×

NMB BANK
NIC ASIA

उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत

बैशाख ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलवार आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा काठमाडौं उपत्यकामा बिक्री हुने गरेका सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलबाड गर्दा पनि दण्डित नहुनु  विडम्बना भएको प्रसंग उल्लेख गर्दै उनले उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधीसरह कानूनी कारवाही गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री राउतले खुला रूपले बिक्री गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो औंल्याए । 


Advertisment
Nabil box
Kumari

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बजार अनुगमन गर्ने संरचनामा समन्वय, सहकार्य र एकरूपता कायम हुनुपर्ने बताउँदै उपभोक्ता शिक्षामा आम उपभोक्ताको पहुँच अहिलेसम्म हुन नसकेको प्रसंग उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले उपभोक्ताको संरक्षण मानवअधिकार वा कानूनी विषयबारे विश्वव्यापी बहस बनेको बताउँदै उपभोक्ता संरक्षण ऐनले सबैको दायित्वलाई व्यवस्थित गरेको उल्लेख गरे । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x