कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८...
मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या ! प्रेम’ पनि लेखिएको छ ।
चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छातीमा लेखेको नम्बर तामाङको रहेछ । चलचित्रमार्फत् मोबाइल नम्बर प्रचारप्रसार भएपछि उनी अहिले तनावमा छन् ।
सामान्य जीवनयापन गरिरहेका तामाङ कामको सिलसिलामा कहिले काभ्रे त कहिले काठमाडौं गरिरहन्छन् । बिहीवार लोकान्तरसँग आफ्नो गुनासो राख्दै तामाङले नायिकाको छातीमा आफ्नो नम्बर लेखिएकाले आफू तनावमा रहेको बताए ।
बिहान, दिउँसो र मध्यरातमा समेत उनलाई फोन आउने गरेको छ । ‘कतिपयले मात्तिदै फोन गर्ने गरेका छन्, यसले मेरो पारिवारिक जीवनमै असर गरेको छ,’ तामाङले भने, ‘मेरो नम्बर हिरोइनको छातीमा भएकै कारणले मलाई धेरै तनाव दिएको छ ।’
अपाच्य शब्द समेत सुन्नुपर्दा ...
एक रात तामाङ खाना खाएर सुत्ने तरखरमा थिए । अपरिचित नम्बरबाट फोन आएछ । फोन उनको पत्नीले उठाइन् । हेल्लो भन्नासाथ उताबाट अपाच्य शब्दहरू प्रयोग भए । उनकी पत्नीले केही सोच्नै सकिनन् ।
तामाङ पत्नीले गलत नम्बरबाट फोन आयो होला भन्ने सोचिन् । तर फोन गर्ने मान्छेले यही नम्बरमा गरेको हो भनेपछि उनले तामाङलाई बोलाइन् । उताबाट मात्तिएको स्वरमा बारम्बार अपाच्य शब्द सुनेपछि फोन काटेर दुवै हैरान भए । ‘मैले मेरो पत्नीलाई सम्झाएँ,’ तामाङले भने ।
नम्बर भान्जीको नाममा
‘म वैदेशिक रोजगारमा गएको बेलामा सन् २००८ तिर हो कि त्यतिबेला सीम लिन मरिहत्ते गर्नुपर्थ्यो । मैले भान्जीलाई मेरो लागि एउटा सीम लिइदेउ भनेको थिएँ । अहिलेसम्म उनकै नामको सीम चलाइरहेको छु,’ उनले भने ।
कानूनी कारवाहीका लागि आफूले केही नजानेको तामाङ बताउँछन् । ‘कहाँ गएर के गरूँ ? मलाई केही थाहा छैन,’ तामाङले गुनासो गरे, ‘ममाथि परेको मानसिक तनावको क्षतिपूर्ति कसले दिन्छ ?’ चलचित्र निर्माण समूहको असावधानीले सर्वसाधारणको नम्बर प्रचारप्रसार हुँदा तनाव खेप्नुपरेको छ ।
‘भेट्न खोजें तर मलाई वास्ता गरेनन्’
चलचित्र ए मेरो हजुर ३ का टीमलाई आफूले भेट्न चाहेको तामाङले बताए । ‘एक पटक उनीहरूलाई भेट्न म कुमारी हलमा पनि पुगेको थिएँ,’ तामाङले भने, ‘मैले आफ्नो कुरा राख्न खोजें तर उनीहरूले वास्ता गरेनन् ।’
इन्टरनेटको खासै प्रयोग नगर्ने तामाङले आफ्नो फेसबूक एकाउन्ट त भएको तर नचलाएको बताए । उनले चलचित्रमा विना स्वीकृति आफ्नो नम्बर प्रयोग भएको रहेछ भनेर साथीबाट थाहा पाएका थिए । फिल्म हेर्दा नायिकाको छातीमा आफ्नो नम्बर देखेर चकित बनेको उनले बताए ।
यस्तो प्रवृत्तिमाथि कानूनी कारवाही हुनुपर्ने तामाङ बताउँछन् । तर कहाँ कसरी गएर उजुरी गर्ने भन्ने उनलाई थाहा छैन । ‘१–२ जना वकिलसँग पनि कुरा गरें,’ उनले भने, ‘तर उनीहरूले तपाईले यसो गर्नुभयो भने उनीहरूलाई ठूलो घाटा हुन्छ नगर्नुस् भन्ने सुझाए ।’
यस विषयमा चलचित्र निर्माण समूहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...