×

NMB BANK
NIC ASIA

भेरी-बबई जस्ता आयोजनाहरू अरू पनि बन्छन् - प्रधानमन्त्री ओली

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी बबई डाइभर्सन जस्ता आयोजनाहरू अझ धेरै बनाउने संकल्प गरेका छन् । मंगलवार भेरी बबई डाइभर्सन आयोजना 'ब्रेक थ्रु' कार्यक्रमलाई सम्बोधन गर्दै यो आयोजना मेसिनको प्रयोगले सम्भव भएको भन्दै यस्ता आयोजना धेरै बनाउने उद्घोष गरेका हुन् ।

Muktinath Bank

‘मेसिनको प्रविधिबाट सम्भव भएको हो,' ओलीले भने, 'यस्ता आयोजना अब हामी नेपालमा धेरै बनाउँछौं ।’ प्रधानमन्त्री ओलीले उक्त डाइभर्सन आयोजनाको स्वीच थिचेर 'ब्रेक थ्रु' गरे । बहुचर्चित उक्त आयोजनाको प्रधानमन्त्री ओलीले मंगलवार टिबीएम मेसिनलाई भेरीगंगा नपा ५ चिप्लेमा बाहिर निकाल्न स्वीच थिचेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन वर्षमा सुरुङ निर्माण सक्ने भनेर ठेक्का पाएको चिनियाँ कम्पनीले एक वर्ष अगावै निर्माण कार्य सक्नुले नेपाली जनतालाई, सरकारलाई उत्साहित बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

‘गर्मी मौसम चर्को छ तर खुशीको क्षणमा छौं,' ओलीले भने, 'एउटा पहिलो प्रयोगले सफलता पाएको छ । जोखिमयुक्त, चुरे श्रंखलामा सुरुङ बनाउन सजिलो कुरा थिएन ।’

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेश सरकारले बिजुली देउ भनेर भन्ने गरेको भनाई प्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले पानी नेपालकै खेतमा लाग्ने बताए । ‘नेपालकै खेतमा हो पानी लाग्ने । चित्त सानो नबनाउनुस्,’ उनले भने, ‘उतीबेला मैले बाँके बर्दिया कर्णालीमा मिलाउँ भनेको हुँ तर मेरो पुत्ला जलाइयो ।’

विकासमा तीव्रता चाहन्छौं

प्रधानमन्त्री ओलीले देश विकासमा तीव्रता चाहेको बताए । उनले भने ‘नेपाल राजनीतिक रुपमा संक्रमणकालमा थियो । अब हामी विकास निर्माणमा, समृद्धिमा अघि बढन चाहन्छौं । अहिले हामी रुपान्तरण गर्न, विकास गर्न अघि बढिरहन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाउँदै लगानी बढाई विकासमा हातेमालो गर्न अमेरीका तथा चीनियाँ राजदुतलाई आग्रह गरे । ‘हामी तपाईहरुसँग सहकार्य गर्न चाहन्छौं,' उनले भने, 'हामी प्रविधिमा सर्पोट चाहन्छौं । विदेशी लगानी चाहन्छौं ।’

भर्ना अभियानमा साथ दिन आग्रह

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियानमा साथ दिन सबैलाई आव्हान गरे । ‘गत वर्षको बैशाख एक गते रारामा आएर हात समाएर भर्ना भएकी छोरी प्रथम भइछन्,' ओलीले भने, ' नेपाली दाजुभाइलाई निरक्षर र अनपढ रहन दिन सकिदैन । आवश्यकताको आधारमा सहयोग गर्न सरकार तयार छ । जनप्रतिनिधि, राष्ट्रसेवक, नेता कार्यकर्ता सबैको साझा कर्तव्य हो । एक बालबालिका पनि विद्यालय बाहिर रहन नपाओस् । त्यस अभियानमा हामी लागौं ।’

बाढीपीडितलाई छानामुनि ल्याइने

प्रधानमन्त्री ओलीले २०७१ मा बाढीले सुर्खेतमा विपत पारेको बताए । ‘२०७१ सालमा बाढीले सुर्खेतमा ठूलो क्षति गरायो । अहिले पनि १०४५ घर पालमै बसेका छन,’ उनले भने, ‘म २०७२ मा प्रधानमनत्री भएँ नौ महिनाका लागि तर ६ महिना नाकाबन्दी मै बित्यो ।’

तर असार भन्दा पहिले नै बाढीपीडितलाई छानामुनि ल्याउन प्रदेश सरकारको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत बजेट लगानी गरिने प्रधानमन्त्री ओलीले बताए ।

उनले भेरी बबई डाइभर्सनको अब पावर हाउस बनाउने र अन्य कामहरु तत्काल सम्पन्न गर्ने गरी अघि बढाउन विभागिय मन्त्रीलाई निर्देशन पनि दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x