×

NMB BANK
NIC ASIA

बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी राख्दा अनुमति लिनुपर्ने

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताएका छन् । 

Muktinath Bank

बुधवार विराटनगरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले पछिल्लो समयमा आर्थिक गतिविधि र कर्जाको प्रवाह बढ्नुलाई सकारात्मक लिँदै आर्थिक वृद्धिदर बढ्ने स्पष्ट पारेका हुन् । उनले पछिल्लो समयमा भएका आर्थिक गतिविधिलाई हेर्दा आशालाग्दा कामहरू शुरू भएको बताउँदै कर्जा वृद्धि २२ दशमलव ५ प्रतिशत रहेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्जा वृद्धिलाई हेर्दा यसले गलत ट्र्याक लिन्छ कि भन्ने समेत चिन्ता रहेको हुँदा कहिलेकाहिँ निर्देशन दिनुपर्ने र होल्ड गर्नुपर्ने अवस्था समेत आएको बताए । 


Advertisment
Nabil box
Kumari

उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जनताको पैसा लिएर मनपरी गर्ने छुट कसैलाई नदिइएको स्पष्ट पारे । बैंक तथा वित्तीय संस्थाहरूलाई थप मनपरी हुनबाट रोक्नको लागि सञ्चालकको दबाबमा प्रमुख कार्यकारीले मनपरी बैंकको ब्याज बढाउने गरेको गुनासालाई ध्यानमा राखेर अब सीईओ राख्दा नै राष्ट्र बैंकले अनुमति दिएको व्यक्ति बाहेकलाई राख्न नपाउने व्यवस्था लागू गर्न लागिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘अब बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकलाई जानकारी दिएर मात्र प्रमुख कार्यकारी नियुक्त गर्नुपर्नेछ,' उनले भने, ‘कस्तो व्यक्ति आउने र उनले गर्ने गतिविधिपछि राष्ट्र बैंकले स्वीकृति दिनेछ ।’

समस्याग्रस्त १६ वटा बैंक तथा वित्तीय संस्थाहरू मध्ये १४ वटा सञ्लानमा आइसकेको र बाँकी २ वटा समेत पुन: संचालनको तयारीमा रहेको उनले बताए । अहिले जेमा पनि लगानी गर्दा फाइदा लिन सक्ने भएकोले गलत रूपमा लगानी नहोस् भन्नका लागि राष्ट्र बैंक सचेत रहेको उनले स्पष्ट पारे । 

व्यापारीको ब्याजदर त्रास

विराटनगरका व्यापारीले बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी भएको आरोप लगाएका छन्  । बैंकले व्यापारीलाई पेल्ने काम गरेको व्यवसायीले आरोप लगाएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडाले  बैंकहरू नाफाखोर भएको  बताएका हुन् । राष्ट्र बैंकले उद्योग तथा व्यवसाय पनि सहज रूपमा चल्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरे । 

उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बैंकको ब्याजदरका कारण उद्योगी व्यापारीलाई अफ्ट्यारो पार्ने काम भएको बताएका छन् । अत्याधिक नाफा कमाउने बैंक तथा वित्तीय संस्थाहरूलाई छुट दिएको आरोप लगाउँदै कारवाही गर्नुपर्ने माग अघि सारे । ‘हामी व्यापारीले २० प्रतिशतभन्दा बढी मुनाफा कमाए कालोबजारीमा जेल हालिन्छ,' घिमिरेले भने, ‘बैंकहरूले अर्बौं मुनाफा कमाउँदा पनि वास्ता किन नभएको हो स्पष्ट हुनु पर्‍यो ।’

तीन करोड ११ लाखको भवन

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ११ लाख ३५ हजारको लागतमा भवनको निर्माण सम्पन्न गरेको हो । भवन निर्माणसँगै भाडामा रहेको बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेको प्रबन्धक सञ्चालक मणीकुमार अर्ज्यालले जानकारी दिए । नेपाल ग्रामीण विकास समाज केन्द्रको नाममा शुरू भएको वित्तीय संस्था अहिले नेरुडे लघुवित्त विकास बैंकको रूपमा सञ्लान हुँदै आएको छ । देशका ३० जिल्लामा ८८ शाखामार्फत सेवा प्रवाह गर्दै आएको यस वित्तीय संस्थामा १  लाख ३२ हजार सदस्यहरूमा ८४ हजार २ सय ९५ घर परिवारमा पुगेको अर्ज्यालले बताए । 

आगामी दिनमा ७७ जिल्लामा नै सेवा प्रवाह गर्नको लागि तयारी भइरहेको अर्ज्यालले जानकारी दिए । ४ अर्ब ६६ करोड ऋण लगानी तथा १ अर्ब ७७ करोड बचत गर्दै यस वित्तीय संस्थाको हाल ३० करोड ७६ लाख ४७ हजार चुक्ता पुँजी रहेको सोही अवसरमा जानकारी दिइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x