कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
बैशाख ५, २०७६
जनकपुरधाम – २ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नबलकिशोर साहले मन्त्रालयको बजेट आफ्नो छोरा मेयर रहेको नगरपालिकामा पठाएको सार्वजनिक भएको छ ।
मन्त्री साहले छोरा मेयर रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा १३ करोड ८० लाख रुपैयाँ बजेट पठाएका छन् ।
सामाजिक विकास मन्त्रालयमा रहेको शिक्षा तथा स्वास्थ्य क्षेत्रको रकम मन्त्री साहले छोरा शैलेशकुमार साह मेयर रहेको नगरपालिकामा पठाएका हुन् ।
सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री साहले मन्त्रालयको रकम वित्तीय हस्तान्तरण र रकमान्तर गरेर नगरपालिकामा पठाएका हुन् । आर्थिक वर्षको उत्तरार्धमा आफ्नो छोराको नगरपालिकामा करोडौं बजेट पठाएपछि मन्त्रीको आलोचना समेत भइरहेको छ ।
शिक्षा, स्वास्थ्य, सामुदायिक भवनका लागि मन्त्री साहले छोराको नगरपालिकामा बजेट पठाएका छन् । मन्त्री साहले रकम पठाएको स्वीकार गरे । बजेट वितरण गर्दा आवश्यकता र समानताभन्दा पनि राजनीतिक पहुँचका आधारमा वितरण हुनुलाई अनुचित मान्ने गरिएको छ ।
‘प्रदेश सभाको चुनावमा आफूलाई त्यहाँबाट ५३ प्रतिशत मत प्राप्त भएकाले रकम पठाउनु स्वाभाविक नै हो । त्यहाँको जनताले आफूलाई जिताएकै कारण मन्त्री समेत भएकाले बजेट पठाउनु मेरो लागि कर्तव्य पनि हो,’ मन्त्री साहले भने, ‘छोरा मेयर हुनु र म मन्त्री हुनु मेरो लागि गौरवको कुरा हो, सौभाग्यको कुरा हो । त्यसलाई अन्यथा लिनु पर्दैन । मैले मात्रै आफ्नो क्षेत्रमा बजेट पठाएको छैन । अन्य मन्त्रीले पनि पठाएका छन् ।’ अन्य मन्त्रीको तुलनामा सबैभन्दा कम रकम आफूले नै पठाएको उनले दाबी गरे ।
मन्त्रीका छोरा मेयर साहले करीब १३ करोड रुपैयाँको बजेट मन्त्रालयबाट नगरपालिकामा आएको बताए । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ मा विद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ, वडा नम्बर ३ मा विद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ आएको उनले बताए ।
हनुमाननगर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ९० लाख रुपैयाँ, वडा नम्बर १ को भारदहको विद्यालय भवन निर्माणका लागि ३० लाख रुपैयाँ, हनुमाननगरकै विद्यालयको विज्ञान प्रयोगशालाका लागि ९० लाख रुपैयाँ गरी करीब ६ करोड रुपैयाँ नगरपालिकाको विभिन्न विद्यालयका लागि आएको मेयर साहले बताए ।
भारदहमा अस्पताल निर्माणका लागि ९० लाख रुपैयाँ समेत आएको उनले बताए । नगरपालिकाको विभिन्न वडामा सामुदायिक भवन निर्माणका लागि समेत रकम आएको उनले बताए ।
गत महिना मात्र सामाजिक विकास मन्त्रालयबाट निकासा गरिएको रकम नगरपालिकामा आएकाले सबै योजना कार्यान्वयन गराउन आफू लागिपरेको उनले बताए । १३ करोड रुपैयाँ चानचुन रकम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको उनले बताए ।
‘बुवा मन्त्री भएपछि आफ्नो क्षेत्रको लागि बजेट पठाउनु स्वाभाविक कुरा हो,’ मन्त्रीका छोरा मेयर साहले भने, ‘मेरो नगरपालिका उहाँको संसदीय क्षेत्र पनि हो ।’ अन्य नगरपालिकाभन्दा बढी रकम आएको हुनसक्ने तर अन्य नगरपालिकामा रकम नै नपठाएकोजस्तो केही पनि नरहेको उनले बताए ।
‘मेरो बुवाको संसदीय क्षेत्रमा सप्तरीकै कञ्चनरुप नगरपालिका पनि पर्छ । त्यहाँ पनि रकम पठाउनुभएको छ,’ मेयर साहले भने, ‘स्वाभाविक रुपमा म आफैं मेयर भएकाले पनि यहाँ रकम बढी आएको हो । तर त्यसमा नकारात्मक रुपमा लिनुपर्ने त कुनै कारण छैन ।’ प्रदेश सरकारको मन्त्रालयबाट आएको रकममध्ये २० प्रतिशत जति काम भएको र असार मसान्तसम्म जसरी पनि खर्च हुने उनले बताए ।
बुवा मन्त्रीले छोरा मेयरलाई बजेट पठाएको विषयलाई लिएर चैत्र ३ गतेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन समेत अवरुद्ध गरेको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रसिंह कुशवाहाले मन्त्री साहले २५ करोड रुपैयाँ छोरा मेयरलाई दिएको भन्दै सदनमा आलोचना गरेका थिए ।
छोरालाई स्थापित गर्न मात्रै बजेट पठाएर प्रदेशका बाँकी १ सय ३५ वटा स्थानीय तहलाई भेदभाव गरेको उनले आरोप लगाएका थिए । प्रदेशको बजेट यसरी शक्तिको आधारमा दुरुपयोग गर्दै छोरा, आफन्तलाई वितरण गर्ने काम तत्काल रोकिनुपर्ने उनले माग गरेका थिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...