×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको पत्रले लोकसेवा आयोगका अध्यक्ष असन्तुष्ट : यसरी सिधै पत्र लेख्न मिल्छ ?

बैशाख ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम - प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगलाई पत्र लेखेपछि आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली असन्तुष्ट भएका छन् ।  मुख्यमन्त्री राउतले आयोगलाई लेखेको पत्र हालसम्म त्यहाँ पुग्न सकेको छैन । सिधा उनलाई नै पत्र लेखिएको र मिडियाबाजी भए पछि उनको चित्त दुखेको हो ।

Muktinath Bank

‘प्रदेश सरकारले हामीलाई सिधै पत्र लेख्न उपयुक्त भएन, आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोकान्तरसँग कुरा गर्दै भने, ‘को मार्फत कसरी आउने हो वा संवाद कसरी गर्ने हो भन्ने कुरा त कम्तिमा मुख्यमन्त्रीज्युले बुझ्नुपर्छ नि ।’ पत्र पत्रिकामा आएकै समाचारको आधारमा र पत्रको फोटो समेत देखेकोले मैले त्यति कुरा भनेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारद्वारा माग भई आएपछि लोकसेवा आयोगले भर्ना गर्छ, त्यसको विज्ञापन गर्छ । ‘त्यसैले प्रदेश सरकारले भन्दैमा लोकसेवा आयोगले विज्ञापन रोक्ने कुरा आउदैन,’ आयोगका अध्यक्ष मैनालीले भने, ‘मुख्य मन्त्रीज्यूले मलाई पत्र लेख्ने होईन बरू संघीय सरकारलाई अनुरोध गर्नु पर्यो ।’


Advertisment
Nabil box
Kumari

लोकसेवा आयोग संवैधानिक निकाय हो, न त संघीय सरकार मातहत छ न त प्रदेश सरकार मातहत, त्यसैले कसरी लोकसेवामा आउनु पर्ने हो त्यति पनि नबुझिदिएकोले आफ्नो चित्त दुखेको उनले बताए । ‘मेरो चित्त दुखाइ नै के हो भने, हामी संवैधानिक निकाय भएकाले संवाद गर्ने अर्को च्यानल छ, त्यसमार्फत आउनु पर्थ्यो ।’

Vianet communication
Laxmi Bank

'प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गर्ने हो, सीधा हामीलाई पत्र लेख्ने कुरा हुँदैन,' मैनालीले भने, 'प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्न पाउनुपर्छ भन्ने कुरा नेपालको संविधानमा नै लेखिएकाले त्यसमा कुनै समस्या नै भएन । तर, उहाँहरुले ‘मेरिटको सिद्धान्त’ को बर्खिलाफ जानु भयो भने हामीले त्यहाँ सिधा हस्तक्षेप गर्छौं ।’

अध्यक्ष मैनालीले समान अवसर, गोपनियताको कुरा, बिना भेदभाव निष्पक्षताको कुरा, वस्तुनिष्ठता, पुष्टिकरण लगायतको सिद्धान्तको पालना हुनुपर्ने बताए ।  के योग्यता जाँच्न खोजेको हो, कसैले थाहा नपाइकन कसरी कापी जाच्ने हो, लगायतका सैद्धान्तिक गडबडी हुन सक्ने आशंका पनि भएकाले बरु के सहयोग गर्नु पर्छ त्यसका लागि आयोग तयार समेत रहेको उनेल बताए ।

‘प्रदेश सरकारको उद्देश्य सही होला तर त्यसका लागि आवश्यक आधार र मापदण्ड पूरा नभएकाले बरू सीप, ज्ञान, तरिका सबै सिकाउन, तालिम दिन, सहयोग गर्न तयार छौं,’ मैनालीले भने, ‘यसको लागि हालसम्म प्रदेश सरकारले हामीसँग कुनै जिज्ञासा भने राखेको छैन ।’

प्रदेशको लोकसेवा आयोग ऐनद्वारा बन्ने हुनाले त्यो संविधानिक निकाय नभएकाले संघीय लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच तुलना नै गर्न नसकिने उनी तर्क गर्छन् । चैत्र ३ गते मुख्यमन्त्री राउतले लोक सेवा आयोगलाई पत्र लेखेका थिए । २ नम्बर प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन नगर्न मुख्यमन्त्री राउतले अनुरोध गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x