×

NMB BANK
NIC ASIA

मुख्य समाचार

पब्जी खेल प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्चमा रिट, यसकारण बढेन पेट्रोलियम पदार्थको मूल्य

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ ।

Muktinath Bank

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले गरेको पत्रचार रोक्न अस्वीकार गरेपछि नागरिकता वितरण गर्न बाटो खुलेको हो । वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले चैत १९ गते देशभर परिपत्र गरेको थियो । सो निर्णयको विरुद्धमा अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको उल्लेख गर्दै रिट निवेदन दायर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत २५ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो । 


Advertisment
Nabil box
Kumari

पब्जी खेल प्रतिबन्ध विरुद्ध रिट

Vianet communication
Laxmi Bank

अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गरिएको छ । 

रिटमा इन्टरनेटका माध्यमबाट अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानून विना स्वेच्छाचारी ढङ्गले बन्देज लगाउने निर्णय तथा पत्राचार मुद्दाको टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

गत चैत २७ गते महानगरीय अपराध महाशाखाले पब्जी खेल बन्द गर्ने आदेश माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो । अदालतले अनलाइन खेलले पार्ने असरका सम्बन्धमा मनोचिकित्सकको समेत परामर्श लिई माग बमोजिम सो खेल बन्द गर्न स्वीकृति दिने आदेश जारी गरेको थियो । सो आदेशपछि नेपाल दूरसञ्चार प्राधिकरणले गत चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थु्र’

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । 

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । 

७८ समूहका ६९२ लाई आरोहण अनुमति 

हिमाल आरोहणको मौसम शुरु भएपछि सोमबारसम्म ७८ समूहका ६९२ जनाले आरोहण अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित देशका २० हिमाल आरोहणका लागि उक्त आरोहीले अनुमति पाएको पर्यटन विभागले जनाएको छ । 

हिमाल आरोहणको वसन्त ऋतु शुरु भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोमबारसम्म ३६० जनाले अनुमति पाएको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार सगरमाथाको शिखर चढ्नका लागि ४६ देशका ३६० जनाले अनुमति पाएका हुन् । 

अनुमति पाउनेमा २९० पुरुष र ७० जना महिला छन् । सगरमाथाको आरोहण अनुमति लिनेमा सबैभन्दा बढी भारतका ६७ पुरुष र १६ महिलासहित ८३ जना आरोही रहेका छन् । 

त्यस्तै अमेरिकाका ६७ जना रहेका छन् भने चीनका ५९ र बेलायतका ४० जना पर्वतारोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि नेपाली १२ जना रहेका छन् जसमा ६ महिला र ६ पुरुष छन् । 

सोलुखुम्बु जिल्लामै पर्ने अर्को आमादब्लम हिमाल आरोहणका लागि पाँच समूहका ४९ जनाले अनुमति लिएका छन् । त्यस्तै लोत्से हिमाल आरोहणका लागि ६ समूहका ६६ र नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका पर्वतारोहण शाखाका नायब सुब्बा निरौलाले जानकारी दिए । 

हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी 

हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्य वृद्धि भएको पाइएको छ । 

‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा  क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाडौँ उपत्यकामा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो ।

सोही  अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो 

राष्ट्र बैंकको विवरणअनुसार चालू आवको आठ महीनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा रु पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण आप्रवाह भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले घटेको थियो । 

पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि पेट्रोलियम पदार्थको साबिकको मूल्यलाई यथावत् कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

यसअघि निगमले स्वचालित मूल्य प्रणालीका आधारमा १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मंगलबार निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा एक रुपैयाँ ४३ पैसा र डिजेलमा ७२ पैसा वृद्धि भएर आएको छ । 

मूल्याङ्कन नगरी दरबन्दी सिर्जना 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयको कार्यबोझ नै मूल्याङ्कन नगरी दरबन्दी सिर्जना गरेको पाइएको छ । 

महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनमा मन्त्रालयले कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा कार्यालयको कार्यबोझ नै मूल्याङ्कन नगरी दरबन्दी सिर्जना गरेको पाइएको उल्लेख गरिएको छ । 

‘‘व्यवस्थापन सर्वेक्षणबाट कतिपय निकायहरूमा कार्यबोझको मूल्याङ्कन नगरी दरबन्दी कायम गर्नाले सङ्घ, प्रदेश र स्थानीय तहमा दरबन्दी घटी बढी भएको अवस्था छ’’, प्रतिवेदनमा भनिएको छ, ‘‘जनशक्तिको पर्याप्त कार्यबोझका आधारमा मात्र दरबन्दी सिर्जना गर्नुपर्नेतर्पm ध्यान जानुपर्दछ ।’’

मन्त्रालयले सर्वेक्षण गरी सङ्घतर्फ ४८ हजार ४०९, प्रदेशतर्फ २२ हजार २९७, स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दी स्वीकृत भएको छ । दरबन्दीअनुसार नै मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजन गरिसकेको छ । 

प्रतिवेदनमा एकै प्रकृतिका काम गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा समानान्तर संरचना स्थापना गर्नाले कामको दोहोरोपना, काम खप्टने र टुक्रिने अवस्था देखिएको उल्लेख छ । 

काँग्रेसको अभियान घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुनेछ । 

      काङ्ग्रेसले एक पत्रकार सम्मेलन गरी सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जनाइएको छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रूपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि गर्ने, काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पु¥याउने अभियानका उद्देश्य छन् । 

मौसम खराबीका कारण उडान रोक्न सकिएन : बुद्ध एयर

मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले मंगलबार विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको हो । 

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन् । 

“विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, मंगलबार सुदूरपश्चिम प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”

संसदीय सुनुवाइ बुधबारदेखि 

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश भएका गरी सात जनामाथि बुधबारदेखि सुुनुवाइ गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया, सर्वोच्च अदालतका न्यायाधीशमा प्रकाश ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र डा मनोजकुमार शर्मा तथा समावेशी आयोगका सदस्यमा विष्णुमाया ओझाको नाम सो पदका लागि सिफारिश भएको छ ।

देशभर विद्यार्थी भर्ना अभियान शुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान शुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिए । 

नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण हुने

नेपालकोे पहिलो पटक अप्रिल १७ मा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।  जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो । 

‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । 

नेपालले ओमनलाई हरायो

आइसिसी उन्नाइस वर्षमुनि (यु १९) एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत मंगलबार भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ ।

मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गयो । जवाफी ब्याटिङमा उत्रेको ओमन ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेटियो । 

ओमनका लागि अमनप्रित सिंह र जिल तन्नाले समान १३÷१३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । ओमनलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ एक्लैले तीन विकेट लिए । 

त्यस्तै सूर्य तामाङ र प्रतिष जिसीले समान दुई÷दुई विकेट तथा कौशल मल्ल, भीम सार्की र कमल सिंहले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।

बलिङतर्फ ओमनका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई÷दुई विकेट झारेका थिए । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको थियो । 

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x