×

NMB BANK
NIC ASIA

आठौं राष्ट्रिय खेलकुद : एथ्लेटिक्स शुरू

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लमही- आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीवारदेखि दाङको बेलझुण्डी रंगशालामा एथ्लेटिक्स शुरू भएको छ ।

बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्र्याकमा शुरू भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ ।

१०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छन् । उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले १२ मिनेट १९ सेकेण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ मिनेट ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन् ।

यसैगरी १०० मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकेण्डमा दूरी पूरा गरेका थिए । कर्णाली प्रदेशका यमसाजन सुनारले ११ दशमलब १० सेकेण्डका साथ रजत पदक हात पार्न सफल भएका थिए भने आर्मीका आनन्ददेव चौधरीले ११ दशमलव १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।

१० हजार मिटर महिला प्रतिष्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पछाईंसँग समय भने समान रहेको थियो । पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलव ९ सेकेण्ड रहेको थियो ।

त्यस्तै प्रदेश नं ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलव छ सेकेण्डका साथ कास्य पदक जितिन् । १० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलव एक सेकेण्डमा दूरी पूरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलव ८ सेकेण्डका साथ रजत पदक जितेका थिए भने एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलव तीन सेकेण्डका साथ कास्य पदक जिते ।

सटपुटतर्फ पुरुषमा आर्मीका टङ्कप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् । त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x