×

NMB BANK
NIC ASIA

कांग्रेसको 'हिपतम' अभियान

कांग्रेसमा ‘जुँगाको लडाइँ’ : गुटको स्वार्थ बिर्सेर नयाँ वर्षको उपहारमा रमाउलान् नेता ?

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसले वैशाख ११ देखि राष्ट्रव्यापी रूपमा हिमाल, पहाड, तराई–मधेश ‘हिपतम’ अभियान सञ्चालन गर्ने भएको छ ।

Muktinath Bank

कमजोर प्रतिपक्षीको आरोप खेपिरहेको नेपाली कांग्रेसले सञ्चालन गर्ने भनेको जागरण अभियान अन्तर्गत संविधान संशोधन गर्न दबाब दिनेदेखि लिएर विपद् सामना गर्ने सतर्कताका साथ काम गर्ने स्वयंसेवी समूह निर्माण गर्नेसम्मका कार्यक्रम रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमको आयोजना गरेर नेपाली कांग्रेसले देशव्यापी रूपमा राष्ट्रिय जागरणका रूपमा हिपतम अभियान सञ्चालन गर्ने जानकारी दियो । २०७४ सालमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसलाई केन्द्र र ७ वटै प्रदेशमा प्रतिपक्षीको बेन्चमा पुर्याएपछि कुनै बेला एकल दुईतिहाइ मत ल्याएर देश हाँकेको कांग्रेस कमजोर बनेको थियो ।


Advertisment
Nabil box
Kumari

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको बलियो सरकारमा निरीहजस्तो देखिएको प्रमुख प्रतिपक्षी कांग्रेस गुट–उपगुटका कारणले आन्तरिक रूपमा पनि निरीह देखिएको छ । कांग्रेसकै कतिपय नेताले शीर्ष नेता भागबण्डाको राजनीति गर्न थालेकाले कांग्रेस कमजोर बनेको टिप्पणी गर्ने गरेका छन् । पार्टीभित्र आन्तरिक मेलमिलाप नै नभएको अवस्थामा अभियान त्यति साह्रो प्रभावकारी नहुनेमा पार्टी केन्द्रीय समितिकै सदस्यले शंका गरेका छन् । 

Vianet communication
Laxmi Bank

‘के कारणले विगतमा हामी बिग्रियौं ? समयका चुनौती के–के हुन् ? सत्तापक्षले के गर्दैछ ? देशका समस्या के हुन् ? यी ४ वटा कुरालाई मनन् नगरिकन हामी सफल हुन सक्दैनौं,’ केन्द्रीय समिति सदस्य चन्द्र भण्डारीले लोकान्तरसँग भने, ‘विगतमा किन साथीहरूको चित्त दुख्यो, कहाँनिर हामीले गल्ती कमजोरी गर्‍यौं ? यसको समीक्षा गरेर अभियान सञ्चालन गर्ने हो भने राम्रो हुन्छ । नत्र सभा भाषण मात्र होलान्, त्यसले कांग्रेसलाई प्रभावकारी रूपमा राष्ट्रिय राजनीतिमा पुनर्स्थापित गर्न सक्दैन ।’ 

कार्यकर्तालाई नयाँ वर्षको उपहार 

निर्वाचनपछि प्रभावकारी जनमुखी कार्यक्रम गर्न नसकेको कांग्रेसले वैशाख ११ गतेदेखि शुरू हुने अभियानलाई जोडतोडका साथ जनतासमक्ष लैजाने दाबी गर्‍यो । यसलाई कतिपय नेताहरूले कार्यकर्तालाई कांग्रेसले दिएको नयाँ वर्षको उपहार हो भन्न समेत भ्याएका छन् । 

कांग्रेसका एक केन्द्रीय समिति सदस्य भन्छन्, ‘यो अभियानलाई हामीले कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई दिएको नयाँ वर्षको उपहारको रूपमा लिनुपर्छ । नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेश जोड्दै देशव्यापी रूपमा जागरण अभियान शुरू गरेको छ र यस्तो अभियान विरलै सञ्चालन हुने गर्छन् । हामीले यसलाई जसरी पनि सफल बनाउने रणनीति लिएका छौं । यसले नेता, कार्यकर्ता र आम जनतालाई समेत उत्साहित गराउनेमा दुईमत छैन ।’ 

संसदीय राजनीतिमा सरकारको अलोकप्रियतालाई प्रतिपक्षीले आफ्नो राजनीतिक सफलतासँग जोडेर हेर्ने गर्दछ । तर दुईतिहाइ अंकगणितका साथ सत्तासीन रहेको नेकपाले गरेका कतिपय निर्णय अलोकप्रिय रहेको विश्लेषण भइरहँदा पनि नेपाली कांग्रेसले सिर्जनात्मक प्रतिरोध गरेको देखिएको छैन । कांग्रेसको भूमिका सडक र सदन दुवै मञ्चमा कमजोर रहेको देखिएको छ । यसले आम कार्यकर्तामा निराशा छाएको छ भने भागबण्डाको राजनीति गरेको भन्ने आरोप लागेका नेता पनि अन्योलमा देखिएका छन् ।

अभियानलाई कार्यकर्ताले उपहारका रूपमा ग्रहण गर्छन् कि नेतृत्वप्रति आक्रोश व्यक्त गर्ने मञ्चका रूपमा लिन्छन्, त्यो हेर्न बाँकी छ । ७७ मध्ये करीब ५५ जिल्ला सभापतिले अहिलेको नेतृत्व ‘निकम्मा’ भएको भन्दै विशेष महाधिवेशन माग गरेर नेतृत्व बढार्ने चेतावनी दिएका थिए । यस्तो अवस्थामा जिल्ला, स्थानीय निकाय र गाउँगाउँमा गरिने कार्यक्रम प्रभावकारी रूपमा होला भन्ने विश्वास नै शंकाको घेरामा रहेको छ । 

नेतृत्वमाथि नै कारवाहीका उजुरी

अभियानले कांग्रेसको देशव्यापी उपस्थिति देखाउने छ । कांग्रेस अझै पनि गाउँ र जिल्लास्तरमा बलियो संगठन भएको पार्टी हो । तर वर्तमान नेतृत्वप्रति कांग्रेसका कार्यकर्ता असन्तुष्ट भएको अवस्था छ । भर्खरै गठन भएको अनुशासन आयोगमा स्थानीय स्तरबाट शीर्ष नेतृत्वमाथि कारवाहीका गर्नुपर्ने भन्दै प्रसस्त उजुरी परेका छन् । 

जिल्लामा आयोजित हुने कार्यक्रममा प्रमुख अतिथि को हुने, कसलाई बोलाउने, कसको कार्यक्रम बहिष्कार गर्नेजस्ता प्रश्न पनि उठ्न सक्छन् । आम तहमा रहेको कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म नेपाली कांग्रेस अभियानकै भरमा बलियो बन्नेमा कांग्रेसकै नेताले शंका व्यक्त गरेको अवस्था छ । 

गुटगत रूपमा बाँडफाँड गरेर आयोग र विभाग गठन भएको छ । ती विभागले स्वतन्त्र रूपमा काम गर्न सक्ने अवस्था छैन । पार्टी शुद्धीकरणका लागि कांग्रेसले आन्तरिक अभियानमा पनि उत्तिकै जोड दिनुपर्ने कतिपय नेता बताउँछन् ।

‘अधिनायकवाद’को धङधङीमै कांग्रेस

निर्वाचनताका कम्युनिस्ट सरकार अधिनायकवादी हुने हल्ला चलायो कांग्रेसले । तर जनताले कांग्रेसको कुनै ठोस मुद्दा र कार्यपत्र नदेखेपछि कांग्रेसको भाषामा ‘अधिनायकवाद’ नै रोजे । कांग्रेसले अझै पनि जनताले मतबाट प्रकट गरेको आशय बुझ्न सकिरहेको छैन ।

सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले केही उदाहरण दिँदै सरकार अधिनायकवादी बन्न खोजेको आरोप लगाए । राष्ट्रिय सुरक्षाका कतिपय संवेदनशील अंग प्रधानमन्त्री कार्यालय मातहत ल्याएको, प्रधानमन्त्रीले सेना परिचालनको अधिकारको दुरुपयोग गर्न खोजेको, संवैधानिक परिषदमा प्रतिपक्षी नेताको उपस्थिति विना नै महत्त्वपूर्ण निर्णय गरेको भन्दै सरकारलाई कांग्रेसले अधिनायकवादीको आरोप लगाउने गरेको छ ।

कार्यकारी अधिकार बोकेका प्रधानमन्त्रीले आफ्नो मातहतमा केही शक्ति प्रत्यायोजन गर्दा त्यसलाई अधिनायकवाद भन्न नहुने सत्तापक्षको तर्क छ । सत्तारुढ दल नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘कांग्रेस आफू अकर्मन्यतामा फसेको छ । तर सरकारलाई आरोप भने अधिनायकवादको लगाउँछ । कांग्रेस आफू सत्तामा हुँदा गरेका कतिपय एकल निर्णयलाई हेर्ने हो भने वर्तमान सरकार कांग्रेसको सरकारभन्दा बढी लोकतान्त्रिक छ । कांग्रेस यदि सुध्रिने नै हो भने सरकारले गरेका काममा रचनात्मक टिप्पणी गरिदिए पुग्छ ।’ 

के–के छ अभियानको उद्देश्य ?

कांग्रेसले अभियानका केही उद्देश्य उल्लेख गरेको छ । ‘अभियानको पहिलो उद्देश्य भनेको नेपाली कांग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म साथीहरू एवं आम शुभचिन्तकलाई व्यापक ढंगले सुसूचित गर्नु हो,’ प्रवक्ता शर्माले भने, ‘राष्ट्रव्यापी रुपमा पार्टीपंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्नु हाम्रो अर्को उद्देश्य हो ।’

शर्माले पार्टीको उद्देश्यका रूपमा महासमिति बैठकले पारित गरेका नीति कार्यक्रम र विधान लगायतका दस्तावेज स्थानीय तहसम्मका कार्यकर्तामाझ पुर्याउने उद्देश्य रहेको बताए । तर महासमिति बैठकको सहमतिलाई केन्द्रीय कार्यसमितिले उल्ट्याएको आरोप लागेको छ । महाधिवेशन प्रतिनिधि वडाबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक रूपमा पाएको पद एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने सहमति विरुद्धमा केन्द्रीय समितिले पुरानै विधि स्थापित गर्नुपर्ने भन्दै बहुमतले निर्णय गरेको थियो । केन्द्रीय समितिको यस निर्णय विरुद्धमा ५५ भन्दा बढी जिल्ला सभापतिले पटक–पटक बैठक र वक्तव्यबाजी गरे ।

अभियानकै उद्देश्यका रूपमा वर्तमान सरकारका भ्रष्टाचारी क्रियाकलापबारे आमनागरिकलाई सविस्तार सुसूचित गर्ने कांग्रेसको अर्को उद्देश्य रहेको छ भने तराई–मधेशका जनताको भावना अनुसार संविधान संशोधन गर्न दबाब दिने विषयलाई पनि उद्देश्यकै रूपमा राखिएको छ । 

अभियानका कतिपय उद्देश्य प्रष्ट छैनन् । जस्तैः श्रमिक नेपालीको पीडामा मल्हम लगाउने भनी उल्लेख गरेको कांग्रेसले श्रमिक नेपालीको कस्तो पीडामा मल्हम लगाउने हो, त्यसबारेमा प्रष्ट पारेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x