धुलोसहितको आँधीका कारण भारतमा कम्तिमा ३५ जनाको मृत्यु

फाइल फोटो
बैशाख ४, २०७६

नयाँ दिल्ली– भारतको विभिन्न राज्यमा मंगलवार राति बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । 


ADVERTISEMENT

त्यसगरी पश्चिम राज्य गुजरातको कैयौं जिल्लामा आएको धूलोसहितको आँधीमा परी कम्तीका ९ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्लाहरू यस आँधीका कारण प्रभावित भएका छन् । 

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरूप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले बताएका छन् । 
 

बैशाख ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस