्रवासीविरोधी लहर
युरोपमा आप्रवासीविरुद्धको जनभावनामा वृद्धि भइरहेको बेलामा नेपाली आप्रवासीहरूले आफ्नो छवि उच्च राख्नुपर्ने आवश्यकता देखिन्छ । फिनल्यान्डमा हालै सम्पन्न आमनिर्वाचनमा आप्रवासीहरूलाई नियमन गर्नुपर्ने अडान राख्ने राष्ट्रवादी दल पेरुस्सुओमालाइसेट अर्थात् फिन्स पार्टीले निकै राम्रो प्रदर्शन गर्दै पहिलो स्थानको सोसियल डेमोक्रेट्स पार्टीभन्दा जम्मा एक सीट कम (कुल ३९) ल्याएको छ ।
उक्त दलका नेता जस्सी हाल्ला–आहोले आफूहरू ‘हानिकारक विदेशी’ हरूलाई फिनल्यान्ड प्रवेश गर्नै नदिने बताएका छन् । उनको दलले सरकार बनाउनसक्ने सम्भावना त देखिएको छैन तर उनको उदयले फिनल्यान्डमा आप्रवासनविरोधी लहर आएको चाहिँ देखिएको छ ।
यस्तो स्थितिमा नेपाली आप्रवासीहरूले फिनल्यान्डको नियमकानून अनुसार चलेर सच्चा नागरिकको धर्म निर्वाह गर्नुपर्ने फिनल्यान्डमा बस्ने नेपालीहरू बताउँछन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...