×

NMB BANK
NIC ASIA

परीकथा जस्तो आयाक्स टीमको च्याम्पियन्स लीग यात्रा

बैशाख ५, २०७६

NTC
Sarbottam
© AFP / Marco Bertorello
Premier Steels
Marvel

मंगलवार राति इटालीको टुरिनमा युभेन्टसविरुद्ध आयाक्सले प्राप्त गरेको विजयको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । त्यो क्लिपले डच टोली र यस सीजनमा उनीहरूको उल्लेखनीय च्याम्पियन्स लीग यात्रालाई गजबले चित्रित गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सेकेन्ड हाफको १० मिनेट हुँदा स्कोर १–१ को बराबरीमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयाक्सका गोलकीपर आन्द्रे ओनानाले बक्सको किनाराबाट बल लिएर डिफेन्डरलाई पास दिन्छन् अनि खेलाडीहरूले सानासाना पास र त्रिकोणीय पासको सिलसिला अघि बढाउँछन् र युभेन्टसको बक्समा पु¥याउँछन् । हकिम जियेचको शट अनि ब्लक हुन्छ । 


Advertisment
Nabil box
Kumari

यति सुन्दर सिक्वेन्स बने पनि गोल त हुन सक्दैन तर यो रोमाञ्चकारी र मन्त्रमुग्ध बनाउने खेल प्रदर्शन चाहिँ हो र जम्मा २० सेकेन्डको यो सिक्वेन्स नै यस सीजनको च्याम्पियन्स लीगमा आयाक्सको योगदानलाई सारांशमा बताउन पर्याप्त छ । 

Vianet communication
Laxmi Bank

एरिक टेन हागको प्रशिक्षणमा रहेको टोली यसपालिको च्याम्पियन्स लीगको नकआउट चरणमा रहेका सबै टोलीभन्दा कान्छो हो किनकि त्यसका खेलाडीको सरदर उमेर नै २४ वर्ष मात्र छ । 

तर यो युवा टोलीले आफूभन्दा ठूलालाई कुनै सम्मान दर्शाएका छैनन् । 

अन्तिम १६ मा रियाल मड्रिडलाई आउट गरेर मात्र आयाक्स सन्तुष्ट भएन । मंगलवार राति उसले टुरिनमा अर्को ठूलो टोली युभेन्टसलाई ध्वस्त पारिदियो अनि रोनाल्डोलाई पनि डुबाइदियो । उक्त खेल २–१ ले जितेर उसले समग्रमा ३–२ को विजय हासिल गर्दै सेमीफाइनलमा स्थान बनायो । 

आधुनिक फूटबलमा देखिएको आर्थिक असन्तुलनलाई पनि आयाक्सले मतलब नगरेको देखिन्छ । 

I mean this build-up by Ajax is one of the most beautiful things I've seenpic.twitter.com/Toq1ZLcLck

— USMNT Videos (@USMNTvideos) April 16, 2019

आम्स्टर्ड्यामको यो क्लबका सबै खेलाडीको तलब जोड्दा पनि जम्मा ४० लाख युरो पुग्छ जबकि रोनाल्डोले कर कटाउँदा समेत त्यसभन्दा बढी तलब एक्लैले लिन्छन् । 

मंगलवारको खेलमा स्टार्ट गर्ने पूरै आयाक्स टीमका खेलाडीको मूल्यभन्दा दोब्बर जति बढी त युभेन्टसले रोनाल्डोलाई भित्र्याउनका लागि नै खर्चेको थियो । 

तर सामाजिक सञ्जालमा हाल खुबै शेयर गरिएको योहान क्रूफको प्रसिद्ध उद्धरण यस्तो छ : ‘तिमीले आफूभन्दा धनी क्लबलाई किन जित्न नसक्ने ? पैसाको बोराले गोल गरेको मैले कहिल्यै देखेको छैन ।’

वास्तवमा अहिलेको आयाक्स क्लबले क्रूफ र महान् खेलाडी राइनस मिचेल्सको टोटल फूटबल विरासतलाई अघि बढाउँदै निडर र आक्रामक फूटबल खेलिरहेको छ । सन् १९७० को दशकमा आयाक्सले युरोपेली कप लगातार तीनपटक जितको थियो । 

आयाक्सले च्याम्पियन्स लीग पछिल्लोपटक सन् १९९५ मा जितेको थियो । त्यतिखेरको उत्कृष्ट टोलीमा फ्र्यांक राइकार्ड, डी बोएर दाजुभाइ, क्लारेन्स सीडोर्फ, एड्गर डेभिड्स र प्याट्रिक क्लुइभर्ट थिए र क्लबले भिएनामा एसी मिलानलाई हराएको थियो । 

आयाक्सले हालैका वर्षमा प्रतिष्ठित खेलाडी बेच्नुपरेको थियो तर वास्तवमा भन्नुपर्दा युरोपका धनी क्लबहरूले सीजनैपिच्छे आयाक्सका खेलाडीलाई किनेर लग्ने गरेका छन् । 

सन् २०१७ को युरोपा लीगको फाइनलमा आयाक्स टीम म्यानचेस्टर युनाइटेडसँग हारेको थियो । त्यसपछि क्लबका व्यवस्थापक पिटर बोजलाई जर्मनीको प्रभावशाली क्लब बोरुसिया डर्टमन्डले लगेको थियो । 

युरोपका ठूला टीमले आयाक्सका वर्तमान खेलाडीहरूलाई किन्ने पक्का छ । आयाक्सको फूटबल एकेडमीमा अत्यन्तै प्रतिभाशाली खेलाडी छन् र क्लबले अन्तबाट पनि राम्रा खेलाडी भित्र्याउँछ । 

मिडफील्डर फ्रेंकी डी जोङ र कप्तान म्याथिस डी लिट आयाक्सको एकेडमीकै उत्पादन हुन् र उनीहरूलाई डच परम्पराको उत्कृष्ट फूटबलको प्रशिक्षण दिइएको छ । 

यस सीजनको अन्त्यमा डी जोङ बार्सिलोना जाँदैछन् र बार्साले उनका लागि आठ करोड युरो तिर्न सम्झौता गरेको छ । डी लिट चाहिँ क्लबका निडर खेलाडीहरूमध्ये एक हुन् र उनी कि त बार्सिलोना जानेछन् कि त प्रेमियर लीगको कुनै क्लब प्रवेश गर्नेछन् । 

ब्राजिलका युवा फर्वार्ड डेभिड नेरेसलाई पनि थुप्रै ठूला क्लबहरूले आँखा लगाइरहेको बताइन्छ । 

सेमीफाइनलमा आयाक्सको भिडन्त टोटनहम हट्सपरसँग हुने भएको छ । टोटनहमसँग म्यानचेस्टर सिटीको जति पैसा नभए पनि प्रेमियर लीगको क्लबमध्ये ऊ पनि धनी क्लबमै गनिन्छ । 

सेमीफाइनलमा आयाक्स आउट भयो भने पनि उनीहरूले च्याम्पियन्स लीगमा देखाएको प्रदर्शन वर्र्षौंमा एकपटक मात्र देख्न पाइने हो । हुन त आयाक्सले हार्छ भनी बाजी लगाउनु मूर्खतापूर्ण हुनेछ तर उनीहरू हारे नै भने पनि

फूटबलमा पैसाको असन्तुलनले निरन्तरता पाएको भन्नुपर्ने हुन्छ । 

त्यसैले यो सीजनमा आयाक्सले शिखरनजिक पुगेर अन्तिम चरणमा असफलता पायो भने पनि ऊ फेरि क्लबलाई बलियो बनाउन थालिहाल्छ । तर उसले राम्रो खेल देखाउन्जेल हामीहरूले त्यसको आनन्द उठाउनुपर्छ । 

आरटीमा प्रकाशित विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x